‘परिवारको आग्रहमा बिवाह भयो, अब दुःखीको सेवामा लाग्छु’ : श्वेता खड्का

  • News Page
  • Published On: February 24,2015

पति श्रीकृष्ण श्रेष्ठको निधनको झण्डै ७ महिनापछि नायिका श्वेता खड्काले मिडिया फेस गर्ने हिम्मत जुटाएकी छन् । बिबिसी नेपाली सेवाका लागि सुमन खरेलसँगको कुराकानीमा श्वेताले आगामी दिनमा दुःखीको सेवा गर्ने इच्छा व्यक्त गरेकी छन् ।

पतिको निधनपछि झण्डै चार महिना ओछ्यानमा थलिएकी श्वेतामा अहिले ढाडको नाशामा समस्या देखिएको छ । कुराकानीमा श्वेताले भनेकी छन्, ‘अहिले आफैंले औषधि खाइरहेको छु । मलाई अझै केही समय लाग्छ ।’ उनी कुराकानीका क्रममा अधिंकाश समय रोइरहेकी थिइन् । श्वेताका अनुसार विवाह हुनुभन्दा एक साता अघिदेखि नै श्रीकृष्णमा सुख्खा खोकी देखिएको थियो । एक अर्काको हेरचाह राम्रो हुन्छ भन्ने लागेर परिवारको अग्रहमा विवाह गरेको उनले सुनाइन् ।

उनले भनिन्, ‘तर, विवाह भएको दुई दिन मात्र हामी घरमा सँगै बस्यौं होला । त्यसपछि अस्पतालमा गयौं ।’ विवाह गर्दा के सपना थियो भन्ने प्रश्नमा उनले विवाह पछि आफूमा भन्दा परिवारमा सुखी, सम्पत्ति, बालबच्चाको सपना थियो होला भनिन् । उनले भनिन् ‘तर सहनै नसक्ने पीडा भएपछि आजसम्म मैले केही सोच्न सकेकी छैन, जीवनले कुन मोड लिन्छ ।’

प्रत्येक पटक अब केही गर्छु भनेर कोशिश गरे पनि नसकेको उनले सुनाइन् । शोकलाई शक्तिमा बदलौं र केही गरौं भन्ने लाग्दैन भन्ने प्रश्नमा उनले भनिन् ‘कमजोर, दुःखी प्रति केही गरौं भन्ने लाग्छ । तर मलाई समय लाग्छ ।’

आफू बाल्यकालबाट अरुको दुःख देख्न नसक्ने स्वभावकी भएको भन्दै उनले अब त्यसकै लागि काम गर्न प्रयास गर्ने बताइन । नेपाली फिल्मले नै आफूलाई नायिका श्वेता खड्का भनेर चिनाएको भन्दै उनले सामाजिक फिल्महरु बनाउने लक्ष्य रहेको बताइन् ।

दोष कसलाई दिनु हुन्छ भन्ने प्रश्नमा श्वेताले भनेकी छन्, ‘कसलाई दोष दिउँ ? सुरुमा उपचारमा केही गलत गर्यो कि जस्तो लाग्थ्यो । कहिले मेरो भाग्य नै यस्तो रहेछ भन्ने पनि लाग्छ । भगवानले नै गरे ।’ यसअघि आफूलाई भगवानमाथि विश्वास लाग्ने गरेको र श्रीकृष्ण विरामी हुँदा धेरै ब्रत बसेको सुनाउँदै उनले भनिन् ‘तर, अहिले भगवान भन्ने हामीले मान्ने मात्र हो जस्तो लाग्छ ।’

जीवन के रहेछ भन्ने प्रश्नमा उनले सुरुमा आफूलाई राम्रो फुल जस्तो लागेको सुनाइन् । उनले भनिन् ‘तर, बाँच्नु नै जीवन रहेछ ।’ कुराकानीको अन्त्यममा नायिका श्वेता खड्काले समयलाई चिनेर समयमै विवाह गरेको भए हुन्थ्यो भन्ने लागेको बताइन् ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be