भ्यालेनटाइनमा 'भिलेन' अनुरागको प्रेम युवतीसँग होइन् वृद्धवृद्धासँग
- News Page
- Published On: February 15,2015
उनी नेपाली फिल्मका उम्दा भिलेन हुन् । ‘के यो माया हो’, ‘फेसबुक’, ‘माइ प्रमिस’ र छायाँकन सकाईएका दुई फिल्म ‘वडा नं ६’ र ‘रातो घर’ मा अनुरागमान सिंह कुँवरलाई नकारात्मक भूमिकामा देख्न सकिन्छ ।
फिल्मका नकारात्मक पात्र अनुरागमा सिंह कुँवरले सामाजिक कार्यतर्फ भने सकारात्मक हात फैलाएका छन् । फेब्रुअरी १४ अर्थात् प्रणय दिवसमा विश्व प्रेममय भैरहंदा फिल्मका ‘भिलेन’ अनुराग भने गोंगबुँमा रहेको हिमालय वृद्धाश्रममा रहेका वृद्धवृद्धासँग प्रेम बाँड्न पुगेका थिए । विगत दश वर्षदेखि सञ्चालनमा आएको उक्त आश्रममा रहेका २४ जना वृद्धवृद्धालाई झन्डै एक महिनासम्म पुग्ने खाद्यन्न लिएर अनुराग प्रणय दिवसको दिनमा त्यहाँ पुगेका थिए ।
प्रेम दिवसको दिनमा किन त वृद्धाश्रममा ? फिल्मका खलपात्रले गहकिलो उत्तर दिए, ‘प्रेम दिवसको भनेको माया बाँड्ने दिन हो । माया केटीमै पोखिनु पर्छ भन्ने होइन् । मलाई माया पोख्ने ठाउँ वृद्धाश्रम उचित लाग्यो ।’ उसो त अनुराग प्रेम दिवसको दिनमा मात्रै हिमालय वृद्धाश्रममा माया बाँडन् आएका होइनन् । उनी आफ्नो जन्मदिन र विशेष चाडपर्वमा लत्ताकपडा र खाद्यन्न लिएर आउने यो वृद्धाश्रम गर्दछन् । हिमालय वृद्धाश्रम केन्द्रकी अध्यक्ष सरला पन्थीले कलाकार कुँवर सँगै अन्य नेपाली फिल्म क्षेत्रका व्यत्तिले पनि आश्रममा आएर सहयोग र सद्भाव देखाएको बताइन् ।
अध्यक्ष पन्थीका अनुसार नायिका अरुणीमा लम्साल हास्यव्याङ्ग्य कलाकार किरण केसी, दीपकराज गिरी र दीपाश्री निरौला, जितु नेपाल लगायतका कलाकारले वृद्धाश्रममा पुगेर खाद्यन्न तथा लत्ताकपडा सहयोग गरेका छन् । दाता, सहयोग र चन्दाबाट सञ्चालन हुँदै आएको हिमालय वृद्धाश्रम केन्द्रको आफ्नै भवन समेत निर्माण भएको छ । जसको हाल तला थप्ने कार्य भैरहेको छ । कलाकार अनुरागमान सिंह कुँवरले थला थप्न २० बोरा सिमेण्ट समेत वृद्धाश्रमलाई उपलब्ध गराउने वाचा गरे । हिमालय केन्द्रमा रहेका वृद्धवृद्धालाई आफ्नै हातबाट फलफूल समेत बाँडेका अनुरागले आगामी दिनमा पनि सकारात्मक सामाजिक कार्यलाई जारी राख्ने बताए ।
केही नेपाली फिल्मको लगानीमा समेत सहकार्य गरेका अनुरागलाई सामाजिक सेवामा सरिक हुँने प्ररणा चाहिं कहाँबाट मिल्यो त ? अनुरागले भने, ‘फिल्मको कुनै पात्र निभाउन प्रेरणा आवश्यक पर्ला तर सामाजिक कार्य गर्न प्रेरणा आवश्यक पर्छ जस्तो मलाई लाग्दैन । यो त भावना जागृत भएर आउनु पर्ने कुरा हो ।’
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved