यसकारण बन्यो ‘भिमदत्त’ : ६५ वर्ष माथिका दर्शकलाई निशुल्क टिकेट व्यवस्था
- News Page
- Published On: February 06,2015
रजतपटमा नवल खड्काले चार फिल्म निर्माण गरेका छन् । निर्मित फिल्महरुमध्ये तीन फिल्म राजनीति र राष्ट्रियताको विषयवस्तुमा आधारित छन् । ‘माया बसेछ’, ‘आवाज’, ‘दशगजा’ र आउँदो फागुन २२ गते प्रदर्शन हुने फिल्म ‘भिमदत्त’ नवलद्धारा निर्मित फिल्महरु हुन् जसमा उनकै मुख्य भूमिका रहेका छन् ।
राजनीतिक र राष्ट्रियतालाई मुख्य विषयवस्तु बनाएर रजतपटमा कमै फिल्म बन्ने गरेका छन् । तर, नायक समेत रहेका नवल खड्काले लगातार यस्तै विषयमा फिल्म निर्माण गर्दै आएका छन् । किन नवल यस्ता विषयमा लगातार फिल्म बनाउँछन् त ? उनको तर्क छ, ‘नेपाली फिल्ममा मौलिक र नेपालीपन भएन भन्ने दर्शकहरुका लागि म यस्तो विषयमा फिल्म बनाउँछु । राष्ट्रले गौरव गर्ने विषयमा फिल्म निर्माण गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन पनि म राजनीति र राष्ट्रियताको विषयमा फिल्म बनाउँछु ।’ मौलिक विषयमा फिल्म निर्माण गर्दा अन्तर्राष्ट्रिय बजारमा राम्रो छाप बस्ने बताए । उसो त यस्ता विषयमा निर्माण भएका फिल्मले व्यावसायिक सफलता कम पाएका छन । राजनीति र राष्ट्र प्रेमका विषयमा निर्माण भएका एकाध फिल्मले मात्रै लगानी सुरक्षित गर्न सकेका छन् । लगानी सुरक्षित गर्ने एकाध फिल्ममा नवल निर्मित फिल्महरु पनि पर्न आउँछन् । माओवादीले शान्ति सम्झौता गरेताका छापामारको कथामा आधारित नवलको फिल्म ‘आवाज’ ले केही प्रतिशत नाफा समेत कमायो भने उच्च लगानीमा निर्माण भएको फिल्म ‘दशगजा’ ले धेरै घाटा बेहोरेन । नवलले पछिल्लो पटक भने राणा शासनमा भएको त्रिपक्षीय सन्धि सम्झौता विरुद्ध आवाज उठाउने पहिलो व्यक्ति भिमदत्त पन्तको राजनीतिक जिवनीमा आधारित रहेर ‘भिमदत्त’ फिल्म निर्माण गरेका छन् । हिमग्याप लामा ‘टासी’ को निर्देशनमा नवल स्वयम् ‘भिमदत्त’ को शिर्ष भूमिकामा प्रस्तुत भएका छन् ।
भारतिय सेना विरुद्ध लडेका, राज्यले शहिल समेत घोषणा नगरेका स्वतन्त्र नेता भिमदत्त पन्त माथि किन बन्यो फिल्म ? नवल भन्छन्, ‘यो व्यक्ति विशेष भन्दा पनि समग्र राष्ट्रको हितको लागि निर्माण भएको फिल्म हो । राष्ट्र विरुद्ध लड्ने नेतालाई शहिद घोषणा गर्न राज्यलाई दबाब पुगोस् भन्नका लागि पनि हामीले फिल्म बनाएका हौं ।’ आफ्नै मितलाई प्रयोग गरेर वि.स.२०१० सालमा २६ वर्षको उमेरमा भिमदत्त पन्तलाई मारिएको थियो । राष्ट्रका लागि लडेका भिमदत्त पन्तको सम्मानमा उनका समकालिन उमेर समुह ६५ वर्ष भन्दा माथिका दर्शकलाई हलमा निशुल्क टिकटको व्यवस्था समेत गरिने नवलले बताए । चासोको विषय भएकाले ‘भिमदत्त’ ले सार्वजनिक पर्दशनमा उल्लेख्य दर्शकको साथ पाउने नवलको अपेक्षा छ । यो फिल्मले देश तथा विदेशमा गरिएको च्यारेटी एवं विशेष प्रदर्शनीबाट लगानीको आधा रकम उठाइसकेको छ ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved