‘चरिमायालाई फसाउन राजु र शुभेच्छा अघि सरे’ : राजन घिमिरे
- News Page
- Published On: February 05,2015
साहित्यिक हस्तीमाथि चलचित्र बनाउँदै कृतिकै बेइज्जत र अपमान गर्ने चलचित्रकर्मीहरूको सङ्ख्या बाक्लै छ यहाँ । यस्ता चलचित्रकर्मीले सफल कृतिमाथि न्याय गर्न नसक्दा बजारमा पनि कृतिको साख, गरिमा र वजनमा नै धक्का पर्ने गरेको छ । यो त भयो कृतिमाथि चलचित्र बनाउँदा सर्जकले न्याय गर्न नसक्दा देखिएको गलत परम्पराका कुराहरू । अब त झनै कृतिमाथि मात्र होइन कि कसैको सङ्घर्षको यात्रालाई चलचित्र बनाउँछु भनेर स्वीकृति लिँदै गलत चलचित्रकर्मीहरूले त्यस्ता सङ्घर्षशील व्यक्तिको जीवनमा नै असर पर्ने खालको सिनेमा बनाउन खोजेर गलत परम्पराको सुरुवात गर्न थालेका छन् । सिनेमा बनाउने व्यक्ति गलत प(यो भने आफ्नो जीवनशैली, यात्रा अनि आफ्नो सङ्घर्षको कथामा कति असर पर्छ भन्ने कुरा आफ्नो जीवनमाथि चलचित्र बनाउन दिनेले पनि बुझ्न सक्नुपर्छ । कि त आफ्नो जीवनमाथि आधारित रहेर चलचित्र बनाउँछु भनेर आउनेको विगतबारे पनि सोधपुछ गर्न सक्नुपर्छ नत्र एउटा धरोहरको इतिहास नै तहसनहस हुने खालको चलचित्र बनाइदियो भने भोलि के हुन्छ रु
प्रसङ्ग वा विषय चरिमाया तामाङको हो । उनको जीवनमाथि चलचित्र बनाउन यतिबेला एउटा समूह लागिपरेको छ । तर, त्यो समूहको नेपाली फिल्मको विगत न त राम्रो छ न त उत्कृष्ट नै छ । चरिमाया तामाङको जीवनमाथि बन्ने चलचित्रको निर्देशक राजु गिरीले गर्ने र निर्माण शुभेच्छा थापाले गर्ने कुरा बजारमा आएपछि चलचित्रकर्मीहरू यो अर्थमा अत्तालिएका छन् कि एउटा सहरी, उच्चतम र पावरफुल व्यक्तिको जीवनकथा मर्ने भयो भनेर । यदि चरिमाया तामाङले राजु र शुभेच्छालाई चलचित्र बनाउन अधिकार दिएकी हुन् भने उनले पनि यी दुईको विगतबारे अध्ययन गर्नुपर्ने आवश्यकता छ । पहिले राजु र शुभेच्छाले कस्तो फिल्म बनाए रु नेपाली सिनेमा क्षेत्रमा यिनलाई कसरी हेर्छन् वा यिनको हैसियत कस्तो छ रु यी र यस्ता यावत् कुराको अध्ययनपश्चात् मात्र चरिमाया तामाङले स्वीकृति दिँदा राम्रो हुन्थ्यो, नत्र पछि तपाईंको जीवनमा सङ्घर्षलाई नै गलत अर्थ लगाउने गरी चलचित्र बन्यो भने तपाईंको जीवनमा नै कालो धक्का नलाग्ला भन्न सकिन्न । तपाईंको जीवनमाथि चलचित्र बनाउनुपर्दा एक से एक चलचित्रकर्मीहरू तयार हुन्छन्, तर तपाईं भने कुनै हैसियत, बजार वा क्षमता नभएको चलचित्रकर्मीसमक्ष पुग्नुभएको छ । अवश्य पनि दीर्घकालीन रूपमा चरिमायामाथिको यो निर्माण घातक हुनसक्छ । हरेक चलचित्रमा असफल भएकी शुभेच्छाले तपाईंको भूमिका निर्वाह गर्ने कुराले पनि बजारमा हाँसो बढ्न थालेको छ ।
नेपाली चलचित्र क्षेत्रलाई सबैभन्दा झुर र अव्यावसायिक चलचित्र दिने निर्देशक राजु गिरी अनि निर्मात्री तथा अभिनेत्री शुभेच्छा थापाले अन्ततः चरिमायाको नाम, आड र भरोसालाई समातेर आफू लोकप्रिय हुने काम गर्न खोजेको कुरा चरिमायाजस्तो विश्वविख्यात व्यक्तिले बुझ्नुपर्ने हो । यदि उहाँले यो कुरा बुझ्न सक्नुभएन भने भोलि चलचित्र बनेपछि ‘ए खत्तम नै बनाएछ’ भनेर भन्नुबाहेक अन्य कुनै भनाइ नै बाँकी रहँदैन । त्यसैले राजु गिरी र शुभेच्छा थापा आफ्नो ठाउँमा राम्रै होलान्, तर यिनीहरूमा चरिमाया तामाङजस्तो उच्चतम युवतीको जीवनमाथि चलचित्र बनाउने हैसियत, क्षमता र उचाइ छैन भनेर भन्न धक मानिरहनुपर्दैन ।
साभार : घटनारविचर डटकम
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved