‘झोला’ लाई सालिनदीमा तारिफ र स्यावासी

  • News Page
  • Published On: January 26,2015

एउटा उदाहरण , पछिल्लो पुस्तामा बढ्दो माया प्रेममा प्रायः जोडीले अठोट गर्छन र त्यसमा कसम खान्छन भनिन्छ, जीवनभर आईपर्ने हरेक दुःख कष्ट सहेर नै सँगै मर्ने सँगै जिउँने । तर यो कुरा अहिले पुर्णतः लागु हुँदैन भन्दा फरक पर्दैन । किनकी नचाहेरै पति पत्नि अथवा प्रेमी प्रेमिका मध्य कुनै एक को निधन हुँदै गर्दा त्यसपछिको जीन्दगी एक जनाले एक्लै जिउँन बाध्य हुन्छ । त्यसले पनि उल्लेखित कसमले खासै अर्थ राख्दैन । पछिल्लो समयमा त अझ महिलाको निधन पहिले भएमा त पुरुषले अर्को विहे गर्ने तर पुरुषको निधनपछीको जीन्दगी महिलाले विधवाको रुपमा एक्लै बाँच्नुपरेको अवस्था नकार्न सकिन्न । जहाँबाट नै झल्किन्न समाजमा महिलाले भोग्नुपर्ने अवस्था ।

तर  प्रायःले खान्छन भन्ने यो कसमलाई १ सय बर्ष पहिलेको नेपाली समाजसँग तुलना गर्ने हो भने महिलाले भने वाध्यतावस स्विकार नगरी नहुने अवस्था पाइन्छ । किनकी त्यो समयमा फरक परिवारका दुई सदस्यहरु वैवाहिक बन्धनमा बाँधिएर पनि पत्नि भन्दा पहिले पतिको निधन हुँदै गर्दा सति नै जानुपर्ने र जिँदै चितामा जल्नुपरेको उदाहरण नेपाली ईतिहासलाई नियाल्ने जो कोहीको अगाडी पनि सर्वविदितै छ ।

यहाँ प्रसंग हो, यीनी र यस्तै विषयवस्तुमा आधारित साहित्यकार कृष्ण धारावासीको कृति ‘झोला’ र त्यसैको सेरोफेरेको कथालाई पर्दामा उतारेको चलचित्रको । सय बर्ष अगाडीको जिउँदो ईतिहासको जिवन्त दस्तावेजको रुपमा त्यो समयमा महिलामाथी हुने हिंसाको चरम रुप सतिप्रथा र त्यसको प्रभाव समेटेको यो कथामा आधारित चलचित्र ‘झोला’ पछिल्लो दुई बर्षयता नेपाली सिनेबृत र समाजमा चर्चामा छ । र लाग्छ अझै लामो समयसम्म यो कथा र पर्दामा पात्रले निभाएको भुमिका बासी हुनेछैन् ।

यो संगसंगै नेपाली समाजमा हिन्दु महिलाहरुले खास सम्झिने ‘स्वस्थानी ब्रत’ चल्दै गर्दा चलचित्र युनिटले महिलाप्रधान भनिएको ‘झोला’लाई स्वस्थानी मेलाको अवसरमा काठमाडौंको साँखु स्थित सालिनदीमा विशेष प्रदर्शनमा राखिएसँगै यसको चर्चा र तारिफ चुलिएको छ । दिनहुँ बाक्लो भिडभाडमा बीच चलचित्र हेर्न उपस्थित हुने दर्शकहरुले सय बर्ष पुरानो कुरालाई पर्दामा जस्ताको तस्तै प्रस्तुत गरेकोमा निर्माण युनिट तथा निर्देशक यादवकुमार भट्टराईको खुलेर तारिफ गरेका छन भने सत्यकुरालाई चलचित्रको माध्यमवाट वाहिर ल्याएकोमा स्यावासी समेत दिने गरेका छन् । जसको उदाहरण नै भेट्नुछ भने जो कोही पनि अस्थाई हलमा ‘झोला ‘ प्रदर्शनरत ठाउँ सालिनदी मेलामा पुग्न सक्नुहुन्छ ।


‘हाम्रो उद्देश्य भनेको नै २१ औं सताव्दीमा आईपुग्दा पनि समाजमा विधमान महिला हिंसाको अन्त्य गर्नु र समाजमा महिलाहरुले आफ्नो जीन्दगी आफै बाँच्न पाउन तथा महिला हिंसाको एक कारक पुरुष पनि मानिएकोले त्यसको अनुभुत गराउँदै सचेतना फैलाउने हो’ निर्देशक यादव भट्टराईले भने, ‘त्यसैको लागी भनेर नै महिलाप्रधान मानिने स्वस्थानी मेलाको अवसर पारेर यहाँ प्रदर्शनको क्रममा छौँ ।’ ९० मिनेट लामो यो चलचित्र हेर्दा त्यहाँ ससमेटिएको विषयवस्तुले र पात्रहरुको जीवन्त अभिनयले जो कोहीको पनि मन छुनसक्छ । चलचित्रको माध्यमबाट निर्माण युनिटले ईतिहासमा आफुजस्तै महिलाले गरेको त्यागको अवस्था बुझी वर्तमानमा हुने सम्पुर्ण विभेद बिरुद्द लड्न महिलाहरुलाई प्रेरित गर्ने विश्वास लिएको छ । जहाँ सार्वजनिक प्रदर्शनको क्रममा नपाएका कतिपय दर्शकहरुले यो चलचित्र हेर्नको लागी भनेर नै गाडी रिजर्भ गरेर समेत सालिनदी पुगेको पाईएको छ ।  त्यसमा महिलाहरुको पक्षमा काम गर्दै आईरहेका केहि संस्थाहरुले अगुवाई गर्ने गरेका छन् । 

बर्षेनी २० लाख बढीले मेला अवलोकन गर्ने आंकडा आयोजक समितिले सार्वजनिक गर्दै-गर्दा ‘झोला’ युनिटले पनि हलमा छिरेर चलचित्र हेर्ने मात्र होईन, मेलामा पुग्ने सबैले सय बर्ष पहिलेको समाजमा महिलाहरुले भोग्नुपरेको अवस्थालाई जानकारी गराउन तथा अहिले पनि बिधमान हिंसाको विरुद्धमा लाग्न स्फुर्ती मिलोस भनेर मेला स्थल वरीपरी ठाउँ ठाउँमा ब्यानर राखेको छ भने केहि ठाउँमा स्टल नै राखेर पर्चा पम्पलेट समेत बाँडिरहेको छ ।

राज तिमिल्सिना, मालती शाह, सुशिल शाह, रामगोपाल श्रेष्ठको लगानी रहेको यो चलचित्रमा पतिको निधन पश्चात सति जान परेकी महिलाको भुमिकामा अभिनेत्री गरिमा पन्तले जीवन्त अभिनय गरेकी छिन भने उनीसँगै सुजल नेपाल, लक्ष्मी गिरी, दिपक क्षेत्री, देशभक्त खनाल लगायतको अभिनय रहेको छ । ‘यदी झोला चलचित्र हेर्न चाहनुभएको छ र हेर्न पाउनुभएको छैन भने अहिले प्रदर्शनको क्रममा रहेको अवस्थामा सालीनदी एर हेर्न अनुरोध गर्छु, निर्माता राज तिमिल्सिना भन्छन, महिला विरुद्ध हुने हिंसा अन्त्य हुनुपर्ने सन्देश दिने यो चलचित्र आफुले मात्र होईन, आफु नजिकका हरेर व्याक्तिलाई हेर्न हिंसा बिरोधी स्वच्छ समाजको कल्पना गर्ने जो कोहीले पनि सुझाउन पर्छ ।’

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be