संविधान आएन : के भन्छन् फिल्मकर्मी ?
- News Page
- Published On: January 22,2015
दोश्रो संविधान सभाको निर्वाचनबाट लिइएको ०७१ माघ ८ गते पनि संविधान जारी गर्ने सम्भावना टरेको छ । संविधान जारी भएर खुसियाली मनाउनु गर्ने दिनमा संसद भवनमा विपक्षी दलले अबरोध खडा गरिरहेका छन् भने जनता निराश र आक्रोशमा छन् । देशका कतिपय भागमा ६०१ सभासदलाई गाली गर्दै विरोधका कार्यक्रम पनि भैरहेका छन् । संविधान जारी नभएको दुःखद दिनमा हाम्रा फिल्मकर्मी चाहिं कस्तो महसुश गरिरहका छन् त ? न्यूजपेजथ्रीले केही फिल्मकर्मीको प्रतिक्रिया लिएको छ ।
आकाश अधिकारी, निर्देशक एवं अभिनेता : आजको दिनमा संविधान आउन नसक्नु भनेको राष्ट्र र राष्ट्रियताप्रति नेताहरुको गैर जिम्मेवारिपन हो । संविधान बनाउनका निमित्त जनताले नेताहरुलाई छनोट गरेर दुई पटकसम्म संविधानसभा पुर्याए । तरपनि संविधान बन्न सकेन, के अब हामी जनताले सोच्ने बेला आएन ? कतै हामीले गलत व्यक्ति त छनोट गरेनौं ? निर्वाचनमा हामीले आफ्नो मताधिकारको बुझेर, सोचेर सही सदुपयोग गर्न सकेनौं कि ? हामीले सानो लालचमा परेर गलत व्यक्तिलाई पो छनोट गर्यौं कि ? सोचौं, अब राष्ट्र जोगाउन हामी आम जनताको पनि अहम भूमिका हुन जरुरी छ । यदि अबपनि चुनाव हुन्छ भने नेतालाई भन्दा संविधानमा उल्लेख हुने बुँदा माथि सिधैं जनताको मत खस्न आवश्यक छ । जनताले चुनेका आवश्यक बुँदा माथि अन्र्तराष्ट्रिय स्तरका संविधान विज्ञहरुको वैज्ञानिक तवरको छलफलपछि निस्किएको निष्कर्शबाट कम्तीमा पचास वर्षसम्मका लागि हुने संविधानलाई राजनीतिक दलका प्रतिनिधिहरुबाट मात्र अनुमोदन गराइ लागु गरेको खण्डमा नेपालको मुहार पक्कै फेरिनेछ । जननी जन्म भूमिश्चःह स्वर्गादपी गरिइयसी । आमा र जन्मभूमि स्वर्ग भन्दा उच्च हुन्छन् ।
राजकुमार राई, अध्यक्ष चलचित्र निर्माता संघ : आजको दिन आम नेपालीको लागि दुःखद दिन हो । संविधान जारी हुने आशाका किरणहरु तुहिएको छ । अब फेरी संविधान कहिले आउँछ भनेर कुरेर बस्नु पर्ने भएको छ । संविधान नआउँदा खुला रुपमा गर्न पाउने व्यावसाय पनि धरापमा परेको छ । सबैको सहमतीमा मिलेको बुँदालाई जारी गरी नमिलेको बुँदालाई थाँती राख्नु पथ्र्यो । नमिलेको बुँदालाई बरु जनमत संग्रह गर्न सकिन्थ्यो । यो पनि हुन सकेन । आजको दिनलाई म कालो दिनको रुपमा लिन्छु ।
दीपकराज गिरी, निर्माता एवं कलाकार : आजको दिनलाई म ऐतिहासिक दिन मान्छु । म संविधान जारी भएन, म खुसी पनि छु । यदि संविधान जारी भएको भए जुलुसमा सहभागी हुनु पथ्र्यो होला, साँझ पख मदिरा सेवन गर्नु पथ्र्यो होला । संविधानै जारी भएन अब आगो तापेर बस्ने बाहेक अरु के नै काम रह्यो र ? यहाँ जातिय नारा दिनेहरुको साइज सानो हुँदै गएको छ । सोमपाल कामी, स्वयम् सुवाचन्द्र नेम्वाङलाई जातले त त्यहाँ पुर्याएको होइन होला । राज्यले सेवा सुविधा दिने हो जातिय पहिचान सबैको छ ।
केकी अधिकारी, नायिका : आज मेरो मन धेरै नै दुखेको छ । ७ वर्ष भैसक्यो संविधान आउँछ, आउँछ भनेर कुरेको । अब त मन नै मरिसक्यो । देशलाई लिखित संविधान आवश्यक छ । तर देश झै झगडाम बितिरहेको छ । अब पनि देशले खासै गति लिन्छ जस्तो लाग्दैन । राजनीतिक नेताहरुले संविधान जारी गर्न असक्षम रहेको पुष्टि गरिसक्नु भयो । यदि उहाँहरुको विवेक छ भने फेरी पनि संविधान बनाउने भनेर भोट माग्न नआए हुन्छ । उहाँहरुलाई लाज लाग्नु पर्ने हो । अब जनताबाट भोटको अपेक्षा नगरे हुन्छ ।
निश्चल बस्नेत, निर्देशक : के नमिलेर संविधान आएन ? यो बाहिर आउन आवश्यक छ । अब संविधान जारी गर्ने नयाँ मिति भन्दा पनि सहमती गर्ने नयाँ मितिको खाँचो छ । सहमति बिना संविधान आउँदैन । नेता भएर नेता जस्तो काम गर्नु पर्यो । अब त संविधान आए पनि नआएपनि केही हुँदैन जस्तो भैसक्यो । देशलाई भाड्ने होइन जोड्ने काम गर्नुपर्यो ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved