साँगीतिक फाँटमा बादल लिम्बु, भन्छन्, ‘स्टार बन्छु’

  • News Page
  • Published On: January 14,2015

‘नेपाली आइडियल २०६९’ को उपाधी जितेपछि गायक बादल लिम्बु साँगीतिक क्षेत्रमा ‘नोटिस’ भए  । तर उपाधी जितेपछि पाउनु पर्ने नगद पुरस्कार बादलले पाएनन् । साढे दुई लाख बराबरको नगद पुरस्कार नदिई ‘नेपाली आइडियल २०६९’ को आयोजक नै फरार भयो । यद्पी बादल निराश भएनन । उनी आफ्नो साँगीतिक करिअर चम्काउनतर्फ लागे । नेपाली साँगीतिक क्षेत्रमा आफ्नो करिअर चम्काउन संघर्षरत यिनै बादल लिम्बुबारे छोटो चर्चा गर्रौ ।


पहिलो रेकर्डिङ्मा नर्भस

हुन् त बादलको सांगितिक करिअर ‘नेपाली आइडियल’ बनेपछि शुरु भएको होइन् । वि.स. २०६६ सालमा पुर्वाञ्चल आधुनिक गायन प्रतियोगितामा पनि उनले तेश्रो स्थान हाँसिल गरेको थिए । सोहि वर्ष उनले उषा राईको एल्बम ‘उषा’ मा ‘इश्वर सामु’ बोलको गीतमा आफ्नो स्वर दिएका थिए । ‘त्यो नै मेरो पहिलो रेकर्डिङ थियो’, उनले सम्झिए । ‘त्यत्तिबेला म निकै नर्भस भएको थिए’, पहिलो रेकर्डिङ अनुभव सुनाए । 

बादलको सांगितिक कक्षा 

कक्षा ५ मा पढ्दाको कुरा हो । बादलले आफ्नो विद्यालय कन्काई बोर्डिङ स्कुल (विर्तामोड) को स्टेज कार्यक्रममा गाउने मौका पाएका थिए । त्यही मौकाले उनलाई आज गायक बनाएको उनी बताउँछन् । ‘पहिलो पटकको प्रस्तुति देखेपछि सबैले राम्रो गरेको भन्दै हौसला दिनुभयो, परिवारले पनि समर्थन गर्दै जानुभयो र आज यँहासम्म आइपुगेको छु’, उनले भने । बादल हौसलाको भरमा मात्र गायक बनेका भने होइनन् । उनले कक्षा ९ मा अध्ययन गर्दागर्दै विर्तामोडको सनलाईट संगित विद्यालयमा पनि संगीत कक्षा लिन्थे । उनले त्यँहा दुईवर्ष कक्षा लिएको बताए । २०६७ सालमा एसएसली पास गरेपछि गायक बन्छु भनेर राजधानी छिरेका बादलले ‘मधुरीमा नेपाल’ मा पनि केही महिना कक्षा लिएको बताए । 

एकदिन स्टार बन्छु

बादल भन्छन्– ‘अहिले जमाना प्रतिस्पर्धाको छ । जसले राम्रो गर्छ त्यो नै अगाडी बढ्छ ।’ मिहनेत र कर्ममा विश्वास राख्ने बादलले एक सय बढी स्टेज प्रस्तुती दिइसकेको बताए । तपाईको लक्ष्य के त ? उत्तरमा बादल भन्छन्– ‘म पाश्र्व गायनमा जम्न खोज्दै छु, एकदिन यो क्षेत्रको स्टार बन्ने सपना छ ।’ पाश्र्व गायनमा स्टार बन्ने सपना बोकेका बादलले हालसम्म चारवटा फिल्ममा आफ्नो स्वर दिइसकेका छन् । प्रदशर्न भइसकेको फिल्म ‘पुन्टे परेड’ को ‘डुब्दै गए म’ र ‘अलविदा’ को ‘मैले जसको’ बोलको गीत उनले गाएका हुन् । यि दुवै फिल्मका सेन्टीमेन्टल गीत रुचाइएका छन् । त्यस्तै गोपिकृष्ण ब्यानरको ‘होमवर्क’ र उदय सुब्बाको ‘अग्नी’ मा पनि उनले स्वर दिएका छन् । बादललाई पाश्र्व गायनको क्षेत्रमा ल्याउन संगितकार ताराप्रकाश लिम्बुले धेरै नै सहयोग गरिरहेको उनले बताए । ‘अहिलेसम्म जति फिल्महरुमा गाउने मौका पाए, त्यो उहाँकै कारणले हो’, उनी गुरुप्रति कृतज्ञ सुनिए । 



आफ्नै एल्बम ल्याउँछु 

अर्काको एल्बममा स्वर दिएपनि हालसम्म आफ्नो एल्बम नल्याएका बादलले अब ‘पहिलो धोका’ एल्बम ल्याउने तयारी गरिरहेको बताए । यो एल्बमको ‘तिमीलाई फुल सम्झेर’, ‘भो माया लाउँदिन’ र ‘जिन्दगी’ बोलको गीत भने सार्वजनिक भइसकेको छ । ‘अब ‘यो कस्तो यात्रा’, ‘पहिलो धोका’ र ‘आँखामा गाजल लाउनेले’ बोलको गीतसहित एल्बम सार्वजनिक गर्ने क्रममा छुँ’ , उनले सुनाए । 

रेखा थापाको फ्यान

तपाईलाई कसको फिल्ममा गाउने चाहना छ भन्ने एक प्रश्नमा उनले यस्तो रहस्य खुलाए । भने– ‘म सानैदेखि रेखा थापाको फ्यान हु, वहाँको प्राय फिल्म हेर्न म छुटाउँदिन किनभने वँहाको अभिनय मलाई साह्रै मनपर्छ ।’ रेखा अभिनित फिल्मका प्रायः गीतहरु आफुले गाउने गरेको पनि उनले सुनाए । ‘त्यसैले मलाई रेखा थापाको फिल्ममा गाउने चाहना छ’, उनले भने । ‘सुनेको छु रेखाजीले हामीजस्ता संघर्ष गरिरहेका कलाकारलाई सधै स्थान दिनुहुन्छ, मैले पनि त्यही आशा राखेको छु’, उनले थपे । 

संगीत नै सबथोक 

अन्त्यमा, बादललाई सोधिएको एक पश्न थियो । तपाईको विचारमा संगीत के हो ? उनले भने– ‘संगीत मेरो लागि पेशा मात्र होइन, नशा पनि हो । त्यसैले संगीतबाट अब म टाढा रहन सक्दिन, अब यो नै मेरो सबथोक हो ।'


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be