मैदानमा को बलियो को कमजोर ?

  • News Page
  • Published On: January 11,2015

रेखा थापा स्टारर फिल्म ‘तथास्तु’ ले सार्वजनिक बिदाको दिन शनिबार राजधानी र मोफसलका हलमा आक्रमक व्यापार गर्न सफल भएको वितरकले बताएका छन् । वितरकले जानकारी दिए अनुसार प्रदर्शन भएका अधिकाशं हलमा ‘तथास्तु’ को शनिबारको शोज हाउसफूलको रह्यो । 

‘तथास्तु’ को शनिबारको व्यापार बारे काठमाण्डू वितरक गोपाल कायस्थले भने, ‘गुण, गोपि, गंगा, अष्ट, पुष्पाञ्जली र कलंकीको सबै शोज हाउसफूल भएको छ । बिना पर्व ‘तथास्तु’ ले गरेको व्यापारलाई निकै राम्रो मान्नुपर्छ ।’ त्यस्तै वितरक नरेन्द्र महर्जनका अनुसार शुक्रबार भन्दा शनिबार ‘तथास्तु’ को व्यापार मोफसलमा दोब्बर छ । वितरक महर्जन भन्छन्, ‘शुक्रबार चिसो मौसम, महोत्सब र बन्दको प्रभाव परेपनि शनिबार फिल्मको व्यापार निकै राम्रो छ ।’ विभिन्न भातृ संगठनले गरेको बन्दका कारण मोफसलका कतिपय हल खुल्न  सकेका छैनन् । यसको प्रत्यक्ष असर प्रदर्शनका तीन फिल्मलाई पर्न आएको छ ।
सबिर श्रेष्ठको निर्माण एवं निर्देशन रहेको फिल्म ‘तथास्तु’ मा रेखा थापाको मुख्य भूमिका रहेको छ । रेखासँगै सुवास थापा, किशोर खतिवडा, विज्ञान जोशी, शिरु बिष्ट, सुशिल पोखरेल र किरण थापा लगायतको अभिनय छ । फिल्म निर्माणमा निर्देशक श्रेष्ठले रामहरी धितालसँग सहकार्य गरेका छन् । ‘तथास्तु’ को इनिसियल व्यापारसँगै होम प्रोडक्सन भन्दा बाहिरका फिल्ममा रेखा थापा चल्दिनन् भन्ने आरोप मेटिएको छ भने निर्देशक सबिर श्रेष्ठ पनि सफल निर्माताको रुपमा दहरिएका छन् । रेखाले शनिबार ‘तथास्तु’ प्रदर्शन भएका गोपिकृष्ण, अष्टनारायण, पुष्पाञ्जली र कलंकी हलका दर्शकसँग केही समय फिल्म हेरकी थिइन् ।

यता युवा दर्शक लक्षित फिल्म ‘आभाष’ को व्यापार भने शुक्रबारको तुलनामा शनिबार सुखद् देखिएको छ । यो फिल्मको व्यापार शनिबार विशेषतः राजधानीको गोपिकृष्ण हलमा उच्च देखियो । ६ सय बढी सिट क्षमता भएको गोपिकृष्णको कृष्ण हलमा ‘आभाष’ को शनिबारको प्रत्येक जसो शोज हाउफूल नजिक रह्यो । निर्माता तथा वितरक गोविन्द शाहीले ‘आभाष’ ले हरेक हलमा दर्शकको साथ उल्लेख्य रहेको दाबी गरेका छन् । सम्पादक सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘आभाष’ मा निशा अधिकारी, संयम पुरी, आश्मा डिसी, प्रकृति श्रेष्ठ र सलोन बस्नेतको मुख्य भूमिका रहेको छ ।

‘तथास्तु’ र ‘आभाष’ को तुलनामा फिल्म ‘अलबिदा’ को शुक्रबार र शनिबार दुवै दिन व्यापार उच्च हुन सकेन । आर्यन सिग्देल अभिनित यो फिल्मले प्रतिक्षा गरेभन्दा न्यूनको व्यापार गरेको हलवालाले बताएका छन् । सार्वजनिक बिदाको दिन शनिबार समेत ‘अलबिदा’ ले उल्लेख्य दर्शकको साथ नपाएपछि आर्यन सिग्देलेको क्रेज माथि नै प्रश्न चिन्ह् लागेको छ । लक्ष्मण रिजाल निर्देशित फिल्म ‘अलबिदा’ मा आर्यनसँगै निर्माता हसन खान र नायिका अनिता आचार्यको पनि अभिनय छ । 


सुरुवाती व्यापारले देखिएको सुखद र दुःखत संकेतले प्रदर्शनमा आएका तीन वटै फिल्मलाई हिट र फल्प भन्न हतारो हुन सक्छ । दर्शक प्रतिक्रिया र आइतबारको व्यापारले फिल्मलाई हिट र फल्पको निर्धारण गर्नेछ ।  तर, सुरुवाती व्यापारमा ‘तथास्तु’ माथि छ । 

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be