‘जेरी’ पछि सुनसान हल : कुन कुन फिल्म भए असफल ?
- News Page
- Published On: December 15,2014
मंसिर महिना नेपाली फिल्म बजारमा सन्नटा छायो । प्रदर्शनमा आएको एउटा बाहेक बाँकी कुनै फिल्मले उत्साहप्रद व्यापार गर्न सकेनन् । व्यापक प्रचार प्रसार गरिएका र प्रतिक्षित फिल्मले समेत दर्शकलाई हलसम्म आकर्षण गर्न नसक्दा निर्माताहरु निराश बने भने स्टार कलाकारको समेत करिअरमा धक्का पुग्न गयो ।
कार्तिकको अन्तिम सातामा प्रदर्शन भएको फिल्म ‘जेरी’ ले भने अभिनेता भुवन केसी पुत्र अनमोल केसीलाई आगामी स्टार एक्टरको पथमा उभ्याएको छ । अनमोल अभिनित ‘जेरी’ हेर्न हलमा युवा पुस्ताको भिड लागेको थियो । हेमेराज विसी निर्देशित ‘जेरी’ सोलो रिलिजको फाइदा समेत उठायो ।
मंसिर ५ गते दुई फिल्महरु ‘श्री ५ अम्बरे’ र ‘हमजाएगा’ एकसाथ प्रदर्शनमा आएका थिए । व्यापक प्रचार प्रसार गरिएको प्रतिक्षित फिलम ‘श्री ५ अम्बरे’ ले अप्रत्याशित कमजोर व्यापार गर्न पुयो । दिपा बस्नेत निर्देशित ‘श्री ५ अम्बरे’ को कमजोर व्यापारसँगै कलाकार सौगात मल्ल र केकी अधिकारीको भागमा अर्को असफल फिल्म दर्ता भएको छ । ‘श्री ५ अम्बरे’ सँगै प्रदर्शनमा आएको अर्को कमेडी फिल्म ‘हमजाएगा’ ले भने अपेक्षा अनुसारकै कमजोर व्यापार गर्यो । गायक तथा नायक बाबु बोगटी र कमेडियन विल्सन विक्रम राईको ‘हमजाएगा’ फिल्म बाबु र विल्सनको स्टेज कार्यक्रमको पच्चिस प्रतिशत पनि हिट हुन सकेन । हँसाउने ‘हमजाएगा’ को कमजोर व्यापारले निर्मातालाई रुवायो । ‘मिस्टेक’ नामक फिल्म मंसिरको दोश्रो सातामा प्रदर्शनमा आएको थियो । ‘मिस्टेक’ फिल्म हलमा २४ घण्टा पनि टिकेट । ‘मिस्टेक’ फिल्म बाट निर्मातालाई हातमा लाग्यो शून्य जस्तै भयो ।
मंसिर १९ लाई नेपाली फिल्म बजारमा प्रतिक्षित मितिको रुपमा हेरिएको थियो । कारण, उक्त मितिमा आर्यन सिग्देलको शिर्ष भूमिका रहेको ‘नाइके’ र एक समयका सफल निर्देशक शम्भू प्रधानको ‘रङ बैजनी’ एकसाथ प्रदर्शनमा आउँदै थिए । चकलेटी नायक आर्यन सिग्देलको एक्सन अवतार र बाह्र वर्षपछि फिल्म निर्देशनमा फर्किएका शम्भू प्रधानको फिल्मले गर्ने व्यापार बारे जति कौतुहलता थियो त्यो कौतुहलता निराशामा बद्लिन मंसिर १९ को बिहानी शो नै काफी भयो । आर्यनको ‘नाइके’ र शम्भूको ‘रङ बैजनी’ प्रदर्शन नहुँदै मल्टिप्लेक्स पर्दाबाट उत्रिएको खबरले सिङ्गो फिल्म बजारलाई नै चकित तुल्यायो । ‘नाइके’ र ‘रङ बैजनी’ ले सिङ्गल स्टेशनमा समेत नियमित दर्शकलाई समेत तान्न सकेनन् । न्यून व्यापारसँगै आर्यन सिगदेलको एक्सन अवतार र निर्देशक शम्भू प्रधानको नेपाली फिल्ममा भएको पुनरागमन संकटमा पर्ने सक्ने फिल्म नगरी विश्लेषण हुन थालेको छ । ‘रङ बैजनी’ को असफलताले ‘झोला’ फिल्मबाट उचाइमा पुगेकी अभिनेत्री गरिमा पन्तको उचाइमाथि नै प्रश्न उब्जिएको छ । आखिर झोलाको विषय चल्यो या गरिमा ?
मंसिर २६ गते प्रदर्शनमा आएका दुई फिल्म ‘लभ यू बाबा’ र ‘कान्छी मट्याङ ट्याङ’ ले पनि सन्नटा छाएको फिल्मी बजारलाई तताउन सकेनन् । प्रिमियर शोमा निकै नै रुचाइएको ८ वर्षिय सौगात विष्ट निर्देशित फिल्म ‘लभ यू बाबा’ को सुरुवाती व्यापार निकै न्यून रहेको रिपोर्ट छ । ८ वर्षियको निर्देशनकै कारण दर्शक हलसम्म ओइरिने अनुमान यतिबेला गलत साबित हुँदैछ । यद्पी ‘वर्ड अफ पब्लिसिटी’ ले ‘लभ यू बाबा’ प्रति दर्शकको नजर लाग्ने अपेक्षा भने कायमै छ । कमेडी फिल्म ‘कान्छी मट्याङ ट्याङ’ को व्यापार पनि उस्तै निराशकै रहेको रिपोर्ट छ । सार्वजनिक बिदाको दिन शनिबार भने केही सिङ्गल स्टेशनमा यो फिल्म हेर्न दर्शकको राम्रै भिड लागेको थियो ।
लगालग फिल्मको व्यापार निराशको हुनु सुखद पक्ष होइन । तर, लगालग किन फिल्म फल्प भैरहेका छन् ? कमजोरी केमा छ ? प्रचार प्रसार, फिल्मको विषयवस्तु या उचित प्रदर्शन मिति ? फिल्म मेकर्सले यी विषयमा बहस गर्न आवश्यक छ ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved