बसन्त चौधरीको बलिउड यात्रा : हिन्दीमा एल्बम, फिल्ममा गीत

  • News Page
  • Published On: December 14,2014

उद्योग व्यवसायको क्षेत्रमा सफल बसन्त कुमार चौधरी गीत तथा कविता लेखन र रचनामा पनि उत्तिकै सफल र सवल ठहरिएका छन् । दैनिक व्यापार व्यबसायमा व्यस्त रहने चौधरीले विभिन्न कविता संग्रहका साथ नेपाली गीत र संगीतको क्षेत्रमा हालसम्म ५ उत्कृष्ट एलबम उपहार दिईसकेका छन् भने हालै मात्र हिन्दि गीतको अडियो सिडी एल्बम तयार पारेका छन् ।

‘माया बल्झेछ’, ‘तिम्रो नाममा’, ‘रिफेल्कसन अफ लभ’, ‘वन्ली लभ’ र ‘लभ फरेवर’ जस्ता नेपाली गीत संगीतको उत्कृष्ट एल्बम बजारमा ल्याईसकेका चौधरीले हालै मात्र बलिउडका एकसे एक गायन हस्तीलाई लिई ‘मोमेन्ट्स अफ लभ’ नामक एलबम तयार पारेका हुन् । हरेक गीत तथा कवितामा प्रायः माया र प्रेमकै कुरा गर्ने कवि एवं गीतकार चौधरीले यो हिन्दी एल्बममा पनि माया पिरतीकै कुरा गरेका छन् ।

सिजी इन्टरटेमेन्टको प्रस्तुति तथा भारतको प्रसिद्ध टाइम्स म्युजिकले उत्पादन र अन्तराष्ट्रिय रुपमै वितरण तथा प्रवद्र्धनको जिम्मा लिएको एल्बमका लागि चौधरीको रचनामा बलिउडका ख्यातिप्राप्त गायक गायिकाहरु रुपकुमार राठौर, निती मोहन, सान, जावेद अली, मोहित चौहान, पलक मुचाल र श्रेया घोषालले स्वर दिएका छन् भने बलिउडकै प्रतिभाशाली नव संगीतकार शुशांक शंकरले संगीत दिएका छन् । भारतका विभिन्न शहरमा पुगिसकेको यो पप एल्बममा गायिका श्रेया घोषालले भने दुई सेमी क्लासिक गीत गाएकी छिन् ।

‘एउटा नेपालीको रचना अन्तर्राष्ट्रिय हिसाबमा ठुलो बजारमा जाओस् अनि एउटा नेपाली हिन्दीमा गीत रचेर अन्तर्राष्ट्रिय रुपमा जान सक्दो रहेछ भनेर प्रयोग गरौं भनी हिन्दी रचनामा एल्बम तयार पारेको हु’ चौधरीको भनाई छ ‘फेरि संगीतको कुनै भाषा पनि त हुँदैन । संगीत मआफैंमा एउटा विश्वव्यापी भाषा हो । चाहे त्यो हिन्दीमा होस्, चाहे मराठीमा । चाहे नेपालीमा होस्, चााहे अंग्रेजीमा, त्यसले  खास माने राख्दैन । खाली हिन्दी गानाको मार्केट नेपालीको भन्दा बृहत छ भन्ने हामीले बुभ्mनै पर्छ । भारतिय, नेपाली, पाकिस्तानी, बंगालादेशी सबैको माझ हिन्दि गीतको ठुलो बजार र लोकप्रियता छ । त्यो ठुलो बजार लिन जमर्को ग¥या हुँ । भारतमै प्रतिष्ठित गीतकारहरु छन्, उनीहरुस“गको प्रतिस्पर्धामा जान बलिउडका बेस्ट सिगरहरु लिएको छु। त्यो हिसाबले यसले मलाई बेग्लै उचाई प्रदान गर्छ भन्नेमा आशावादी छु । अहिलेसम्म जति पनि यसको प्रतिक्रिया पाएको छु, ज्यादै नै उत्साहवद्र्धक छन् । मलाई लाग्छ सबैले रुचाइदिनु हुन्छ ।’ 


वसन्तद्धारा रचित यो एल्बमका लागि श्रेया घोषालले गाएको गीतमाथि म्युजिक भिडियो बनेको छ भने युट्युबका लागि अरु गीतको पनि भिडियो बनाइदै गरेको चौधरीले बताए । उनका अनुसार यसको रेकर्डिङदेखि अन्य प्राविधिक कार्यसम्म सबै मुम्बईमै गरिएको छ भने म्युजिक भिडियो पनि उतैबाट बनाइएको छ । यसका लागि वसन्तले मुम्बईका विक्रम सिंहलाई संयोजकका रुपमा जिम्मा दिएका छन् । 
सधैं सबै काम र सिर्जनका लागि प्रविधीको सहयोग लिन माहिर वसन्तले आफ्नो पहिलो हिन्दी एल्बमका गीतहरुलाई विश्वव्यापी बनाउन यसका गीतहरु युट्युबको जुक बक्सका साथै आइट्युन, टाइम्स म्युजिक, नोकिया, गाना डट कमजस्ता अनलाइन प्लेटफर्महरुमा राखेका छन । अनलाईन प्लेटफर्महरुबाट उनका गीतहरु विश्वका थुप्रै देशबाट डाउनलोड समेत भईरहेका छन् । एल्बमको औपचारिक विमोचन पनि मुम्बईबाटै शुरु हुने भएको छ । चौधरीका अनुसार यसको पहिलो विमोचन भारतको मुम्बईमा हुनेछ भने दोस्रो विमोचन कार्यक्रम सिंगापुर र अन्तमा नेपालमा हुनेछ। वसन्तका सबै रचनामा सधैं माया प्रेमकै भावना पाइन्छ। उनी भन्छन् ‘घृणा र नकरात्मक सोच विगतका केही वर्षमा आइसक्या छ। हामी जुन माया प्रेम भन्ने अत्यन्त शुद्ध जीवनको भावना हो, त्योबाट टाढिंदै गाछौं । अलिकती भए पनि माया प्रेमका गीतबाट प्रेम जगाउन सक्छु कि भन्ने मेरो सानो प्रयास मात्र हो ।’ हिन्दीमा उनले लेखेको गीतबाट त्यसमा स्वर भर्ने भारतिय गायक गायिका समेत प्रभावित छन्। गायिका घोषालले भनिछन् हिन्दी गीत रचनाको पहिलो प्रयासमा यति राम्रो शव्द छ ।’ अर्का भारतिय स्वर हस्ती रुपकुमार राठौरले त झन् उनका गीतमा प्रयोग भएका उर्दु शव्दको खुलेरै प्रशंषा गरेका छन् ।



वसन्त भने यतीमै मात्र सन्तुष्ट छैनन् । उनी आफ्नो गीत रचनाको श्रृंखलालाई नेपाली र हिन्दी गीत तथा गजलबाट थप उचाई दिने तयारीमा छन् । रुपकुमार राठौर र पंकज उदासलाई लिएर सुरा र सुन्दरीलाई विषय बनाई एउटा छुट्टै गजल एल्बम निकाल्ने तयारी उनले गरेका छन् । त्यसबाहेक ‘मोमेन्ट्स अफ लभ’ कै रेकर्डिङका क्रममा रेकर्ड भएका एल्बम बाहेकका उनका दुई गीत बलिउड फिल्ममै आउने भएको छ । जसलाई श्रेया घोषाल र मोहित चौहानले गाएका छन् ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be