आकाशको पहलमा चलचित्रकर्मीलाई मन्त्री मानन्धरको साथ ।

  • Newspage3
  • Published On: May 15,2020

समस्यामा परेका चलचित्रकर्मीलाई मन्त्री मानन्धरको साथ निर्माता/ निर्देशक अधिकारी भन्छन्-सहयोग अमुल्य छ । लकडाउनका कारण समस्यामा परेका श्रमजीवि चलचित्रकर्मी लगायत न्यून आय भयका कलाकारहरु तथा चलचित्र क्षेत्रका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरिएको छ । सहरी विकास राज्यमन्त्री माननिय रामवीर मानन्धरको पहलमा शुक्रबार २७० जना चलचित्रकर्मीलाई ६ हजार ७५० केजी चामल र ८२५ केजी दाल हस्तान्तरण गरिएको हो । २७० जना चलचित्रकर्मी लागि २५ के. जि. को एक एक बोरा चामल र तीन केजीका दरले दाल उपलब्ध गराईएको चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र प्रवर्द्धन एवं समन्वय समितिका संयोजक आकाश अधिकारीले जानकारी दिए।

97657921_237514197344210_1733036561114595328_n

खाद्यान्न ग्रहण गर्दै संयोजक अधिकारीले भने: न्युन आयस्रोत भयका श्रमजीवि चलचित्रकर्मी झण्डै दुई महिना लामो लकडाउनको चपेटामा परेका छन् अबभने साँच्चैनै उनिहरुलाई खाद्यन्न (राहतको) आवशेकता छ । मेरो ब्यक्तिगत र हाम्रो संथागत पहलमा सरकारले यतिठुलो अति आवश्यक सहयोग गरेकोमा उन्ले खुसी व्यक्त गरे । निर्माता, निर्देशक तथा चलचित्रका प्रविधिक तथा सफल कलाकारहरुका लागि समस्या नभएपनि नव प्रवेशि कलाकारहरु तथा प्राविधिक लगायत निम्न आर्थिक अवस्था भयका साथीहरु लाई यस स्थितिमा यो अति कलाकारहरुलाई लकडाउनका कारण ठुलो समस्या परेपछि आफुले मन्त्री मानन्धरमार्फत् पहल गरेको बताउँदै निर्देशक अधिकारीले समस्यामा परेका चलचित्रकर्मीहरुलाई तत्काल खाद्यान्न उपलब्ध गरायको बताए ।

96832696_293954274955604_2367849499310686208_n

विपद्का बेला चलचित्र क्षेत्रका श्रमजिवीहरुका लागि अति आवश्यक खाद्यान्न उपलब्ध गराईदिएकोमा चलचित्र उद्योग निकै खुसी भएको बताउँदै निर्देशक अधिकारीले विपद्का बेला मन्त्रीको पहलमा भएको सहयोग आफुहरुका लागि अमुल्य सहयोग भएको बताए । आदिवासी जनजाति महासंघका ३५ जना, नृत्य संघका ४५, निर्देशक समाजका तर्फबाट सहायक निर्देशकहरु ३० जनालाई एक एक बोरा चामल र तीन केजीका दरले दाल उपलब्ध गराईने छ ।

 

97409139_542400640003741_4370909421669187584_n

यस्तै तेस्रोलिंगि साथीहरुको प्रतिनिधित्व गर्ने ब्लुडायामण्ड सोसाईटीका ३० जना, प्राविधिक संघका ३५, चलचित्र द्वन्द्व संघका २५ जना, कलाकार संघका जुनियर कलाकारहरु ३५ जना र संगित उत्पादन समाझ ३५ जना गरि २७० जना चलचित्रकर्मी लाई खाद्यन्न उपलब्ध गराई सहयोग गरियको छ ।

98384333_299814047695402_2309680266139926528_n

अधिकारीले, चलचित्रसँग सम्बन्धीत ७ वटा तथा एक ब्लुडायामण्ड सोसाइटी गरी ८ वटा संघ- संथा अन्तरगत आवद्ध रहेका ब्यक्तिहरु लाई खाद्यान्न समस्या परेको हुँदा सोको ब्यवस्था गरि सहयोग गर्नहुन सरकारसँग आग्रह गरेका थिय। मन्त्री मानन्धरले श्रमजीवि चलचित्रकर्मी हरुको मर्मलाई बुझी अधिकारीको आग्रहमा आवश्यक पहलगरी मन्त्री मानन्धरले सो खाद्यान्न उपलब्ध गराउन सहजिकरण गरेकाहुन । खाद्यान्न आठ संघ- संथाका अध्यक्ष र महासचिवलाई जिम्मा लगाइयको छ । समाग्री बितरणका लागि नेपाल विज्ञानप संघले स्थान उपलब्ध गरायको थियो ।

96806724_289310638739918_333033546543267840_n 1

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be