शुक्रबारबाट भारतमा 'हजार जुनी सम्म'

  • सुजन श्रेष्ठ
  • Published On: March 11,2020

काठमाडौँ

पछिल्लो समय नेपाली फिल्मको बजार विस्तारमा निर्माता निर्देशक कसरत छन् । विदेशी मार्केटसंगै नेपाली फिल्मलाई छिमेकी राष्ट्र भारतको नेपाली भाषीको बसोबास रहेको दार्जि्लिङ्ग , सिक्किम लगायतका स्थानमा प्रदर्शन गर्न सकेपनि राम्रो दर्शकसंगै बजार विस्तारमा टेवा पुग्छ । यसकै शिलशिलामा केहि महिनाको तयारीपछि गत साउनमा नेपालमा प्रदर्शनमा आएको फिल्म ’हजार जुनीसम्म’ रिलिज हुने भएको छ ।

विकासराज आचार्य निर्दे्शित लभस्टोरी फिल्म ‘हजार जुनीसम्म’ आउँदो मार्च १३ बाट सिलीगुरीको इनोक्स सिटी सेन्टर , इनोक्स भेजा मल , कार्निभलमा प्रदर्शन हुँदैछ । यसैगरी दार्जि्लिङ्गको इनोक्स रिङ्क मल , कुर्सियोङ्गको फान्टासिया , कालिम्पुङको ड्रिम थियटर , सिक्किमको पनि ड्रिम थियटर , गान्तोकको डेन्जोङ्ग हल र नाम्चीको इपेरियल टाकिजमा लगायतका हलमा फिल्म प्रदर्शन हुदैछ ।

फिल्म प्रदर्शनलाई लक्षित गर्दै सोमवार कालिम्पुङमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले फिल्म दार्जि्लिङ, कालिम्पुङ, सिक्किम र सिलीगुरीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने जानकारी गरायो । पत्रकार सम्मेलनमा अभिनेताद्वय आर्यन सिग्देल र अखिलेष प्रधान, अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्के्टिङ हेड सुष्मा राई उपस्थित थिए ।

मोसन पिक्चरकी सुष्माले सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमका दर्शकलाई विशेषगरि फिल्म हेर्न आग्रह समेत गरिन् । आर्यनले पनि फिल्म स परिवारले संगै हेर्न मिल्ने रहेको बताए । ’फिल्म फ्यामिली ड्रामासंगै प्रेम कथामा आधारित छ । मायाको पर्खाइ र समपर्ण रहेको फिल्मले मन छुनेमा आशावादी छु’ आर्यनले भने । उपस्थित अखिलेसले डेब्यु फिल्ममा सकेको काम गरेको बताए । ’मेरो पहिलो भएकोले मैले धेरै सिक्न पाए र यसलाई रुचाइनेमा आशावादी छु’ उनले भने ।

उपस्थित अरुणले नेपाली फिल्मको बजार रहेकाले नेपाली फिल्मले माया पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । ’हामीलाई केहि समय लाग्यो किनकी केहि प्रावधान थिए तर अब हामी नेपाली फिल्म रेगुलर यहाँ लगाउने सोचमा छौ । मेरो मात्र नभई राम्रा नेपाली फिल्मलाई यो बजारमा ल्याउने छु’ अरुणले भने । उनले अन्य बाँकी स्टेसनमा पनि फिल्म छिटै रिलिज गरिने बताए ।

फिल्मको छायांकन सिक्किम र दार्जि्लिङ्गको रमणीय दृश्यमा गरिएको थियो भने एमजी रोडमा छायांकन गरिएको गीत ’एमजी रोडैमा’ त्यहाँ लोकप्रिय भईसकेको छ । फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेललगायतका कलाकारहरु पनि अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता हुन् ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be