आँसु झार्ने ८ वर्षियको निर्देशन : प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

  • News Page
  • Published On: December 11,2014

आठ वर्षिय सौगात विष्ट निर्देशित फिल्म ‘लभ यू बाबा’ को प्रिमियर गरिएको छ । बुधबार साँझको प्रिमिरमा सहभागी अधिकाशंले आठ वर्षियको फिल्मलाई रुचाएको पाइयो । फिल्म हेरी सकेर हलबाट बाहिरिंदा अधिकाशंको आँखा रसाएका थिए । बाल कलाकार संगम विष्टले सबैको मन चोर्न सफल भइन् । संगम निर्देशक सौगात विष्टकी दिदि हुन् । विश्वकै कान्छो फिल्म निर्देशकको रुपमा सौगातको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डसमा लेखाउने प्रक्रिया समेत भैरहेको छ । 

मंसिर २६ गते शुक्रबारदेखि अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘लभ यू बाबा’ मा गजित विष्ट, निश्मा घिमिरे, निर्मल शर्मा, अशिस्मा नकर्मी लगायतको अभिनय छ । दिव्यराज सुवेदीको छायाँकन रहेको फिल्ममा गम्भिर विष्टको नृत्य निर्देशन अनि चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । कथा अभिनेता विष्ट स्वयम्कै हो । फिल्ममा लगानी सम्झना पोखरेल र रोशनी बज्रचार्यको छ ।

फिल्म ‘लभ यू बाबा’ हेरेपछि सामाजिक सञ्जालमा फिल्मकर्मी एवं सञ्चारकर्मीले आफ्नो सकारात्मक प्रतिक्रिया पोस्ट गरेका छन् । जुन प्रतिक्रियालाई यहाँ प्रस्तुत गरिएको छ । 

प्रदीपकुमार उदय : आज ८ बर्षका बालक सौगात बिष्ट ज्युले निर्देशन गर्नु भएको चलचित्र 'लब यु बाबा' हेर्ने मौका जुर्यो सार्है उत्कृष्ट चलचित्र बनाउनु भएको छ निर्देशक ज्युले, यदी यो चलचित्रको छायाँकन हेर्ने मौका नपाएको भए सायद मलाई बिस्वाश गर्न गार्हो हुन्थियो होला तर धेरै पटक छायाँकन हेरेकोले निर्देशक बिष्ट ज्युले नै निर्देशन गर्नुभएको हो भनेर सबैलाई जानकारी पनि गराउन चाहान्छु । अहिले सम्म ९ बर्षको बालकले चलचित्र निर्देशन गरेर गिनिज बुकमा नाम लेखाउन सफल भएको छ अब नेपाल बाट सौगात ज्यु को नाम गिनिज बुक मा लेखिने कुरामा म ढुक्क छु । सौगात ज्यु शुभकामना र राम्रो चलचित्र बनाउनु भएकोमा निर्देशक सौगात बिष्ट ज्यु र वहाँ को टिम लाई बधाई ।

सुव्रत आचार्य, सञ्चारकर्मी : हिजो आठ बषिय निर्देशक सौगात विष्टको निर्देशनमा बनेको चलचित्र 'लभ यु बाबा' हेर्ने अवसर जुर्यो । पुरै चलचित्र हेरिसकेपछि उनको निर्देशनमा मैले पनि उक्त चलचित्रमा एउटा भुमिका निर्वाह गरेको छु भनेर सुनाउन पाउँदा मलाई गर्व महसुस भएको छ । साँच्चै, फिल्म ट्रेलरभन्दा राम्रो बनेको रहेछ, मंसिर २६ गतेबाट देशभर रिलिज हुँदै छ । हेर्न नछुटाउनु होला

राज श्रेष्ठ, सञ्चारकर्मी : विश्वकै कान्छो ८ वर्षिय निर्देशक सौगात विष्टको निर्देसन रहेकको फिल्म लव यु वावा आज हेरियो फिल्म धेरै राम्रो वनेको रहेछ ।  फिल्मले धेरै ठाउमा रुवाउन र हसाउन सफल भएको छ । निर्देसक सौगात लगायत फिल्मका कलाकार संगम,गजित र निस्माको काम धेरै राम्रो छ । फिल्मको सफलताको शुभ कामना

दिनेश सिटौला, सञ्चारकर्मी : चलचित्र love you baba हेरियो । ८ बर्षे निर्देशक सौगात बिष्टको काम तारिफयोग्य छ । संगम बिष्टको अभिनयले जो कोहिको पनि भित्री मन छुनेछ,all the best.

राजन घिमिरे, सञ्चारकर्मी : सिजॆनाका लागि कपाल नै फूल्नु पछॆ भन्ने छैन, मन , क्षमता , उत्साह र लगन भयो भने सफलता हात पानॆ उमेरले छेक्दैन , यो कुराको गतिलो उदाहरण पेश गरेका छन ८ बषिॅय चलचित्र निर्देशक सौगात बिष्टले । गिनीज बुकमा नाम लेखाउने तयारीमा रहेका सौगात बिष्टले निर्देशन गरेको चलचित्र लभ यू बाबा संच्चै मन छुने र ह्दयबिदारक छ । यो चलचित्र हेरेपछि उनको तारिफ नगर्र्नेहरू भेट्टीदैनन् । लभ यू सौगात 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be