वितरक भन्छन्, 'लभ डायरीज चल्यो, शुसिल भाग्यमानी हुन्'

  • सुजन श्रेष्ठ
  • Published On: February 17,2020

काठमाडौँ

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लभ डायरीज'ले दर्शकको राम्रो साथ् पाएको छ । प्रेम दिवसको अवसर पारेर रिलिज भएको फिल्ममा दर्शकको चाप पढेको फिल्मका वितरक करण श्रेष्ठले बताएका छन् । 

करण भन्छन्, 'सुरुवातीबाट नै दर्शकको राम्रो उपस्थिति थियो । शनिबार बाट दर्शकको चाप झन् बढ्यो । यसबाट सुशीलको स्टारडम देखिएको छ । सुशील भाग्यमानि हुन् ।' फिल्म हलले शोजहरु पनि बढाएको करणले बताएका छन् । सिंगल थिएटर सबैमा ठुलो हल 'लभ डायरीज'ले पाएको करणले सुनाए ।  

86501663_232452627790914_6419704638286594048_n

करणले सुशीललाई ह्यान्डसम स्टार भएको बताए ।  उनि भन्छन्, 'सुशील निकै मेहनती हीरो हो । होस्टेल रिटर्न पछि उनको दमदार कम्व्याक भएको छ । लभ डायरीजले बक्स अफिसमा धूम मच्चाएको छ । म फिल्मका निर्माताहरुलाई धन्यवाद भन्न चाहान्छु ।'

सौरभ चौधरीले निर्देशन गरेको फिल्ममा सुशील संगै रुविना थापा र विश्वजित रिमालको मुख्य भूमिका रहेको छ । प्रेम कथामा बनेको फिल्मको कथा मधु बास्तोलाको हो ।

बिनोद सापकोटा निर्माता रहेको फिल्ममा सरोज तुलाधर सह-निर्मातामा छन् । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, संजय लामाको डिओपी, राजेन्द्र मोक्तानको कलर, सत्यम राना र अच्युत बाजगाईको भिएफएक्स रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले राजधानीमा र एफडी कम्पनीले काठमाडौँ बाहिर वितरण गरेको हो ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be