निर्माता र चलचित्र संघबिच नयाँ सम्झौता
- News Page
- Published On: December 08,2014
चलचित्र निर्माता संघ र चलचित्र संघबिच नयाँ सम्झौता भएको छ । दुई संघबिच पहिला भएको सम्झौतालाई यथावत् राख्दै सोमबार चलचित्र संघको भवनमा दुई संघका अध्यक्ष राजकुमार राई र नकिम उद्दिन बिच ११ बुँदे सम्झौता पत्रमा हस्तारक्षर भएको हो । संघका दुवै अध्यक्षले आफ्ना सदस्यलाई अनुशासनमा बाँध्न पछिल्लो सम्झौता आवश्यक रहेको बताए । ११ बुँदे संझौतामा उल्लेख भए अनुसार, अब चलचित्र बनाउने निर्माता र चलचित्र प्रदर्शन गर्ने प्रदर्शक क्रमशः निर्माता संघ र चलचित्र संघको अनिवार्य रुपमा सदस्य बन्नुपर्नेछ ।
निर्माता र चलचित्र संघबिच भएको ११ बुँदे संझौताको पूर्ण विवरण यस प्रकार छ ।
१.नेपाल सरकार, चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण गर्ने इजाजत प्राप्त व्यवसायी नेपाल चलचित्र निर्माता संघको सदस्य रही निर्माण गरेको चलचित्र नेपाल चलचित्र निर्माता संघमा अनिवार्य दर्ता गर्नुपर्ने छ ।
२. नेपाल सरकार, चलचित्र विकास बोर्डबाट चलचित्र वितरण इजाजत प्राप्त व्यवसायी नेपाल चलचित्र संघका वितरक सदस्यहरुलाई मात्र नेपाली चलचित्र निर्माताहरुले चलचित्र वितरणको अधिकार दिनुपर्ने छ ।
३. नेपाल चलचित्र निर्माता संघमा दर्ता भएका नेपाली चलचित्रहरुमात्र नेपाल चलचित्र संघमा सदस्य भएका चलचित्र वितरकले अनिवार्य रुपमा नेपाल चलचित्र संघमा चलचित्र दर्ता गरेर मात्र प्रदर्शन गर्नुपर्ने छ ।
४. नेपाल चलचित्र संघको सदस्य रहेका प्रदर्शकहरुलाई मात्र चलचित्र वितरकले चलचित्र प्रदर्शनका लागि दिनुपर्नेछ । सदस्य नरहेका प्रदर्शकहरुलाई चलचित्र प्रदर्शन गर्न दिए सो वितरकको चलचित्र रोक लगाउन दुबै संघ सहमत गर्दछौ ।
५. चलचित्र प्रदर्शन समाप्त भएको मितिले १५ दिन भित्र प्रदर्शकले हरहिसाब फरफारक गर्नुपर्ने छ । फरफारक नगरी अटेर गर्ने प्रदर्शकलाई चलचित्र प्रदर्शनमा रोक लगाउन सकिने छ ।
६. निर्माता वा वितरकहरुले आफ्नो चलचित्र प्रदर्शनका लागि प्रदर्शकहरुलाई अनावश्यक दबाब दिएको खण्डमा त्यस्ता चलचित्रलाई नेपालभर प्रदर्शन रोक लगाउन सकिने छ ।
७. नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघमा दर्ता नभएका चलचित्रहरु वितरण तथा प्रदर्शन गर्न पाइने छैन । तर, कुनै पनि वितरक वा प्रदर्शक सदस्यले त्यस्ता चलचित्रहरु वितरण तथा प्रदर्शन गरेमा नेपाल चलचित्र संघले आवश्यक कारबाही गर्ने छ र नेपाल चलचित्र निर्माता संघले समर्थन गर्ने छ ।
८. नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघका बीचमा विभिन्न समयमा भएका सहमती र संझौताहरु कार्यन्वयन गर्नका लागि दुबै संघका ३–३ जना गरि ६ जनाको एक कार्यदल गठन गरिने छ ।
९. दुबै संघका विचमा विभिन्न मितिमा भएका सहमती र संझौताहरु कार्यान्वयन गर्ने क्रममा कुनै विवाद वा असहज परिस्थिती श्रृजना भई संशोधन गर्न परेमा सो को जानकारी दुबै संघमा एक महिना पहिले गर्नु पर्नेछ ।
१०.यो संझौता मिति २०७१ साल मंसिर २८ गतेदेखि लागू हुनेछ ।
११. माथि उल्लेखित संझौताका शर्तहरु दुबै संघले पालना गर्ने छौ ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved