मोदीमा रोकिएको ‘तीतो सत्य’ बारे भारतीय मिडियाले के लेखे ?

  • News Page
  • Published On: December 07,2014

नेपाल टेलिभिजनबाट प्रत्येक बिहिबार साँझ ८ : ३० बजे प्रसारण हुने चर्चित टेलिफिल्म ‘तितो सत्य’ को प्रशारणमा भारतिय प्रधानमन्त्री मोदीलाई व्याङग्य हानेको कारण देखाउँदै नेपाल टेलिभिजनको सेन्सर वोर्डले गत साता प्रशारणमा रोक लगाएपछि यो विषयले देशमा रामै्र चर्चा पाइरहेको छ । यो विषय माथि विभिन्न तहबाट विभिन्न प्रकारका बहस भैरहेका छन् । हास्यव्याङ्ग्य कार्यक्रमलाई रोक लगाइएको विषयलाई नेपाली सञ्चार माध्यमले महत्वका साथ स्थान दिएको छ । 

‘तीतो सत्य’ मा लागेको सरकारी रोकले नेपालमा मात्रै होइन भारतीय मुलुकमा पनि यस विषयले चर्चा पाइरहेको छ । प्रधानमन्त्री मोदीका कारण नेपाली हास्यव्याङ्ग्य टेलिफिल्म तीतो सत्यमा लागेको रोकलाई भारतिय सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन एवं प्रशारण गरेका छन् । ‘द इन्डियन एक्सप्रेस’, भारतीय चर्चित पत्रिका ‘द हिन्दुको अनलाइन संस्करण ‘द हिन्दु डटकम’, इडियन एक्सप्रेस’ लगायत अनलाइनले प्रमुखताका साथ यो समाचार प्रकाशित गरेका छन् । भारतीय टेलभिजन च्यानल जी न्यूज र आस्थकले समेत ‘तितो सत्य’ प्रसारणमा रोक लगाइएको विषयलाई स्थान दिएको छ ।

त्यस्तै द हिन्दु दैनिक पत्रिकाको अनलाइन संस्करणमा तितो सत्यको ५५६ औं भाग प्रशारणमा रोक लगाइएको बताइएको छ । जी न्युज टेलिभिजनको अनलाइन संस्करणले पनि यो विषयलाई स्थान दिएको छ । ‘यो अभिव्यक्ति स्वतन्त्रता विरोधी हर्कत हो’ ‘तितो सत्य’ का दिपकराज कथाकार, निर्देशक, निर्माता एवं कलाकार दीपकराज गिरीले छन् ‘मोदी आफैं पनि भारतमा उनीमाथि व्यंग गरिएका कार्यक्रम हेर्छन् ,अमेरिकाका राष्ट्रपति बाराक ओवामा पनि उनी माथि व्यंग गरिएका कार्यक्रम हेर्छन् । तर यहा विचित्र भएको छ हामी मोदीको सम्मान गरौं, अनादर गर्दैनौं ।’

भारतको दैनिक पत्रिका भाष्करको अनलाइन संस्करणले ‘नेपाल सरकार ने नहीं उड़ाने दिया नरेंद्र मोदी का मजाक, शो बैन करने पर भड़के निर्माता’ शीर्षकमा समाचार लेखेको छ र सोही अनलाइनमा ‘नरेन्द्र मोदीका उपहास उडानेवाले नेपाली टिभी सो के प्रसारण पर रोक’ शीर्षक दिएर अर्को समाचार पनि प्रकाशित छ । रोक लगाइएको ‘तीतो सत्य’ को अंकलाई सेन्सर फुकुवा नगरेसम्म अर्को भाग छायाँकन नगर्ने दीपकले बताएका छन् । लामो समयदेखि प्रशारण हुँदै आएको तीतो सत्यमा दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्मा ‘गैंडा’ को संयुक्त सहकार्य छ । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be