'तेस्रो नेपाल अन्तरास्ट्रीय चलचित्र महोत्सव' फागुनको १ गते देखि ५ गते सम्म
- सुजन श्रेष्ठ
- Published On: January 16,2020
काठमाडौँ
तेस्रो नेपाल अन्तरास्ट्रीय चलचित्र महोत्सव फागुनको १ गते देखि ५ गते सम्म काठमाडौँमा हुने भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुदै आएको महोत्सव काठमाडौँको रास्ट्रीय सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा हुनेछ। एक पत्रकार सम्मेलनको आयोजना गर्दै ५ दिन सम्म चलचित्र महोत्सव हुने जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको उपस्थिति थियो।
नेपाली चलचित्रको रचनात्मक विकासको उधेश्यषित हुने लागेको महेत्सव अवाधिभर ८० चलचित्र प्रदर्शन हुनेछन्। जसमा १० अन्तरास्ट्रीय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्र रहेका छन्।
'विश्वका कथाहरुको कथ्य उत्सव' नारासहित हुने लागेको महोत्सवमा विगतमा कथानक चलचित्र मात्र प्रस्तुत गरिएकोमा यो वर्षा एनिमेसन र वृत्तचित्रको विधा पनि थपिएको छ। महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र तथा एनिमेटेड विधाका उत्कृष्ट चलचित्रलाई बेग्लाबेग्लै पुरस्कार प्रदान गरिनेछ।
Ad
अन्तरास्ट्रीय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट कथानक फिल्मलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड दिईइनेछ। त्यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई डलर अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर सहित बागमती अवार्ड प्रदान गरिने बताइएको छ।
फेस्टिभलमा प्रदर्शन हुनेमध्ये चलचित्रलाई बलिउड फिल्म निर्देशक प्रकाश झा नेत्रित्त्वको निर्णायक मण्डलले मुल्यांकन गर्नेछ। यसमा गौरी मल्ल, मंजुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनि हाडी सदस्य रहनेछ। वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रतर्फको जुरीको नेतृत्त्व श्रीलंकन फिल्ममेकर अनोमा राजकरुणाले गर्नेछिन् भने उनलाई थिबाउट फ्रेक र करुण थापाले सघाउनेछन्।
नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट कथानक चलचित्रलाई १ लाख रुपैयाँ सहितको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपैयाँ सहितको पुरस्कार प्रदान गरिनेछ। कथानक चलचित्रतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ। महोत्सवमा फिल्म प्रदर्शनसंगै समानान्तर रुपमा विभिन्न विषयमा छलफल पनि संचालन हुनेछन्। यस्ता चलाफ्हल अन्तर्गत राजेश हमालले आफ्नो अभिनय यात्राको बारेमा अनुभव सुनाउने भएका छन्।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved