अरुको फिल्म नचल्दा दीपकराजलाई कस्तो खुसि !

  • सुजन श्रेष्ठ
  • Published On: December 10,2019

काठमाडौँ

आइतबार कलाकार दीपकराज गीरीले एउटा स्टाटस लेखे - केटा केटीहरू, डेटिङको लागि सुनसान ठॉउ चाहिएको छ? आजकल जुनसुकै फिल्म हलमा गए पनि हुन्छ हरिबिजोक डटकम!'

दीपकले हलमा दर्शक छैनन् डेटिङ जाऊ भन्दै हाल प्रदर्शन भईरहेको फिल्महरूको खिल्ली उडाएको प्रस्ट बुझ्न सकिन्छ। लगातार फिल्म नचल्नु निकै गम्भीर गम्भीर मुद्धा हो। यस्तो मुद्धालाई जोक्स बनाउनु कति उपयुक्त हुन्छ त्यो भने दीपक आफै जानुन।

सधै नेपाली फिल्मको पक्षमा बोल्ने दीपकले यो पटक नेपाली फिल्मको खिल्ली उडाएको भन्दै उनको स्टाटसमा कमेन्ट आएका छन्। दीपक अरुको फिल्म नचल्दा पनि खुसि नै भएको भन्दै गालि गरेको कमेन्टमा देख्न सकिन्छ। कहिले दीपकलाई घमण्डी भएको र यो घमण्ड चाडै सकिने समेत भनेका छन्।



युवराज शर्मा लेख्छन, ' तपाइको मन पनि खासै सफा र अरुको भलो चाहने खालको छैन जस्तो लाग्यो। अरुको दुख मा यति खुसी हुने लाई हाम्ले कसरी बुझ्नु ?#घमण्ड_कत्ती_दिन_टिक्ला_र' 

खड्क यादु लेख्छन् - ' महाशय लाई यस्तो खालको प्रतिक्रिया दिन शोभा दिन्छ जस्तो लागेन मलाइ। माफ पाउ। तर, हजुर जस्तो मान्छेले चलचित्र क्षेत्र कसरी अगाडि बडाउने भन्ने बारेमा केही लेखेको भए उत्तम हुन्थ्यो। ठाडै फिल्म हल खाली छ, भन्दा कती नमज्जा लाग्यो। तपाइप्रति को इज्जत घट्यो हनुमनजि।'

deepak raj

मनोज दाहाल लेख्छन् - 'दीपक दाइ आफ्नो मात्र फिल्म चल्छ नेपालमा दीपक दीपा प्रोडक्सन मात्र टिक्छ भन्नू दिवा सपनाको कलोकल्पित भ्रम मात्र हो ।चिनी धेरभो भने सुगर लाग्छ अनि बिस्तारै त्यो चिनी त्याग्नु पर्छ भन्ने थाहा हुनुपर्ने । तपाईंहरु बाहेक अन्य कलाकार छैन्न र ? किन आफनै पेशाका अन्य कलाकार लाई सौतिनी ब्यभार गर्या होला।'

काले महादेव लेख्छन - 'हैट!! नेपाली फिल्म लाई पहिलो प्राथमिकता भन्दै बहस छेड्ने तपाई अनि आज आएर अरू को चलचित्र नचल्दा खुशी ले होस गूमाउने नी तपाई। यो त अलि भएन नी हौ दिपक जी "मेरै गोरु को बार्है टक्का" भन्या झै भएन र भन्या?'



प्रदीप लामिछाने लेख्छन् 'चुनाव हार्ने सबै नेता र हलमा दर्शक ले नभयको सबै फिल्म नराम्रो हुदैन। चुनाव जित्ने सबै नेता र हलमा दर्शक ले भरिएको सबै फिल्म राम्रो पनि हुदैन दिपक सर। फिल्म चलाउन र चुनाव जित्न राजनीति र प्रोपोगाण्डा जानेको हुन पर्ने रै'छ। हलमा दर्शक ले भरिएको छ एकान छर वडा नम्बर छ अनि हलमा दर्शक नभएको गोपीलाई देखेर पनि यो कुरा प्रष्ट हुन्छ । आज तपाईको हत्कण्डा चलेको छ।  अरूलाई हेप्नुस। भोलि तपाईंलाई पनि कसैले पुरानो गुदपाक भन्ने छन्।

deepak 1

तर दीपकराज गिरी यो सब कुरा मान्न तयार छैनन्। उनि भन्छन्, 'यो घमन्ड होइन। सहि कुरा हो। निर्माता फसाउने, पैसा डुबाउने, फ़िल्म मेकिङलाइ ठट्टा ठान्ने हरू लाइ ब्य्ग्य हो। चल्ने फ़िल्म हरू चलेकै छन्। दर्शकले माया गरेकै छन्। पैसा बर्बाद नगरौ सिरियस हौँ पनि भन्न खोजेको हूँ। अब यस्लाइ घमन्ड भन्नु हुन्छ भने घमन्ड सहि।'

हुन त यो वर्ष फिल्मको व्यापार हेर्दा खुसि हुने अवस्था भने छैन। आधा बर्षमा दाल भात तरकारी, जात्रै जात्रा, छ माया छपक्कै र कबड्डी कबड्डी कबड्डीले भने बम्पर व्यापार गरेको थियो। तर, कात्तिक र मंसिर भने सुनसान छ। धेरै राम्रा भनिएको फिल्महरूले पानि भन्न समेत पाएन। हलमा भने दर्शकको उपस्थिती निकै कम छ।

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be