शनिबारदेखि नम्रताको नाटक सुरु
- News Page
- Published On: November 30,2014
उनी वैवाहिक सम्बन्धमा बाँधिएको चार वर्ष पुग्यो । जीवनमा खान, बस्नदेखि हरेक भौतिक सुविधा उपयोग गर्न मनग्गे अवसरमाझ छिन उनी । उनका पतिले यी सबै खुसी घरकै चौघेराभित्र उपलब्ध गराउँदै आएका छन् । तर के सम्पन्नता मात्रै जीवन हो ? एउटी विवाहित युवतीका लागि सम्पन्नता ठूलो हुन्छ कि सन्तान प्राप्तिका सपना ? राजधानीमा शनिबारबाट सुरु भएको नाटक ‘यार्मा’ ले यी प्रश्नहरूको जवाफ दिने कोसिस गरेको छ ।
स्पेनिस नाटककार फेड्रिको गार्सिया लोर्काले १९३६ मै लेखेको यो नाटकलाई वान वल्र्ड थिएटरले भिलेज थिएटर लाजिम्पाटको सहकार्यमा मञ्चन थालेको हो । धेरै पहिले लेखिएको भएपनि नाटकको विषयवस्तु भने समय, भूगोल र संस्कृति निरपेक्ष देखिन्छ । सपन्नताको चौघेराभित्र बाँझोपन खेपिरहेकी एक विवाहित युवतीले अनुभूत गर्ने रिक्तता, पीडा र छटपटिमा नाटक केन्द्रित छ । यसलाई निर्देशन गरेका छन् विमल सुवेदीले । मुख्य चरित्र अर्थात् बाँझी आइमाईु यार्माको भूमिकामा अभिनेत्री नम्रता श्रेष्ठले अभिनय गरेकी छन् । फिल्मी पर्दामा क्युट र ब्युटी देखिने नम्रता नाटकमा भने भिन्न देखिएकी छन् ।
कथा स्पेनिस भए पनि नाटकमा नेपाली मौलिकता झल्काउने प्रयास गरिएको छ । प्रप्स, टेक्स्चर र परिवेशमार्फत् परम्परागत नेपाली समाज अनुभूत गर्न सकिन्छ । सन्तानको चाहनाले पिरोलिएकी यार्माजस्ता थुपै्र मातृत्वका अवसर गुमाएका नारीहरूको यथार्थ मनोभाव नाटकमा देख्न सकिन्छ, एक नारी पूर्ण हुन प्रेमसँगै मातृत्व पनि चाहिन्छ भन्ने सन्देशसहित । पुरुषप्रधान समाजमा मातृत्वको चाहना भएर पनि खुलेर भन्न नसक्ने अवस्थाप्रति भने व्यंग्य गरेझैं अनुभूति हुन्छ । आफू सन्तान प्राप्तिका लागि अक्षम भएको थाहा पाएपछि पनि यार्माका पति पत्नीको मनोभाव बुझ्ने गरी प्रस्तुत हुँदैनन् । निःसन्तान नारीलाई समाजले लगाउने अनेक लान्छनालाई नाटकमा मसलाको रूपमा प्रस्तुत गरिएको छ । अभिनयसँगै गीत, संगीत र नृत्यको पनि संयोजन गरिएको छ । सुन्दर तर दुःखी नेपाली नारीको रूपमा नम्रता निकै खुलेकी छन् तर, उनको अभिनय भने चरित्रअनुसार रंगमञ्चमैत्री अझै भई नसकेको अनुभव हुन्छ । संवाद उच्चारण र गम्भीरता प्रदर्शनीमा उनी केही खारिनुपर्ने देखिन्छ । उनको यो तेस्रो नाटक हो । फिल्ममा जस्तो नभई रंगमञ्चमा दिनैपिच्छे सुधार्ने अवसर पाइने हुँदा अभिनयमा केही नयाँ कुरा सिक्ने धारणा नम्रताको छ । पुरुष पात्रको मुख्य भूमिकामा रहेका राजकुमार पुडासैनीको अभिनय प्रशंसायोग्य लाग्छ ।
सिर्जना अधिकारी, कमलमणि नेपाल, शर्मिला शाह, शारदा अधिकारी, मनीषा थापा, अनिता थापा, सुम्निमा साम्पाङ, बिनु लामा लगायतले पनि मनछुने अभिनय गरेका छन् । नाटकको नेपाली भाषा अनुवादचाहिँ सृष्टि भट्टराईले गरेकी हुन् । नाटक डिसेम्बर २१ सम्म मञ्चन हुने बताइएको छ ।
साभार : कान्तिपुर दैनिक
तस्बिर : विशाल राई
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved