विनिताको लेखिन् ‘जुइनो’ : २ महिनामा पढ्न पाइने
- News Page
- Published On: November 28,2014
‘चपली हाइट’ गर्ल विनिता बरालको नयाँ परिचय थपिएको छ । कृषि पेशामा आवद्ध विनिता उपन्यासकार बनेकी छिन् । ‘जुइनो’ नाम जुराइएको विनिताद्धारा लिखित उपन्यासको लेखक कृष्ण अविरलले अन्तिम सम्पादन गर्दै गरेको विनिताले सुनाइन् ।
नायिका, कृषक र लेखिकाको परिचय बनाएकी विनिताले भनिन्, ‘एकदिन हिरोइन बन्छु भन्ने चाहिं थियो । यो सँगै म लेखनमा पनि रुचि राख्थें । बेलाबेलमा मेरो आर्टिकल प्रकाशनमा पनि आएका छन् ।’ ५५ हजार शब्दको विनिताको ‘जुइनो’ ले कृषि, युवा र देशलाई एकतामा बाध्ने काम गर्छ । उपन्यासको ‘कन्टेन्ट’ बारे विनिताले भनिन्, ‘शिक्षित बेरोजगार युवा र कृषिमा आवद्ध युवतीको प्रेम कथामा उपन्यास आधारित छ । मेरो उपन्यासले देशमै केही गर्नु पर्छ भन्ने सन्देश दिन्छ ।’
करिब दुई महिनापछि ‘जुइनो’ लाई बजारमा ल्याइसक्ने विनिताको लक्ष्य छ । उनले भनिन्, ‘भव्य समारोहबिच ‘जुइनो’ विमोचन हुनेछन् ।’ लेखिका विनिताले बिचमा ‘उमङ्ग’ नामक फिल्मको छायाँकन पनि सकाएकी छिन् । पहिलो फिल्म ‘चपली हाइट’ बाट चर्चामा आएकी विनिता कृषि पेशामा आवद्ध भएसँगै उपन्यास लेखनबाट युवा पुस्तालाई उर्जा दिने प्रेरक बन्ने पथमा छिन् ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved