‘मन्डे मुभिज’ मा कोरियन फिल्म

  • News Page
  • Published On: November 25,2014

फिल्मबारे छलफल गराउने उद्देश्यले सोमबार मण्डला थियटरमा मन्डे मुभिज नामक कार्यक्रमको आयोजना गरियो । हरेक सोमबार हुने मन्डे मुभिजमा हरेक महिना एउटा देशका फिल्महरु देखाइनेछन् । त्यसैअन्तर्गत सोमबार कोरियन निर्देशक किमकि दुकले निर्देशन गरेको फिल्म ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’ प्रर्दशन गरियो । 

एक घण्टा ४३ मिनेटको फिल्म प्रदर्शनपछि फिल्ममाथि छलफल समेत गरियो । फिल्म समिक्षक यज्ञश र ‘बाँसुल्ली’ फिल्म निर्देशक मीनबहादुर भाम अन्तरक्रियामा सहभागि भएका थिए । मण्डे मुभिज क्लबले आयोजना गरेको कार्यक्रममा अन्तरक्रिया फिल्मको विषयवस्तु, प्रविधि निर्देशकीय क्षमता र अभिनयमाथि केन्द्रित थियो । 

दक्षिण कोरियन निर्देशक किमकि दुकले निर्देशन गरेको फिल्म ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’ मा एक भिक्षुको जीवन कथालाई विभिन्न मौसमसंग तुलना गरेर बाल्यकालदेखि वृद्ध अवस्थासम्मको घटनाक्रमलाई प्रस्तुत गरिएको छ । सन् २००३ मा निर्माण भएको फिल्मलाई विभिन्न पाँच भागमा विभाजन गरेर देखाइएको छ । उनको जीवनको विभिन्न अवस्थालाई हरेक मौसमसंग तुलना गरिएको छ । बसन्त, गर्मी, ग्रिस्म, जाडो र बसन्तमा हुने परिवर्तन फिल्ममा समावेश छन् । वातावरण मन्त्रालयसँगको ६ महिनाको छलफलपछि एलजे प्रोडक्सनले फिल्मको सेट जुसान्जी पोखरीमा निर्माण गर्न अनुमति पाएको थियो । जीवनका विभिन्न भोगाईलाई मौसमसंग तुलना गरेर फिल्म निर्माणबारे प्रतिक्रिया निर्देशक दुकले दिएका थिए । 

फिल्म समिक्षक यज्ञशले हरेक महिना अलग शैलीका फिल्म देखाउने उद्देश्यले यसपटक कोरियन फिल्म छनोट गरेको जानकारी गराए । ‘फिल्म हेर्दा फिल्म निर्देशकको कामबारे जानकारी हुन्छ । निर्देशक दुकले धेरै आलोचना कमाएका छन्,’उनले भने । ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’ फिल्मको अन्तिममा बज्ने गीतबाट निर्देशक धेरै प्रभावित भएको उनले बताए । ‘ 

त्यस्तै निर्देशक मीनबहादुर भामले निर्देशक दुकको फिल्महरुमा महिला चरित्रको भूमिकाहरु दबाइने प्रतिक्रिया दिए । ‘उनले निर्देशन गरेको ‘रियल फ्रिक्सन’ फिल्मबाट चिनेको हुँ । उनी साइको निर्देशक भनेर परिचित छन् ।  उनको फिल्मको मुख्य पात्रहरुले खासै संवाद बोल्दैनन् । फिल्म भनेको युनिभर्सल हुनुपर्छ भनेर उनका मुख्य पात्रहरु कम बोल्ने गर्छन् लाटोचाँहि होइन,’उनले भने । निर्देशक दुकले फिल्मको नयाँ भाषाहरु निर्माण गर्ने गरेको उनले बताए । ‘जीवनमा हुन नसकेको कुरालाई उनले फिल्ममा उतार्ने गरेका छन् । उनका अनुसार जीवनमा नबुझ्न सकिएको पाटा फिल्ममा उतारिनुपर्छ भन्ने हो ।’ जोगी स्वभावका निर्देशक दुकबाट प्रभावित भएको उनले बताए । 

समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस फिल्म आर्काभका सदस्यहरुले संयुक्त रुपमा मण्डे मुभिज क्लबको स्थापना गरेका हुन् । यसलाई स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले संञ्चालन गरिरहेका छन् । फिल्मसम्बन्धी रुचि राख्ने व्यक्तिहरुलाई क्लबमा सदस्य भएर फिल्ममाथिका विभिन्न छलफलमा गराउन  आयोजक लागि परेको छ । 

 ‘हरेक सोमबार मन्डे मुभिजमा सहभागि भएर फिल्मका प्राविधिक, कथा, अभिनय र कलाका विभिन्न विषयमा अन्तरक्रिया गर्न सकिनेछ । फिल्मबारे जिज्ञासा राख्नेहरुलाई केन्द्रित गरेर मन्डे मुभिज संञ्चालन भएको हो । सदस्यबाहेकका फिल्ममा रुचि राख्नेहरुले फिल्म हेर्न र छलफलमा सहभागि हुन सक्नेछन् । एक महिनाभर एउटा देशका फिल्महरुमाथि कुराकानी हुनेछ,’आयोजकका बाल्मिकी पोखरेलले भने । वार्षिक रुपमा एक हजार रुपैंया तिरेर मन्डे मुभिजमा सदस्य बन्ने सकिनेछ । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be