जब दिपाश्रीको घरमा अचानक बिहेको कुरा चल्यो...!

  • News Page
  • Published On: November 22,2014

केही समय अघि ‘सौर्य दैनिक’ ले अभिनेत्री एवं निर्मात्री दिपाश्री निरौला सम्बन्धि एक सामाग्री प्रकाशिनमा ल्याएको थियो । दिपाको उक्त रोचक प्रसंगलाई यहाँ प्रस्तुत गरिएको छ । फिल्म ‘वडा नम्वर ६’ निर्माणमा व्यस्त दिपासँगको कुराकानीमा सञ्चारकर्मी विशाल राईले तयार गरेको यो लेख । 

म परिवारकी साहिली छोरी हुँ । छोरी भए पनि परिवारका सबैले मलाई छोरा सरह नै मान्छन् । बुबाले बोलाउँदा साहिला छोरा भनेर बोलाउनु हुन्छ भने भाइबहिनीले साहिलो दाई । मलाई जन्म दिने आमा धेरै अगाडि बित्नु भयो । लगभग २२ र २३ वर्ष भयो होला । आमा नभएकोले पनि मलाई परिवारका अन्य सदस्यले छोरा सरह गरेका हुन् । आमाको मृत्यु भए पनि उहाँको चाहना म ठूलो मान्छे होस्, धेरै चर्चा कमाओस् भन्ने थियो । त्यो चाहना पूरा कलाकारिताबाट गर्न सक्छु जस्तो लागेर म कलाकारितामा नै लागे । मेरो घरमा आमा नभए पनि बुबा भने हुनुहुन्छ । उहा अहिले वृद्ध हुनुभएको छ । घर भित्रको मेरो मुख्य जिम्मेवारी भनेको नै उहाँको स्याहारसुसार गर्नु हो । आमा नभएकोले बुबालाई नै आमाबुबा दुवै ठानेर आफूले गर्नु पर्ने कतव्र्य गरिरहेको छु । म अविवाहित भएर पनि होला, मेरो बुबाको सबै भन्दा ठूलो चिन्ता मेरा विवाहको छ । घरमा बुबाले सधै मेरो विवाह गरेर मर्ने चाहना भएको सुनाइरहनु हुन्छ । विवाहकै कुरा गर्दा भर्खरको एउटा घटना मलाई याद आयो । त्यो घटना डिसेम्बर २१ सँग सम्बन्धित छ । डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्लाले मेरो बुबालाई पनि त्रसित बनाएछ । त्यसैले उहाँले अचानक मलाई विराटनगर घरमा बोलाएर विवाहको कुरा गर्नुभयो । उहाँलाई मेरो चिन्ता छ भने म पनि कार्यक्रमको सिलसिलामा बाहिर रहनु पर्दा उहाको चिन्ता गर्छु । कामकै सिलसिलामा बाहिर रहनु पर्दा दुस्ख पनि लाग्छ मलाई । कहिलेकाही कलाकारिता नगरेर घरमा नै बसेर बुबाको सेवा गर्ने सोच मनमा पलाउछ । तर, घरभित्रको कर्तव्यले त्यसो गर्न दिदैन । घर भित्र म दुई भाईको दिदी पनि हो । आमाको मृत्यु भए पछि बुबाले कान्छी ल्याउनुभयो । त्यो बेला देखि मैले ती भाइहरुको पनि स्याहारसुसार गर्ने गरेको छु ।


परिवारका सबै सदस्य मेरो निर्णय बेगर कुनै काम गर्दैनन् । यो हिसाबले पनि म परिवारको मुली भएको छु । घरभित्रको सबै जिम्मा पनि मेरै हो भने अर्को दायित्व पनि छ त्यो के हो भने परिवारका सदस्यलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्नु । यी कर्तव्यले पनि मलाई परिवारका अन्य सदस्यभन्दा जिम्मेवार बनाएको छ । त्यसैले म भन्दा साना सदस्यले मलाई साहिली दिदी नभनेर साहिलादाई भन्छन् । म छोरी मान्छे भए पनि चुलो–चौकोका काममा भने अलि पछि छु । किचेनमा गरिने काम मलाई त्यति आउँदैन । आम महिलामा किचेनमा बसेर मीठा परिकार बनाउने सीप हुन्छ । तर, यो सीप ममा छैन । घरभित्र मैले गर्नु पर्ने दायित्व मध्ये घरमा चाहिने सामान सपिङ गर्नु पनि हो । सपिङ गर्न मलाई मन पनि पर्छ । घरभित्र रहेर काम गर्नु भन्दा पनि व्यावहारिक काम आफूलाई मनपर्ने भएकोले परिवारलाई परिकार बनाएर खुवाउने तथा परिकार बनाउन सहयोग गर्ने मैले कहिल्यै गरिन । तर, कहिलेकाही बाध्य भएको बेला काँक्रो, आलु र चाउचाउको परिकार बनाउने गरको छु ।

मेरो ठूलो भाई बेलायतमा अध्ययन गरिरहेको छ । ऊ उता भए पनि मैले उप्रति गर्नुपर्ने कर्तव्य निर्वाह गरिरहेको छु । अहिले ऊ तीस बर्षको भइसकेको छ तैपनि मलाई सानै छ जस्तो लागिरहन्छ । त्यसैले भाइको विवाह गर्नुपर्ने कर्तव्य मैले निर्बाह गर्न बाँकी छ । मलाई भाइहरुको चिन्ता भए जस्तै भाइहरुलाई पनि मेरो एक कुराको चिन्ता छ । त्यो हो विवाहको । त्यसैले विदेशमा भएको भाइले पनि मलाई विवाह कहिले गर्ने भनेर सोध्ने गरेको छ । यस कुरामा म केही जवाफ दिन्न ती कुरामा । त्यसैले उनीहरु जिस्काउदै भन्छन् ‘दिदीले विवाह नगरे हाम्रो पालो आउँदैन । दिदीले यसै गर्ने हो भने यो जुनी यत्तिकै बित्छ ।’ विराटनगरमा नै अध्ययन गरिरहेका कान्छो भाइ मसँग डराएर बोल्छ । उसको पढाइ लेखाइको जिम्मा पनि मेरै हो । दुई दिदी र बहिनीको भने विवाह भइसकेको छ । चाडपर्वमा उनीहरु आफ्नो परिवारसहित माइती आउदा निर्बाह गर्नु पर्ने कर्तव्य पनि मैले निर्वाह गर्नुपर्छ । अहिले काठमाडौंकै बानेश्वरमा ठूलीदिदी र कान्छी बहिनी मसग नै बस्छन् । उनीहरुको पनि आवश्यकता पूर्ती गर्ने जिम्मा मेरो नै हो । 

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be