चार्टर्ड एकाउन्टेनको फिल्मी यात्रा
- सुजन श्रेष्ठ
- Published On: September 17,2019
काठमाडौँ
कैलालिमा जन्मिएका टंक धमला लण्डनमा बस्छन। लण्डनमा उनि चार्टर्ड एकाउन्टेन हुन्। उनि लण्डनमा टंक भनेर हैन लियो ट्यांक भनेर चिनिन्छन।
काठमाडौँ आएदेखि रेडियोमा काम गरेका लियोलाइ फिल्म प्रति मोह थियो। लण्डनमा फिल्म पढ्न गएका उनले एक बर्ष फिल्म पढेका थिए। तर फिल्म पढेर केहि सिकिदैन जस्तो भएपछी सीए पढ्न सुरु गरेको लियोले बताए।
नेपाली फिल्म धेरै हेर्ने लियो भन्छन 'सानै देखि फिल्म हेरेर आए पछि साथीलाई स्टोरी सुनाउदा फिल्मी शैलीमै स्टोरी सुनाउछस भन्थे। त्यसैले फिल्मको स्टोरी चाइ म बाट नै सुन्थे।'
कैलाली देखि काठमाडौँ सम्मको यात्रा
१२ कक्षा सम्मको अध्धयन सकाएर लियो कैलालीबाट काठमाडौँ आएका थिए। कैलाली देखि काठमाडौँ सम्मको यात्रा खासै संघर्षमय नबनेको भन्दै 'रेडियोमा काम गर्नु अगाडी थोरै दुख गर्नु पर्यो। त्यसपछि मैले पछाडी फर्केर हेर्ने परेन।' उनले सुनाए।
रेडियोमा काम गरेपछि नै आफुलाई मिडिया प्रतिको मोह थाहा भएको उनले बताए। 'तर, त्यतिबेला सम्म पनि आफ्नो भिजन के हो भन्ने क्लियर थिएन।'
काठमाडौँ बस्दा परिवारले पनि निकै साथ् दिएको हुदा आफुले दुख महशुस नै गर्न नपाएको उनको भनाइ छ।
चार्टर्ड एकाउन्टेन देखि नेपाली फिल्म सम्म
'सायद सानै देखि फिल्म प्रति मोह थियो। मम्मिलाई डान्स सिक्न जान्छु, कराते सिक्न जान्छु भनेर खुब दंग्याउथे। तर, मम्मीले मलाइ जान दिनु हुन्थेन। किनकि म धेरै बिरामी हुन्थे। अनि ममीलाई डर लाग्थ्यो मलाई केइ हुन्छ कि भनेर।'
नेपाली फिल्मलाइ विश्व बजार सम्म पुर्याउने सोच राख्ने उनि नेपाली फिल्ममा आफु शक्रिय भएर लाग्ने बताउछन। नेपालमै बसेर केहि गर्न मन भएका लियोलाई नेपाली फिल्ममा काम गरेर पैसा कमाउन निकै गाह्रो छ जस्तो लाग्छ।
लण्डन बसेर नेपाली फिल्ममा काम गर्नु त्यति सहज नभए पनि आफु व्यवस्थापन गरेर काम गर्ने उनको सोच छ। यदि त्यै प्रकारको व्यस्तता बढ्यो भने नेपालमै सिफ्ट हुने उनको चाहाना छ। तर, लण्डन मै बसेर पनि खासै गाह्रो नहुने उनि बताउछन।
हिट र फ्लपको कुरा गर्दा उनि भन्छन 'मिडियामा काम गर्नु नै आफ्नो लक्ष्य भएकाले गर्दा आफु फ्लप् हुन्छु कि भन्ने तिर सोच नजादो रछ। फ्लप भए पनि आफुले चाहेको काम त गर्न पाइन्छ नि। आफुलाई मन परेको काम गर्दा कसले के भन्छ कि, पैसा कमाइदैन कि, फ्लप भइन्छ कि भन्ने कुराले माइने राख्दैन।'
'अहिले चार्टर्ड एकाउन्टेन भाको छु। लण्डनमा आरामको जिन्दगि जिएको छु। तर, माया त नेपालकै लाग्छ। अझ भनौ नेपाली फिल्मको माया लाग्छ।' मलिन अनुहार पार्दै उनले भने 'यहि बसेर आफुलाई पुग्ने पैसा कमाउन सक्ने हो भने लण्डन छाड्थे। तर अहिले त्यो सम्भावना छैन।'
लियोले फिल्म 'सरौतो'बाट नेपाली रजतपटमा डेब्यु गरेका छन्। 'सरौतो'को टिजरमा उनले क्यारेक्टर स्मरणयोग्य छ। ‘सरौतो’मा डेब्यु गर्न पाउदा उनि निकै खुसि छन्।
'फिल्म खेल्नु अगाडीनै आफ्नो समाचारहरु आएकाले गर्दा एकजना दाइले याद गरीराख्नु भएको रहेको अनि दाइले मेरो कुरा सरौतो टीम सम्म पुर्याएपछि म फाइनल भए।' मुस्कुराउदै उनले सुनाए 'मिडियाले ठुलो सहयोग गरेको छ ।'
प्रेमका कुरा
१ क्लासबाट जम्प गरेर ४ क्लासमा पुगेका लियोले १० कक्षामा पुग्दा सम्म प्रेम गर्ने मौका नै पाएनन्। 'सबै आफु भन्दा ठुला थिए। दिदिहरु जस्ता संग लभ गर्ने कुरा भएन।' उनि मज्जाले हास्दै सुनाउछन 'बल्ल १२ कक्षा पढ्दा लभ पर्यो । तर लामो समय टिकेन। सायद त्यहाँ प्रेम नै थिएन।'
उनको सानो तिनो प्रेम पर्ने अनि ब्रेकअप हुने धेरै भयो । उनले मन देखि प्रेम कसैलाई गरेका छैनन्। 'प्रेमिकालाई गर्ने प्रेम कस्तो हुन्छ भन्ने अनुभुती गर्ने पाएको छैन।' उनले सुनाए ।
आफ्नो आमाको लागि जे पनि गर्न सक्छु। त्यो हो नि त प्रेम। तर कुनै केटीको लागि त्यति गर्न सक्दिन । सायद त्यो अनुभुती नभए सम्म प्रेम हुदैन । उनले हास्दै भने 'प्रेम प्रस्ताव चाइ धेरै आउछ।'
इङ्गलिस फिल्ममा लियो
नेटफ्लिक्समा आउने इङ्गलिस फिल्म पनि उनले गरिसकेका छन्। ठुलो बजेटमा बनेको ‘कर्मा’ नामक फिल्ममा उनि मुख्य भूमिकामा छन्। यसरि ठुलो ठुलो बजेटको राम्रो प्रोजेक्ट गर्न पाउदा आफु निकै खुसि भएको उनले बताए।
विदेशी प्रोजेक्टको व्यवस्थापन एकदम राम्रो हुने उनले सुनाए। तर, नेपालि फिल्म क्षेत्रमा त्यो किसिमको व्यवस्थापन नदेखेकोले आफुलाई दुख लागेको उनले बताए।
लियो स्विस एयरलाइन्सको अफिसियल मोडल हुन्। उनि अडि कारको विज्ञापनका लागि पनि अनुबन्धित भईसकेका छन्। भारतको थियटरमा पनि काम गरिसकेका उनलाई जे जस्तो भए पनि नेपाली फिल्म क्षेत्रमा नै काम गर्न मन पर्छ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved