चिनियाँ फिल्ममाथि ‘मन्डे मुभिज’ मा छलफल

  • News Page
  • Published On: November 18,2014

फिल्मबारे छलफल गराउने उद्देश्यले सोमबार मण्डला थियटरमा मन्डे मुभिज नामक कार्यक्रमको आयोजना गरियो । हरेक सोमबार हुने मन्डे मुभिजमा हरेक महिना एउटा देशका फिल्महरु देखाइनेछन् । त्यसैअन्तर्गत सोमबार चिनियाँ निर्देशक तियान झुवाङ–झुवाङले निर्देशन गरेको फिल्म ‘द ब्यु काइट’प्रर्दशन गरियो । 

दुई घण्टा २० मिनेटको फिल्म प्रदर्शनपछि फिल्ममाथि छलफल समेत गरियो । फिल्म समिक्षक यज्ञश र काठमाडौं अन्तराष्ट्रिय पर्वतारोहण फिल्म महोत्सव निर्देशक रम्यता लिम्बु अन्तरक्रियामा सहभागि भएका थिए । मण्डे मुभिज क्लबले आयोजना गरेको कार्यक्रममा अन्तरक्रिया फिल्मको विषयवस्तु, प्रविधि निर्देशकीय क्षमता र अभिनयमाथि केन्द्रित थियो । 

चिनियाँ निर्देशक तियान झुवाङ–झुवाङले निर्देशन गरेको फिल्म ‘द ब्यु काइट’मा टाइट्यु नामक किशोरको दृष्टिकोणमाथि केन्द्रित छ । बेइजिङमा सन् १९५० देखि ६० को दशकमा हुर्किरहेका टाइट्युले सय फूल अभियान, सांस्कृतिक क्रान्ति र अधिकार विरोध आन्दोलनले गर्दा सुरक्षाको लागि सौतेनी बुबाको सहारामा पुग्नुपर्दाको घटनाक्रम फिल्ममा देखाइएको छ । फिल्ममा पितृसत्ताको श्रृखलालाई प्रस्तुत गरिएको छ । 

चीनमा प्रदर्शनको लागि रोक लगाइएको यस फिल्मले सन् १९९३ को हवाई अन्तराष्ट्रिय फिल्म महोत्सव अन्तर्गत ‘उत्कृष्ट फिल्म’को अवार्ड जित्न सफल भएको थियो । त्यस्तै सन् १९९३ को टोकियो अन्तराष्ट्रिय फिल्म महोत्सव अन्तरगत ग्यान्ड प्रिक्स र उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको थियो । 

फिल्म समिक्षक यज्ञशले फिल्मभित्र सांकेतिक किसिमको भावलाई दृश्य भाषाको माध्यमले प्रयोग भएको जानकारी गराए । ‘यस फिल्ममा सांकेतिक भावहरुको प्रयोग अत्याधिक गरिएको छ । चीनमा फिल्म प्रदर्शनको लागि रोक लगाएपनि निर्देशकले एकै समयमा दुईवटा सर्टलाई खिच्न सफल भएका छन् । फिल्ममा कथा अभिव्यक्त गर्न धेरै शैली अपनाउन सकिन्छ भन्ने कुराको यसमा समावेश गरिएको छ,’उनले भने । 

त्यस्तै काठमाडौं अन्तराष्ट्रिय पर्वतारोहण फिल्म महोत्सव निर्देशक रम्यता लिम्बुले फिल्ममा सामान्य बोलीचालीको भाषा अभिव्यक्त गर्न कठिन हुने बताइन्  ।‘फिल्मको भाषाहरु लेख्न चुनौतीपूर्ण काम हो । म्युजिक, संगीत, संवाद र सांकेतिक भाव र अभिनय शैलीले फिल्म निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । क्रान्तिमाथि फिल्म बनाउँदा सामान्य सांकेतिक भावलाई जोड्न सकियो भने कम खर्चमा राम्रो फिल्म बनाउन सम्भव छ,’उनले भनिन् । 

समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस फिल्म आर्काभका सदस्यहरुले संयुक्त रुपमा मण्डे मुभिज क्लबको स्थापना गरेका हुन् । यसलाई स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले संञ्चालन गरिरहेका छन् । फिल्मसम्बन्धी रुचि राख्ने व्यक्तिहरुलाई क्लबमा सदस्य भएर फिल्ममाथिका विभिन्न छलफलमा गराउन  आयोजक लागि परेको छ । 

‘हरेक सोमबार मन्डे मुभिजमा सहभागि भएर फिल्मका प्राविधिक, कथा, अभिनय र कलाका विभिन्न विषयमा अन्तरक्रिया गर्न सकिनेछ । फिल्मबारे जिज्ञासा राख्नेहरुलाई केन्द्रित गरेर मन्डे मुभिज संञ्चालन भएको हो । सदस्यबाहेकका फिल्ममा रुचि राख्नेहरुले फिल्म हेर्न र छलफलमा सहभागि हुन सक्नेछन् ।  एक महिनाभर एउटा देशका फिल्महरुमाथि कुराकानी हुनेछ,’आयोजककी स्मृति ढुंगानाले भनिन् । वार्षिक रुपमा एक हजार रुपैंया तिरेर ‘मन्डे मुभिज’ मा सदस्य बन्ने सकिनेछ । 

 

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be