शुरु भयो ‘राष्ट्रिय चलचित्र कन्फ्रेन्स’
- सुजन श्रेष्ठ
- Published On: September 13,2019
काठमाडौँ
मानवअधिकार चलचित्र केन्द्रको आयोजना नेपालमा पहिलो पटक ‘राष्ट्रिय चलचित्र कन्फ्रेन्स’ बिहिबारबाट शुरू भएको छ । तीन दिनसम्म चल्ने कन्फ्रेन्समा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।
सो अवसरमा अध्यक्ष भट्टराईले पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा थुप्रै परिवर्तन आएको बताए । ‘सिर्जनशील र व्यवसायलाई मात्र चलचित्र हो ? सिंगो सिर्जनशिलतमा सबै पर्छन् कि पर्दैनन् ? यो विषयमा बहस गरिदिनुहोला । साथै, चलचित्र विधेयक सबैले अध्ययन गरी उचित राय दिन आग्रह छ’, उनले भने ।
यो कन्फरेन्सबाट आगामी दिनमा फिल्मको अध्ययन गर्ने विद्यार्थीहरूका लागि कोर्स अफ स्टडिजमा यो दस्तावेज र उपयोगी कुराहरू राखिनेमा आफू विश्वस्त रहेको बताए ।
काठमाडौं कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कन्फरेन्समा समाजशास्त्रीय दृष्टिमा चलचित्रका बारेमा बोल्दै राजनीतिशास्त्री हरि शर्माले सिनेमा संसारको सुख दुःख, हर्ष र आनन्द एकै ठाउँमा पाइने बताए ।
‘अहिले हातहातमा सिनेमा छ । कन्फाइन्ड स्टेटमा सिनेमा हेर्दा खेरी इमोसन ह्याप्पिनेस एंगरनेश सबै कुरा महससु गर्न पाइन्छ’, शर्मा भन्छन्, ‘ब्ल्याक एण्ड ह्वाइटबाट मल्टी कलर र स्टेरियो भ्वाइसदेखि डिजिटल भ्वाइससम्म आउँदा टेक्नोलोजीमा धेरै विकास भएको छ ।’ उनले सिनेमाले बदलिदो समाजसँगै सेन्स एण्ड सेन्सिबिलिटीलाई कसरी जोड्छ ? भन्ने कुरामा परिवर्तन हुँदै आएको बताए ।
‘दर्शकको दृष्टिकोणमा सिनेमा के हो ? मनोरञ्ननका लागि बनाउने मान्छे सिनेमालाई कुन विषय वस्तुमा बनाउँछ ? सिनेमाले दर्शकको नारी छाम्न सक्नुपर्छ’, शर्माले थपे । शर्माका अनुसार नेपाली सिनेमाले समाजको प्रतिनिधित्व गर्न सकेको छैन । राज्यका लागि सिनेमा पब्लिक प्रोप्रोगाण्डा मात्रै हो । सिनेमाका लागि राज्यले कहिल्यै पनि सहजकर्ताको रूपमा काम नगरेको उनको भनाइ थियो ।
सिनेमा कसरी आत्मनिर्भर हुन्छ भन्ने कुरा आजको आवश्यकता हो । वस्तुस्थितिअनुसार सिनेमा यथार्थवादी हुन सक्छ कि सक्दैन ? यो कथाहरूबाट पर्फेक्ट सिनेमा बनाउन सकिन्छ कि सकिँदैन । सिनेमा बनाउनेले कथा र प्लटको सृजना आफैं गर्न सक्नुपर्ने उनको दाबी छ ।
त्यस्तै, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले व्यावसायिक रूपमा नेपाली चलचित्र शुरुवात भएको ६ दशक भइसको बताइन् । ‘ओस्कार अवार्डका लागि नोमिनेसन हुने फिल्म पनि बनेका छन् । तर, बौद्धिक बहस हुन सकेको छैन । आफ्नो सृजनाको कुरा साटासाट गर्दैनौं । स्क्रिप्टमा नयाँ कुरा ल्याउन सर्जकहरू एकआपसमा बसेर छलफल गर्दैनौं,’ उनले भनिन् । चलचत्रिले बोलेका कुराले समाज परिवर्तन गर्न सक्नुपर्छ भन्ने उनको दाबी छ ।
त्यस्तै, कार्यक्रममा बोल्दै लोकरञ्जन पराजुलीले नेपाल सिनेमाको कसरी शुरुवात भयो भन्नेबारे चर्चा गरे । अनुभव अजित र उज्वल प्रसाईंले नेपाली पञ्चायती सत्ताले राष्ट्रवादको न्यारेटिभ बनाएको थियो र अहिले पनि त्यो न्यारेटिभबाट भाग्न नसकेको बताए ।
त्यस्तै, नेपाली सिनेमा महिलाहरूको प्रस्तुतिकरणमा सम्झना वाग्लेले पञ्चायत काल, प्रजातान्त्रिक काल ,गणातान्त्रिक कालमा नेपाली सिनेमामा महिलाहरूको सहभागिताबारे कार्यपत्र प्रस्तुत गरिन् । नेपाली चलचिमा विविधताको खोजीबारेको प्यानल छलफलमा विश्लेषक सोमत घिमिरे, निर्देशक दिपेन्द्र के खनाल, निर्माता तथा कलाकार दीपकराज गिरी र अभिनेत्री लक्ष्मी बर्देवा सहभागी थिए ।
बिहीबारदेखि शनिबारसम्म हुने कन्फ्रेन्स नेपालमा चलचित्र निर्माण, नेपाली चलचित्रको विभिन्न विषयको चित्रण, तिनको प्रभावबारे अध्येताहरूले लेखेका विभिन्न कार्यपत्रको प्रस्तुति, ती कार्यपत्रमाथि छलफल तथा फिल्मक्षेत्रका जल्दाबल्दा विषयमा छलफल हुनेछ ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved