नेफा मिडिया ग्रुपको ‘नेपाल फिल्म अवार्ड’ घोषणा

  • सुजन श्रेष्ठ
  • Published On: August 01,2019

काठमाडौँ

नेपालमा भएका अधिकांस अवार्डले कलाकार र फिल्मकर्मिको दक्षतालाई सम्मान गर्न नसकेको देख्न सकिन्छ । यसैलाई मध्यनजर गर्दै नेपाली फिल्म क्षेत्रको सबै भन्दा सर्वश्रेष्ठ पपुलर अवार्डको रुपमा नेफा आयोजना हुने भएको छ । बलामी ईनटरटेन्मेन्ट र यस अन्तर्गतको नेफा मिडिया गु्रपले आयोजना गरेको अवार्डमा आगामी दशै पछि हुन लागेको हो ।

नेफाको लागि चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सहकार्य गर्ने भएका छन् । झण्डै २ करोड लगातमा आयोजना हुन लागेको अवार्ड समरोहलाई भव्य र सभ्य बनाउन लागि परेको आयोजक संस्थाका अध्यक्ष समीर बलामीले बताए । नेफा आयोजकले प्रस्तुत गरेको कार्यविधीमा अवार्ड नेपालको लागि अहिले सम्मकै प्रतिक्षित रहेको बताइएको छ ।

नेपाली कला, संस्कृतीलाई मौलीकतामा झल्को आउने गरि प्रस्तुत गर्दै नेपाली फिल्मको प्रचार प्रसार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई मूख्य उद्देश्य बनाएर नेफा काठमाडौंमा भव्य रुपमा हुन गईरहेको छ । २१ जना फिल्म पत्रकारहरुको समूहले यो अवार्डको मोडल तयार पारेको हो । 

68427199_671951646653879_1631747673063161856_n

स्वदेश र विदेशमा आवश्यकता र समयानुकुल यो अवार्ड आयोजना हुनेछ । स्वदेशमा यो अवार्ड संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकारवाला संघ संस्थाहरुको समन्वयमा विभिन्न प्रदेशहरुमा आयोजना गरिने आयोजकले कार्यविधीमा प्रस्तुत गरेका छन् । ५ विधा नेपाली फिल्मलाई माया गर्ने दर्शकहरुको भोटिङको आधारमा राखिएको छ । यस्तै १४ वटा विधा निर्णायकको अधिकारको आधारमा राखिएको छ । नेपाली फिल्मप्रति समर्पित एक स्रष्टा, सर्जक वा फिल्मकर्मीलाई आयोजकको निर्णयबाट लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

हरेक ट्रफीमा कम्तीमा ३५ तोलादेखि र बढिमा ५० तोलासम्म चाँदी समावेश भएको हुनेछ । लाईफ टाईम एचिभमेन्ट अवार्डमा भन्ने एक तोला सुन र नगद १ लाख ११ हजार १ सय एघार रुपैयाँ राखिएको छ । यस अवार्डमा एउटा उत्कृष्ट फिल्म बन्नको लागि नभई नहुने विधा र नेपाली दर्शकसँग प्रत्यक्ष परिचित हुने विधाहरु मात्र समावेश गरिएको छ । पपुलर अवार्ड तर्फ फिल्म, एक्टर, एक्ट्रैस, सिंगर मेल र सिंगर फिमेल रहेका छन् । यस्तै बेष्ट अवार्ड तर्फ फिल्म, डिरेक्टर, एक्टर, एक्ट्रैस, डेब्यु डिरेक्टर, डेब्यु एक्टर, डेब्यु एक्ट्रैस, सपोर्टिङ क्यारेक्टर, एडिटर, साउण्ड डिजाईन, स्क्रिनप्ले, सिनेमाटोग्राफर, कम्पोजर र आदिवासी जनजाति फिल्म रहने बताइएको छ ।

पहिलो संस्करणको निर्णायक समितिमा निर्माता/निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक/कलाकार अनुप बराल छन् ।

५० लाख लागतमा सेट लगाएर काठमाडौँमै भव्य रुपमा आयोजना गरिने अवार्डमा नेपाल सरकारका उच्च प्रतिनिधि उपस्थिति रहने बताइएको छ । अवार्ड वितरण, नेपाली कला-संस्कृति विशेष प्रस्तुतिसहित सम्पन्न हुने समारोहलाई पूर्ण मनोरंजनसहितको ग्ल्यामर नाइट व्याख्या गरिएको छ ।

नेफा अवार्ड समारोहको लागत स्वेदशमा कम्तीमा २ करोड र विदेशमा ५ करोड रहने बताइएको छ । अवार्ड समारोहमा ८० जना भन्दा बढि स्वयमसेवक तथा सेकुरीटी र ईन्टरनेट सुविधा रहने पनि आयोजकले जनाएको छ । सिसि क्यामरा जडान सहितको कार्यक्रम स्थल आउत जावतमा नोमिनिज कलाकारहरु, बरिष्ठ कलाकारहरु र पर्फमरहरुलाई यातायातको सुविधा आयोजकले उपलब्ध गराइने बताइएको छ । स्वदेशी तथा विदेशी गरि झण्डै १० हजार दर्शक यो समारोहमा सहभागी गराउने आयोजकले लक्ष्य राखेको छ ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be