ज जसले आत्महत्याको बाटो रोजे
- News Page
- Published On: November 10,2014
चलचित्र निर्देशक आलोक नेम्वाङको आत्महत्यापछि नेपाली चलचित्र क्षेत्रमा विभिन्न खाले बहस सुरु भएको छ । चलचित्रकर्मीहरू आलोकको आत्महत्याको कारण फरक–फरक अनुमान गरिरहेका छन् ।धेरैले उनलाई एक्लोपनको कारण आत्महत्याको बाटो रोजेको बताएका छन । कतिपयले भने शारीरिक संरचनाको कमजोरीका कारण आत्महत्या गरेको अनुमान लगाएका छन् । ४३ वर्षको उमेरमा पनि विवाहको चाहना नदेखाउनुले पनि उनी जीवनदेखि निराश थिए भन्ने केही सहकर्मीहरूको विश्लेषण छ । कुकुर र बिरालोलाई सन्तानका रूपमा पाल्दै आएका आलोकले केही समययता आफ्ना साथीहरूलाई अब धेरै बाँच्दिनँ भन्ने गर्थे । आत्महत्यापछि भेटिएको उनको ‘सुसाइट नोट’ ले पनि यही कुरा पुष्टि गर्छ । तर, उनले किन आत्महत्या गरे भन्नेबारे प्रहरीको अनुसन्धान जारी छ । यद्यपि, आलोकको आत्महत्या नै नेपाली चलचित्र तथा गीत–संगीत क्षेत्रका लागि पहिलो भने होइन ।
नेम्वाङ अघि उनकै जस्तो निराशाको सिकार भएर निर्देशक ज्ञानेन्द्र देउजाले पनि आत्महत्याको बाटो रोजेका थिए । आत्महत्याको कोसिस गरेका देउजालाई समयमै अस्पताल पु¥याइएकाले दुर्घटना भने हुन पाएन । नेम्वाङलाई पनि समयमै मनोविश्लेषकद्वारा परामर्श दिइएको भए सायद यस्तो अवस्था आउने थिएन भन्ने अधिकांश चलचित्रकर्मीहरूको भनाइ छ ।नेपाली सिने तथा गीत–संगीत क्षेत्रमा यस्ता घटना पहिले पनि धेरै भइसकेका छन् । त्यसो त हलिउड र बलिउडमा पनि धेरै चर्चित कलाकारले आत्महत्याको बाटो राजेर यो धर्ती छाडेका छन् । हलिउडका चर्चित कलाकार रोबिन विलियम्स, मार्लिन मुनरो, विश्वप्रख्यात पपगायक माइकल ज्याक्सनको मृत्युलाई पनि चिकित्सकहरूले आत्महत्या नै मानेका छन् । बलिउड अभिनेत्री दिव्या भारती, जिया खान, पार्विन बबी, दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिता लगायतले पनि यही मार्ग अपनाएर जीवनलीला समाप्त पारेका थिए ।
तस्बिरमा क्रमशः आत्महत्या गरेका अभिनेत्रीद्धय जेसिका खड्का, श्रीषा कार्की र गायिका योगिता मोत्तान ।
अन्तर्राष्ट्रिय जगत्मा लोकप्रियताको उच्च शिखरमा रहेका बेला उनीहरूले लागू पदार्थको सेवनलगायत अन्य कारणले आत्महत्याको बाटो रोजेका थिए । ती कलाकारका निजी चिकित्सकका अनुसार यी सबै मानसिक रोगका सिकार भएका थिए । करिब दुई दशकअघि अभिनेत्री गीताञ्जली सुनारले पनि आत्महत्या गरिन् ।
निर्माता छविराज ओझाकी दोस्री श्रीमती गीताञ्जलीको मृत्यु अझै रहस्य नै बनेको छ । ओझाले नै निर्माण गरेको चलचित्र नाताबाट गीताञ्जलीले अभिनेत्रीको रूपमा सिनेयात्रा थालेकी थिइन् । त्यतिबेलै नेपाली चलचित्र क्षेत्रमा शिलु, पछ्यौरी लगायतका चलचित्रमा अभिनय गरेकी नवीना केसीको मृत्यु भयो । जसलाई पनि आत्महत्या भनियो । जुन रहस्य अहिलेसम्म खुलेको छैन ।
१२ वर्षअघि अर्की अभिनेत्री श्रीषा कार्कीले पनि आत्महत्या गरिन् । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी कार्कीको आत्महत्याको कारण पत्रिकामा छापिएको उनको नग्न तस्बिर मानियो । सो आत्महत्याले सिंगो नेपाली चलचित्र आन्दोलित बन्यो । तर, वास्तविकता कहिल्यै बाहिर आएन । पत्रिकामा छापिएको नग्न तस्बिरकै कारण श्रीषाले आत्महत्या गरेको आधार कहीँबाट पुष्टि भएन ।
यस्तै, यौन भिडियो बाहिर आएपछि त्यसको सिकार भएकी अर्की कलाकार थिइन जेसिका खड्का । तीन वर्षअघि उनले विष सेवन गरी आत्महत्याको मार्ग रोजिन् । उनको आत्महत्याको कारण यौन भिडियो मानियो । सोही भिडियोका कारण मानसिक तनावले उनले आत्महत्या गरेको त्यतिबेला चलचित्रकर्मीले विश्लेषण गरे । आत्महत्या गर्नुअघि अभिनेत्री खड्का पनि मानसिक समस्यामा थिइन् ।
नेपाली गायन क्षेत्र पनि आत्महत्याको रोगबाट मुक्त छैन । पपगायक कुल पोखरेल, आधुनिक गायक सुदेश खवास, लोक–पप गायिका योगिता मोक्तानले पनि आत्यहत्या नै गरेका हुन् । यसरी यौनको सिकार, एक्लोपन, लागूऔषध सेवन र उच्च महत्वकांक्षा पूरा नहुँदा कलाकारहरूले आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ ।
राजधानी दैनिक, डब्बु क्षेत्री
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved