शुक्रवार मात्र फिल्म प्रदर्शन गर्ने प्रावधान लागू गर्न निर्माता संघको अपिल

  • सुजन श्रेष्ठ
  • Published On: June 04,2019

काठमाडौँ

बलिउड फिल्म ‘भारत’लाई बुधबार नै नेपालमा रिलिज गर्न अदालतले अन्तरीम आदेश दिएको छ। बुधबार नै गरि पाउँ भनेर वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले जिल्ला अदालत, काठमाडौँमा मुद्दा दायर गरेपछि अदालतले वितरण कम्पनीको पक्षमा फैसला गरेको छ। 

अब बिदेशी फिल्म शुक्रबार बाहेको पनि रिलिन हुने बाटो खुलेको छ। यसको प्रत्यक्ष असर रिलिज भईरहेका नेपाली फिल्ममा परेको छ। ‘जात्रै जात्रा’को शो आधा घटेको छ भने हलमा चलिरहेको फिल्म ‘कुम्भ करण’ ५ दिनमात्र मल्टिप्लेक्समा चल्न पाएको छ । नेपाली फिल्मलाई पाखा लगाउँदे वितरकले यस्ता खालका प्रवृत्ती देखाउँदै आएको यो पहिलो पटक भने होइन।

61693146_2079745405651809_3145307488341983232_n

यता चलचित्र निर्माता संघले विज्ञप्ती जारी गर्दै वितरकहरुले जुनसुकै बार विदेशी चलचित्र रिलिज गर्न लागेको भन्दै गम्भीर ध्यानाकर्ष भएको प्रस्तुत गरेको छ। संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘नेपालका चारवटा ठूला चाडपर्व(दशै, तिहार, तिज र नयाँ बर्ष) का निश्चित बिदाका दिन बाहेक अन्य मितिमा अनिवार्य रुपमा चलचित्र शुक्रबार मात्र प्रदर्शन गरिनुपर्ने नियम र पद्धती रही सोही अनुसार चलचित्र प्रदर्शन हुँदै आएकोमा केही दिनयता नेपाल चलचित्र संघका सदस्यबाट चलचित्रको प्रदर्शनलाई असरपार्ने मनसायबाट एक विदेशी चलचित्र उल्लेखित पद्धती र प्रावधानको विपरित शुक्रबार अगावै प्रदर्शन गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरेको सुन्नमा आएको हुँदा यसमा संघको गम्भिर ध्यानाकर्षण भएको छ । चलचित्रको प्रदर्शनलाई आफ्नै प्रक्रिया र पद्धतीबाट व्यवस्थित गर्नुको ध्येय विशुद्ध रूपमा स्वदेशी चलचित्रलाई पहिलो प्राथमिक्तामा राखी कुनैपनि भाषाका चलचित्रहरूलाई सर्वसुलभ रूपमा प्रदर्शन हुने पद्धती र परिपाटीको विकास गर्र्नु रहेको हुँदा नेपाल चलचित्र निर्माता संघ सम्पूर्ण सरोकारवाला निकाय र सम्बन्धित पक्ष समक्ष शुक्रवार मात्र चलचित्र प्रदर्शन गरिनुपर्ने प्रावधान लागू गराउन जोडदार अपिल गर्दै ध्यानाकर्ष गराउदछ ।

निर्माता संघले वार्ता र छलफलका लागि सधै तयार भएको समेत स्पष्ट पारेको छ ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be