‘मेरो लागि फिल्म हेर्ने दर्शक छन्’ : जिवन लुइँटेल
- News Page
- Published On: November 03,2014
उत्सव रसाईली
जिवन लुइँटेल अहिलेका चल्तापुर्जा अभिनेता हुन् । सन् २००२ मा सम्पन्न मिस्टर नेपालको उपाधी चुमेपछि जिवन टेलिभिजन जक्की, मोडलिङ हुँदै नेपाली फिल्ममा प्रवेश भएका थिए । जिवनले पहिलो पटक अभिनय गरेको भिडियो फिल्म ‘तिर्खा’ हो । जिवनले हालसम्म दुई दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेका छन् ।
जिवन अभिनित पछिल्लो फिल्म ‘स्टुपिड मन’ दोश्रो सातामा प्रदर्शनरत छ । यो फिल्मले हलमा दर्शक र समिक्षाकको प्रतिक्रिया समेत राम्रो पाइरहेको छ । फिल्म प्रदर्शन पुर्व अभिनेता जिवन लुइँटेलसँग गरिएको कुराकानीलाई प्रस्तुत गरिएको छ ।
एउटा कलाकारको सफलताको मापन कसरी गर्ने ?
कलाकारको करिअर उठानमा उसले गरेका कामको प्रतिफल राम्रो नै हुनुपर्छ । राम्रो प्रतिफल पाउनुको मतलब उसको चर्चा र परिचर्चा हो । दर्शलाई राम्रो फिल्म खेल्छु भन्ने भान हुनुपर्यो । क्रिटिक्स, मिडिया मात्रै नभएर समाज सामु पनि राम्रो प्रभाव पार्नु पर्यो । व्यस्तता र सफलता एउटा कलाकारको लागि करिअर मापन गर्ने कुरा हो ।
तपाइको फिल्मी यात्रा कसरी अगाडी बढिरहेको छ ?
फिल्म क्षेत्रको रथ एउटै मात्र घोडाले तानिरहेको छैन । यहाँ रथ तान्ने घोडाहरु धेरै छन् र सबै जना आ आफ्नै गतिमा चलिरहेका छन् । गति कम हुँदैमा असफल भयो भन्ने होइन । फिल्म खेल्ने क्रममा कहिले सफल हुन्छ कहिले असफल । त्यसैले कहिले सफलताको बाटोमा हिडिन्छ, कहिले असफलतालाई आत्मसाथ गर्दै अनुसाशित ढंगले अगाडी बढिन्छ । फिल्म असफल हुने वित्तिकैको उसको करिअरै सबै डुव्यो भन्ने होइन । एउटा फिल्म सफल हुनुमा एउटा कलाकारको मात्रै हात हुँदैन् । एउटा फिल्म फल्प हुँदैमा फलानो हिरो हिरोइन फल्प भयो भन्नुले त्यति अर्थ राख्दैन । एउटा एक्टरको ११ वटा फिल्म फल्प भएपनि १२ औं फिल्म हिट हुँदा ऊ रातारात सुपरस्टार बन्न सक्छ । कलाकारको हकमा दुई वटा फिल्म फल्प हुँदैमा ऊ गयो या दुईटा फिल्म हिट हुँदैमा ऊ चरमचुलीमा गयो भन्ने हुँदैन । चरमचुलीमा पुग्न सजिलो होला तर चुलीलाई बचाएर राख्न गाह्रो छ । कहिले तल झरिन्छ कहिले माथि गइन्छ यो क्रम रहि रहन्छ ।
आफुलाई कुन स्थानमा उभ्याउनु हुन्छ ?
यो स्थान भनेर मैंले हिजोको दिनमा पनि उभ्याइन, आज पनि उभ्याउदिंन र भोलीको दिनमा पनि उभ्याउने छैन । बक्स अफिसमा असफल भएका फिल्मका संख्या मेरो कमै होला । बम्परै नभएपनि प्रोड्युसरलाई सुरक्षित गराएका मेरा फिल्महरु धेरै छन् ।
जिवन लुइँटेलको लागि नै भनेर फिल्म आउने कति होलान् ?
मलाई मात्रै हेर्न दर्शक आउँछन् भन्ने पनि छैन । अहिले कलाकारको लागि मात्रै भनेर फिल्म हेर्न जाने जमाना पनि छैन । यो निर्देशक र यो संगीतकार भनेर पनि फिल्म हेर्न जाने जमाना छ । सँगै पोस्टरमा फोटो देखेर फलानो हिरोको फिल्म हेर्नुपर्छ भन्ने पनि छ । जिवन लुइँटेलको फिल्म हेर्नुपर्छ भन्ने दर्शक पनि छन् नभएका होइनन् ।
तपाइँ चतुर हुनुहुन्छ रे नि ?
म साहित्य प्रेमी मान्छे हुँ । । मलाई जुन ट्याग लागेको छ यसलाई म सहर्ष स्विकार गर्छु । राम्रो बोल्ने प्रयास गर्छु । अनुसाशित तवरले फिल्ममा लागिरहेको छु । फिल्मको सपना देखेर फिल्म क्षेत्रमा आएको हुँ । मेरो सपना विपना, ईच्छा उद्धेश्य जे भनेपनि फिल्म नै हो । विदेशमा पनि फिल्मको बजार विस्तार गर्नमा सहयोग पुर्याइरहेको छु ।
‘स्टुपिड मन’ कस्तो छ ?
फिल्म राम्रो बनेको छ । एउटा राम्रो फिल्म बन्न धेरै कुराहरु जोडिएको हुन्छ । त्यो कुरा फिल्म ‘स्टुपिड मन’ मा सबै छ । यसको लोकेशन, गीतसंगीत, पटकथा राम्रो छ । यो फिल्मले नेपाली फिल्मले पनि यस्तो बन्दो रैछ भन्ने देखाउँछ । यो फिल्म कर्मसियल्ली पनि एउटा फुल प्याकेज हो ।
फिल्म कहिले निर्माण गर्ने ?
समय लाग्छ । मलाई फिल्म खेल्न चारैतिरबाट प्रस्ताव आइरहेको छ । त्यसकारण तत्काल फिल्म बनाउने योजना छैन । जति खारियो त्यति राम्रो हुन्छ जस्तो लाग्छ । यही क्षेत्रमा छु, ढिलो चाँढो फिल्म बनाउँछु ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved