महंगो बजेटमा भारतियले बनाए ‘बाग्मती’
- News Page
- Published On: November 01,2014
पहिलोपटक दक्षिण भारतिय फिल्म फिल्ममेकरले ले नेपाली फिल्म ‘बागमती’ बनाएका छन् । दक्षिण भारतीय फिल्मका निर्देशक सन्नी ९केरला० को लेखन तथा निर्देशन रहेको ‘बागमती’ को शनिबार राजधानीमा इन्ड क्ल्याप गरिएको हो ।
ट्रि इन्टरटेन्मेन्ट प्रा। लि। को ब्यानरमा निर्माण भएको ‘बागमती दि रिभ्युलेशनरी मूभी’ को छायांकन ४५ दिन लगाएर सकिएको कार्यक्रममा बताइयो । यस फिल्ममा राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला र केकी अधिकारीको मुख्य अभिनय रहेको छ । नवप्रतिभाका रुपमा भने रविकार घिमिरे र श्रेया कार्कीको अभिनय रहेको छ ।
नेपाली फिल्म क्षेत्रमा अहिलेसम्मकै महंगो बजेटमा यस फिल्मको निर्माण भएको प्रस्तुतकर्ता विजय सत्यालले कार्यक्रममा दाबी गरे । ‘चलचित्रको पुरा काम नसकिएकाले फिल्मको पुर्ण लागत खर्च अहिले नै भन्न सकिँदैन ’, सत्यालले भने– ‘तर यति नेपाली फिल्महरु दुई करोड सम्ममा बनेका छन् भने हाम्रो लागत त्यो भन्दा पनि माथि हो । ’ ‘बागमती’ अहिलेसम्मकै सर्वाधिक लागतमा बनेको नेपाली फिल्म बन्ने उनको भनाईको आशय थियो ।
यस फिल्ममा छायाँकार र अन्य प्राविधिकहरु पनि दक्षिण भारतबाटै ल्याइएका हुन् । फिल्मको सुटिङमा चाहिने क्यामेरा, लेन्स, ट्रली लगायतका प्राविधिक सामग्री पनि दक्षिण भारतबाटै मगाइएको हो’, फिल्मका अर्का प्रस्तुतकर्ता दिनेश दर्शनधारीले बताए ।
बागमती ‘डकुमेन्ट्री’ हो भन्ने भ्रम पनि बजारमा फैलिएको छ । ‘तर यसले एउटा बागमतीझै पवित्र पात्रको कथा बोलेको छ जो समय र परिवेशका कारण विकृत र विसंगतयुक्त हुन पुगेतापनि आफ्नो उद्धेश्यमा सधै पवित्र नै हुन्छ ’, कार्यक्रममा सहभागी फिल्मको मुख्य कलाकार राजेश हमालले भने । उनले यस चलचित्रमा ‘बागमती’ लाई ‘मेटाफोर’ को रुपमा प्रयोग गरिएको पनि स्पष्ट पारे ।
यता फिल्मकी नायिका केकी अधिकारीले दक्षिण भारतीय चलचित्रका फिल्ममेकरहरुसंग काम गर्न पाउनु आफ्नो लागी गौरवको कुरा रहेको बताइन् । ‘शुरुमा नेपाली भाषा पनि बोल्न नजान्नेले कसरी निर्देशन गर्नुहोला भन्ने लाग्थ्यो’, उनले भनिन्– ‘तर वँहाको कार्यशैली देखेपछि विश्वमा धेरै भाषा भएपनि फिल्मको एउटै भाषा हुँदोरहेछ भन्नेमा म विश्वस्त भए ।’
यसैगरी निर्देशक सन्नीले नेपाली दर्शकहरुलाई बुझेर आफुले चलचित्र बनाउने प्रयास गरेको बताए । ‘नेपाली कलाकारहरु ट्यालेन्ट हुन्छन भन्ने सुनेको थिए तर यो चलचित्रमा काम गर्न पाएपछि विश्वस्त भए’, उनले सुनाए ।
दक्षिण भारतीय चलचित्रका छायांकर सिजु गुरुभयुरले खिचेको यस चलचित्र पूर्ण मनोरञ्जनात्मक, पारिवारिक र सन्देशमूलक रहने बताइएको छ । यशोदा राई, सुवर्ण महर्जन, अन्जना भारी सत्याल, सरस्वती दर्शनधारी र आयुसा दर्शनधारीको यस चलचित्रमा सँयुक्त लगानी रहेको छ ।
पछिल्लो समय विश्वकै ठूलो सिनेमा उद्योग बलिउडले पनि दक्षिण भारतीय सिनेमाको अनुशरण गर्दै आइरहेको छ । त्यसैले पनि माघे संक्रान्तिको अवसरमा प्रदशर्न गर्ने लक्ष्य राखिएको यस चलचित्र प्रतिक्षित बनेको छ ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved