'द भ्वाइस अफ नेपाल सिजन–२' को डिजिटल अडिसनको समय अब एक सातामात्र
- सुजन श्रेष्ठ
- Published On: March 18,2019
काठमाडौँ
द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गते सकिने भएको छ ।
हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा अहिलेसम्म झण्डै १० हजार प्रतिभाहरुले आफ्नो आवाजबाट पहिचान बनाउने उद्देश्यसहित अडिसन दिइसकेका छन् ।
देश बिदेशमा रहेका प्रतिभाहरुले सिजन २ मा सहभागिताका लागि द भ्वाइस अफ नेपालको मोबाइल एप डाउनलोड गरी गीत रेकर्ड गरेर अडिसन दिन सक्नेछन् । एपमार्फत् अडिसन दिन असमर्थ प्रतिभाहरुले फेसबुक वा भाइबरजस्ता म्यासेजिङ एपमार्फत् पनि आफ्नो स्वर रेकर्ड गरी पठाएर अडिसनमा सहभागिता जनाउन सक्नेछन् ।
अडिसनलाई सहज र सर्वसुलभ बनाउन यसपटकदेखि सामाजिक सञ्जालमार्फत् पनि आफ्नो स्वर पठाउन सकिने ब्यबस्था गरिएको द भ्वाइस अफ नेपालका निर्देशक एवं निर्माता लक्ष्मण पौडेलले जानकारी दिनुभयो । मोबाइल फोन वा इन्टरनेटको पहुँचमा नभएका प्रतिभाहरुले फोन गरेर पनि भ्वाइस निर्माण टीमलाई आफ्नो आवाज सुनाई सहभागी हुन सक्नेछन् ।
डिजिटल अडिसन दिने तरिका –
एपमार्फत् – द भ्वाइस अफ नेपालको मोबाइल एप डाउनलोड गरी फर्म भर्नुहोस् र आफ्नो स्वर रेकर्ड गरी पठाउनुहोस्।
फेसबुकमा– आफ्नो आवाज रेकर्ड गरी द भ्वाइस अफ नेपालको भेरिफाइड फेसबुक पेज https://www.facebook.com/TheVoiceofNepal.official/मा पठाउनुहोस् ।
भाइबरमा– आफ्नो आवाज रेकर्ड गरी भाइबरमार्फत् 9823614185 नम्बरमा पठाउनुहोस् ।
टेलिफोनमा– यदि तपाईँले आफ्नो नजिक रहेका प्रतिभाहरुलाई द भ्वाइस अफ नेपालको अडिसनमा सहभागी गराउन चहानुहुन्छ र त्यस्तो प्रतिभा इन्टरनेटको पहुँचमा हुनुहुन्न भने हामीलाई सिधै कल गरी त्यसको जानकारी गराउनुहोस् त्यसका लागि हाम्रो नम्बर रहेको छ –9823614185
पहिलो सिजनमा दर्शकहरुबाट पाएको अपार माया र सुझावलाई ख्याल गर्दै दोस्रो सिजनमा धेरैभन्दा धेरै प्रतिभाहरुको सहभागिताका लागि डिजिटल अडिसनको प्रक्रियालाई सहज बनाइएको निर्देशक पौडेलले बताउनुभयो ।
जुनसुकै माध्यमबाट प्राप्त भएका स्वरहरुको परिक्षणपश्चात छानिएका प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा सहभागिता जनाउन पाउनेछन् । द भ्वाइसको फर्म्याटअनुसार कोचहरूको कुर्सी घुमेसँगै प्रतिभाहरुको भाग्य पनि बदलिनेछ ।
यही असारबाट प्रसारण सुरु हुने दोस्रो सिजनलाई हिमालय टेलिभिजन एचडी प्रसारण गर्नेछ । भ्वाइसजस्तो बिश्वको नम्बर एक गायन रियालिटी सो प्रसारण गर्न पाउनु हिमालय टीभीका लागि महत्वपूर्ण जिम्मेवारी र अवसर रहेको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताउनुभयो ।
पहिलो सिजनको तुलनामा सबै पक्षलाई मजबुद बनाउने गरी टेलिभिजन र उत्पादक टीमले गृहकार्य गरिरहेको निर्देशक कँडेलले जानकारी दिनुभयो ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved