नेपाल चलचित्र निर्माता संघको १५ औ बार्षिक साधारण सभा समापन
- सुजन श्रेष्ठ
- Published On: March 17,2019
काठमाडौँ
नेपाल चलचित्र निर्माता संघको १५ औ बार्षिक साधारण सभा समापन भएको छ। चलचित्र विकास वोर्डमा शनिबार भएको कार्यक्रममा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटा तथा उधोग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाल चलचित्र निर्माता संघ तथा अध्यक्ष आकाश अधिकारिको खुलेर तरिफ गरे।
यस दुई वर्षमा अधिकारीले सेवामुलक यस नेपाल चलचित्र उधोगलाई संचार उधोगमा राख्नका लागि गरेको प्रयास, बिभिन्न मुलुकमा रहेका नेपाली दुतावास मार्फत नेपाली सिनेमाको अन्तरास्ट्रिय चलचित्र हहोत्सव, २०७६ चैत्र ३ गतेदेखी लागुगरेको चलचित्र प्रोजेक्ट बिमा, भारतमा गरिने नेपाली सिनेमाको सेन्सर सिक्किमा गरियोस, बिदेशी सिनेमलाई कोटा सिस्टममा मात्र भित्र्याइयोस, प्रत्यक हलमा कम्तिमा २०० दीन नेपाली सिनेमा प्रदर्शन होस, बक्स अफिसको ससक्त पूर्ण नीति, कानुन ल्याइ उपत्यका बहिर पनि यथासिघ्र बक्स अफिस लगाइयोस, चलचित्र निर्माण, प्रदर्शन तथा चलचित्र घरका लागि दोस्रो तथा तेस्रो मुलुकबाट आयात गरिने सम्पूर्ण प्रबिधि तथा उपकरणमा भन्सार सहुलियत तथा छुटको ब्यवस्था होस, नगर तथा गाउँपालिका मा रहेका चलचित्र भवनको स्तर बृद्दीका लागि आर्थिक सहयोग होस, तथा कला, सस्कृति, भाषा, भेषभुषाको शंरक्षण गर्ने र पर्यटन प्रवर्धन गर्ने खलका चलचित्रलाई अर्थिक सहयोग (Grant) को व्यवस्था तथा चलचित्र नीति यथासिघ्र लागुगर्नु पर्ने जस्ता बिषयलाई संघका अध्यक्ष अधिकारीले स्पस्ट रुपमा प्रस्तुत गरेका थिए।
यसै विषयमाथि बोल्दै उधोग बाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले चलचित्र क्षेत्रको उत्थानका लागि चलचित्र निर्माताहरूको छाता संघठन निर्माता संघलाई साथ दिन महासंघ सधैं तत्पर रहेको बताए । अधिकारीको अनुभव र भिजनको तारिफ गर्दै परीमार्जित र पुन: निर्माण भई रहेका नीति, ऐन, कानुनमा चलचित्र क्षेत्रलाई समावेस गर्दै सबैकुरा लागु गर्न र सहयोग गर्ने बाचा गरे ।
निर्माता संघका सल्लाहाकार रमेश एम.के पौडेलले यस संघ तथा चलचित्र क्षेत्रको श्री ब्रिद्धीको हितका लागि नगद रु २००,००० (दुइ लाख) संघलाई सहयोग गरेका छन् । पौडेललाई सम्मान पत्र दिदै गर्दा मन्त्री बास्कोटाले भने: संघ-संथा बाचाउनु भनेको त्यस क्षेत्रको प्रगति हुनु हो भन्दै धन्यवाद दिएका थिए । साथै अध्यक्ष अधिकारीले पनि पौडेललाई बिशेष धन्यवाद दिएका थिए ।
कार्यक्रममा धेरै निर्माता-निर्देशक भने अनुपस्थित थिए । चुनावमा फुर्सद हुने तर साधारण सभामा नहुने भन्दै कार्यक्रममा आलोचना समेत भएको थियो । कार्यक्रममै निर्देशक किश्वर राणालाइ सम्मान गरीएको थियो । 'मनले मनलाई छुन्छ' चलचित्रले स्थापना गरेको शिव रेग्मी स्मृति चलचित्र पुरस्कार द्वारा राणालाइ सम्मान गरीएको हो।
निर्माता संघका महासचिव रोज राणाले कार्यक्रम संचालन गरेका थिए भने बरिस्ठ उपाधक्ष्य केशव भट्टराइले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा चलचित्र बिकास वोर्ड र नेपाल चलचित्र निर्माता संघका निवर्तमान अधक्ष्य राजकुरा राइ र सांसद उमेश जंग रायमाझीले शुभकामना दिएका थिए ।
यस्तै, दुइटा एक भएको संस्था बाट उपाधक्ष्यमा उदय सुब्बा र सदस्यहरुमा बिमल पौडेल, दिल श्रेष्ठ र किसन पोखरेल नियुक्त भएका छन् । कार्यसमिति र संघका साधारण सदस्यहरु तत्काल लागु भएको चलचित्र प्रोजेक्ट बिमा बाट हर्षित भएका छन् ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved