नेपाल चलचित्र निर्माता संघ र विभाजित चलचित्र निर्माता संघ नेपालको एकीकरण

  • सुजन श्रेष्ठ
  • Published On: March 13,2019

काठमाडौँ

नेपाली चलचित्र उद्योगको छाता संगठनको रूपमा रहेको नेपाल चलचित्र निर्माता संघ र विभाजित अवस्थामा रहेको चलचित्र निर्माता संघ नेपाल विधिवत रूपमा एकीकरणको प्रक्रिया पुरा भएको छ ।

नेपाली चलचित्र उद्योगको सर्वांगीण विकासलाई मार्गप्रशस्त गर्ने दिशामा यो एक ऐतिहासिक दस्तावेजका रूपमा इतिहासमा दर्ज हुने र विगतका तमाम असमझदारीहरूको अन्त्य हुने निर्माता संघको विश्वास रहेको छ । नेपाल चलचित्र निर्माता संघ र विभाजित अवस्थामा रहेको चलचित्र निर्माता संघ नेपाल बीच ९ बुँदे सहमति गरिएको छ ।

54211645_359676861555627_1385664953448398848_n (1)

९ बुँदे सहमति यस्तो छ,
१. यस सहमति मार्फत नेपाल चलचित्र निर्माता संघ र चलचित्र निर्माता संघ नेपालबीच ऐतिहासिक एकीकरण सम्पन्न भएको छ । यसलाई आजकै मितिदेखि लागू हुनेगरी बैधानिक्ता प्रदान गरिएको छ ।
२. नेपाल चलचित्र निर्माता संघको मिति २०७५ साल चैत्र २ गते शनिवार सम्पन्न हुने १५औं वार्षिक साधारण सभा अगावै चलचित्र निर्माता संघ नेपालको दर्ता खारेजी गरिने छ ।
३. चलचित्र निर्माता संघ नेपालले तोेकेको ३ जना व्यक्तिलाई नेपाल चलचित्र निर्माता संघको विधान अनुसार कार्यसमिति सदस्य पदमा मनोनीत गरिने छ ।साथै, चलचित्र निर्माता संघ नेपालले तोकेको अर्को २ जना व्यक्तिलाई नेपाल चलचित्र निर्माता संघ विधान अनुसार वरिष्ठ उपाध्यक्ष सहित १ उपाध्यक्ष पदमा मनोनीत गरिने छ ।
४. राष्ट्रिय चलचित्र नीति २०७१ लाई कार्यान्वयन गराउनका लागि प्रतिवद्धभई पहल गरिने छ ।
५. बक्स अफिस कार्यान्वयनमा जोड दिइने छ ।
६. चलचित्र निर्माताले सिनेमा भवनबाट ६०% शेयर पाउने वातावरण तयार पार्न पहल गर्ने ।
७. चलचित्र निर्माताहरूले भुक्तानी गर्दै आएको सर्वर शुल्क शत प्रतिशत मिनाहा गराउन उचित पहलीकदम चाल्ने ।
८. आजको मितिबाट सम्पूर्ण कामकारवाही नेपाल चलचित्र निर्माता संघको छातामुनी रहने गरी सम्पूर्ण निर्माताहरूलाई गोलबन्द गरिने छ ।
९. नेपाल चलचित्र निर्माता संघको विधानमा भएको व्यवस्थालाई समयानुकूल संशोधन गरिने छ ।

53786889_414275942658637_3786893559899095040_n

यस्तो सहमति पश्चात नेपाल चलचित्र निर्माता संघका अधक्ष आकाश अधिकारीले फुटेर होइन जुटेर अघि बढ्ने बताए । उनले भने "मेरो कार्यकाल अगावै घरबाट बहिरिनु भयका परिवारलाई मेरो कार्यकालमा पुन: घर भित्र (चलचित्र निर्माताहरुको छाता संघठन, “नेपाल चलचित्र निर्माता संघ”) मा स्वागत गर्न पाउँदा निकै हर्सित छु।"

 54522862_2278863692385672_8224664446862098432_n 53597374_317433175629342_7064589798777815040_n


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be