‘पर्फेक्ट प्याकेज स्टुपिड मन’ : निर्देशक भट्टराई
- News Page
- Published On: October 22,2014
उत्सव रसाईली
केही वर्ष पहिले राजेश हमाल र रेखा थापा जस्ता स्टार कलाकार लिएर युवा निर्देशक दिवाकर भट्टराईले ‘मेरो जीवनसाथी’ नामक फिल्म निर्देशन गरे । निर्देशक भट्टराईको त्यो पहिलो फिल्म थियो । स्टार कलाकारको फिल्मले व्यापार ठिक ठाकको गर्यो । निर्देशक भट्टराईलाई पहिलो फिल्मबाट उत्साहप्रद प्रतिक्रिया भने मिलेन ।
दिवाकरले ‘मेरो जीवनसाथी’ पछि ‘स्टुपिड मन’ निर्देशन गरेका छन् । उनी निर्देशित दोश्रो फिल्मले भने दर्शकलाई हलसम्म तान्ने र फिल्म उत्कृष्ट्र बनेको अपेक्षा जगाइदिएको छ । यो फिल्मको गीत संगीत यतिबेला दर्शकको रोजाइमा परेका छन् । यही शुक्रबार कार्तिक ७ गते फिल्म रिलिजको छेकोमा दिवाकरसँगको कुराकानीलाई प्रस्तुत गरेका छौं ।
के हो ‘स्टुपिड मन’ ?
‘स्टुपिड मन’ लभ स्टोरी फिल्म फिल्म हो । यसमा सामाजिक यथार्थता छ । विदेशमा खिचिएपनि नेपालीपन छ । विदेशीएका नेपाली युवाको पिडा फिल्ममा छ । लामो समयदेखि नेपाल छोडेर थाइल्यान्डमा बस्नु भएका नेपालीको साँस्कृतिक र धार्मिक सम्बन्धलाई पनि फिल्ममा उतारिएको छ । समग्रमा भन्नुपर्दा रमाइलो र संवेदनाले भरिपूर्ण नेपाली फिल्म ‘स्टुपिड मन’ हो ।
सबैका लागि ‘स्टुपिड मन’
फिल्म यही वर्गको लागि मात्रै भन्ने नै हुँदैन । यहाँ मात्रै यो वर्गको लागि भन्ने हो । युनिभर्सल प्रमाणपत्र प्राप्त हाम्रो फिल्म सबै वर्गको लागि हो । फिल्म बनाउँदै पनि हामीले निश्चित वर्गका लागि भनेर बनाएका थिएनौं । हाम्रो फिल्म सबै वर्गका दर्शकको लागि हो ।
थाइल्यान्डमा समय मिलाउनै गाह्रो
‘स्टुपिड मन’ को पुरै जसो छायाँकन थाइल्यान्डमा गरिएको हो । फिल्मको छायाँकन बाहिर गर्दा समय मिलाउन गाह्रो पर्यो । देश बाहिर गएपछि भनेकै समयमा सुटिङ स्थल पुग्नु पर्ने । नेपालमा हुँदा हामी समयलाई त्यती महत्व दिदैंन्थ्यौं । क्यामेरा बिग्रिको कारणले गर्दा झन्डै एक हप्ता जति हामी खाली बस्नु पर्यो । त्यसले गर्दा अनुमति लिएको मिति सकिंदा फिल्मको पूरै छायाँकन सक्न मुस्किल परेको थियो । यी सँगै भाषिक समस्या पनि आइपर्यो । यद्पी राम्रो युनिट, त्यहाँका सहयोगी नेपालीहरुको कारणले गर्दा पूरै सुटिङ थाइल्यान्डमा गर्न सम्भव भयो ।
दर्शकको मनको फिल्म
‘स्टुपिड मन’ को सबै गीत तथा संगीतलाई दर्शक तथा श्रोताले मन पराउनु भएको छ । यसलाई मैंले पहिलो सफलताको रुपमा लिएको छु । गीत संगीतसँगै हाम्रो फिल्मको अर्को बलियो पक्ष भनेको पटकथा पनि हो । यसमा सामिप्य जी (लेखक सामिप्य तिमल्सिना) को एकदम ठुलो हात छ । पटकथा राम्रो भएकाले कलाकारले एकदम राम्रो प्रस्तुती दिएका छन् । ‘स्टुपिड मन’ लाई दर्शकले मनले हेरिहेका हुनेछन् । नेपाली फिल्म हेरेर रमाउने दर्शकको लागि ‘स्टुपिड मन’ पर्फेक्ट प्याकेज नै हो ।
फिल्म भनेकै मनोरञ्जन हो
फिल्म भनेकै मनोरञ्जनको लागि हेरिने हो । त्यसकारण फिल्म मनोरञ्जनात्मक नै हुनुपर्छ । नेपालमा बढी बलिउडको छाप छ । दर्शकको संवेदनासँग खेलवाड गर्न सक्ने फिल्म नै सफल हुन्छ । संसारमा फिल्मको कथामा हुने भनेकै हिरो र हिरोइन, मायाप्रेम अनि विछोड । फिल्मको मुल मन्त्र यही नै हो । एकाध फिल्ममा समाजिक मुद्धालाई पनि उठाइन्छ । तर समग्रमा फिल्म भनेकै हिरो र हिरोइनबिच हुने माया प्रेम अनि विछोडको कथा हो । नेपाली दर्शकलाई पनि मनोरञ्जनात्मक फिल्म हेर्न रुचाउँछन् । ‘स्टुपिड मन’ मा मनोरञ्जनसँगै रोदन पनि छ । दर्शकको संवेदनालाई छुने गरी फिल्म निर्माण गरेका छौं ।
दर्शकको संवेदना चोर्न चुक्यौं
वर्षमा कम्तीमा पनि एक सय वटा फिल्म प्रदर्शनमा आउँछन् तर पाँच वटा फिल्मले पनि लगानी उठाउने व्यापार गर्न सक्तैनन् । त्यसैले हामी दर्शकको मन जित्ने फिल्म निर्माण गर्न चुकिरहेका छौं । यसमा हिट भएका फिल्म किन हिट भए ? भनेर हेर्न आवश्यक छ । जुन फिल्ममा मनोरञ्जन छ, जसमा मानविय संवेदना छ ती फिल्महरु व्यावसायिक रुपमा पनि हिट भैरहेका छन् । नेपाली फिल्मलाई मध्यम वर्गीयले हेर्ने गर्दछन् । मध्यम वर्गिय दर्शकका लागि फिल्ममा मनोरञ्जन र संवेदना आवश्यक छ । पछिल्लो समय आएर नेपाली फिल्म निर्देशन र निर्माण एकदमै सस्तो भएर गयो । त्यसैले पनि नेपाली फिल्ममा स्टारडम भ्यालु कम भयो । दर्शकले एउटा स्टारको लागि फिल्म हेर्न जाने हो । पछिल्लो समय फिल्म फिल्म जस्तो बनेनन् । समाजको यथार्थ देखाउने वाहानामा अनावश्यक रुपमा उजागर गर्न खोजियो । जुन कुरा पच्नै सक्तैन । हामी दर्शकको संवेनदासँग खेल्नै नसकेको हो जस्तो पनि लाग्छ मलाई ।
रेखा थापामा स्टारडम छ
स्टारको अभावले पनि नेपाली फिल्म चलिरहेका छैनन । दशैंमा रिलिज भएको ‘हिम्मतवाली’ स्टार भ्यालुकै कारण व्यावसायिक रुपमा सफल भएको हो । ‘हिम्मतवाली’ को कथा कस्तो छ ? भनेर दर्शक फिल्म हेर्न गएका होइनन् । रेखा थापाको स्टारडमको कारणले गर्दा दर्शक हलसम्म गएका हुन् । जुन बेलाबाट स्टार भ्यालु खस्कियो त्यो बेलादेखि नेपाली फिल्म व्यावसायिक रुपमा सफल भएको छैन । स्टार भनेको आइडल हो । आज बलिउडका शाहरुख, सलमान र आमिरको फिल्म किन चल्छन् त ? उनीहरु दर्शकका लागि आइडियल हुन् ।
निर्माताको हातमा लगाम
पहिला निर्माता फिल्म बनाउँनु पर्यो भनेर निर्देशक कहाँ पुग्थे । अहिले त्यस्को उल्टो छ । अहिले निर्देशकले निर्माता खोज्दै हिड्नु परेको अवस्था छ । यसकारणले गर्दा पनि फिल्महरु राम्रो बनिरहेका छैनन् । निर्देशकले फिल्म नराम्रो बनाउँ भन्दैन । फिल्म राम्रो नै बनोस् भन्ने उसको चाहना हुन्छ । अहिले फिल्मको लगाम निर्देशकको होइन निर्माताको हातमा छ । निर्माताहरु निर्देशकसम्म आउनु पर्यो । तब फिल्म राम्रो बन्छ । त्यसपछि निर्देशकको भिजन पर्दामा आउँछ ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved