‘बुढेसकालसम्म फिल्म क्षेत्रमै रहन्छु’ : आर्यन सिग्देल
- News Page
- Published On: October 21,2014
उत्सव रसाईली
आर्यन सिग्देल नेपाली फिल्म हेर्ने दर्शकका लागि सजिलै चिन्ने नाम हो । कुनै सयम सडक नाटक प्रस्तुत गर्ने आर्यनले दुई दर्जन बढी नेपाली फिल्ममा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेको डेव्यु फिल्म ‘किस्मत’ र ‘कसले चोर्यो मेरो मन’, ‘मेरो एउटा साथी छ’, आफैले निर्माण गरेको ‘नोभेम्वर रेन’ जस्ता फिल्महरुले व्यावसायिक सफलता सँगै चर्चा पनि कमाए ।
आर्यन अभिनित झन्डै आधा दर्जन फिल्महरु प्रदर्शनको पखाईमा छन् । आउँदो शुक्रबार, कार्तिक ७ गते आर्यन अभिनित ‘लज्जा’ फिल्म प्रदर्शनमा आउँदैछ । ‘लज्जा’ प्रदर्शनको अवसर पारेर अभिनेता एवं निर्माता आर्यन सिग्देलसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
तिरस्कृत युवतीप्रती आकर्षित
‘लज्जा’ को भूमिका अहिलेसम्म निभाउँदै आएको भन्दा फरक छ भनेर म भन्दिनं । लज्जामा मेरो समाजबाट तिरस्कृत नारीलाई मन पराउने युवकको भूमिका छ । साधारण परिवारको आम युवाको प्रतिनिधित्व गरेको छु ।
‘लज्जा’ ले सन्देश दिन्छ
फिल्मको पात्रले कहिले हँसाउला, कहिले रुवाउला । यद्पी म फिल्मले सन्देश दिनुपर्छ भन्ने कुरामा विश्वास राख्दिंन । यति हुँदाहुँदैपनि फिल्म ‘लज्जा’ सन्देशमुलक छ । एउटा नारीलाई दिनुपर्ने ईज्जत, नारीको स्थिति र महत्व लगायत सबै कुरालाई मेरो पात्रले सन्देश दिन्छ ।
बिहेपछि खुसी छु
काम त मैंले पहिल्यैदेखि राम्रो गर्दै आएको थिएँ । तर बिहेपछि नै राम्रो भएको जस्तो देखियो । एउटा फिल्म राम्रो हुँन धेरैको हात हुन्छ, म एक्लैको ‘लक’ ले राम्रो हुने कुरा पनि होइन । अरुको मिहेनतलाई म आफु मात्रै क्रेडिट लिन चाहान्नं । यदि बिहेपछि मलाई लक नै लागेको रहेछ भने पनि म खुसी नै छु ।
दबाबमुलक छैन बैवाहिक जिन्दगी
वैवाहिक जिवन ‘नर्मल’ नै छ । बिहेअघि जसरी काममा व्यस्त हुन्थें अहिलेपनि त्यसरी नै काममा व्यस्त छु । बिहे भएपछि दैनिकी चाहिं ‘रुटिन’ मा चल्दो रहेछ । अरु त उस्तै हो । सुटिङमा आऊ, जाऊ । थोरै ‘लाइफ सेड्युल’ मा हुन्छ । मेरो व्यक्तिगत जिन्दगीमा चाहिं त्यस्तो केही पनि फरक भएको छैन, म पहिला जस्तो थिएँ अहिले पनि त्यस्तै छु । अहिलेसम्म म दबाबमा परेको छैन । बिहे अघि र बिहे पछि केही फरक छैन अहिले एकजा साथीसँग जिवन बितिरहेको छ फरक यति मात्रै हो ।
संघर्षकै जिन्दगी
फिल्म क्षेत्रमा मेरो स्थान कहाँ छ ? मैंले तोक्न होइन । स्थान फिल्म क्षेत्रको मान्छे र दर्शकले तोक्ने हो । म एउटा कलाकार हुँ । हिजो फिल्मको लागि संघर्ष गरेको थिएँ, आज राम्रो फिल्मको लागि संघर्ष गर्दैछु । आफैले पनि फिल्म बनाउने संघर्ष गर्दैछु । जिन्दगी संघर्षमै बितिरहेको छ । कलाकार बाहेक म आफ्नो कुनै पनि स्थान देख्दिनं ।
मलाई १, २, ३ नम्बरमा पर्नु छैन । मेरो फिल्मलाई दर्शकले मन पराइदिए हुन्छ । मलाई नम्बर र तहमा विश्वास छैन । मलाई दर्शकले यही क्षेत्रमा जिवन वेतित गर्ने स्थिति बनाइदिनु भएको छ, यही नै मेरो सफलता हो । फिल्म क्षेत्रमा लागेर पश्चताप गर्ने बाटो मलाई दिनु भएको छैन । म दर्शकले सफल बनाइदिएको कलाकार हुँ ।
बुढेसकालसम्म फिल्म क्षेत्रमा
फिल्म भन्दा बाहेक अरु मैंले केही पनि कुरा बुझेको पनि छैन र बुझ्ने प्रयास पनि गरेको छैन । व्यापार, व्यावसाय लगायत अन्य क्षेत्र मैंले नबुझेको र बुझ्न नचाहेको क्षेत्र हो । फिल्म निर्माणमा लागिसकें त्यसैले मेरो पूरै जिन्दगी फिल्म क्षेत्रमै बित्छ । आज मैंले जुन भूमिकामा फिल्ममा अभिनय गर्दैछु भूमिका परिवर्तन होला तर म बुढेसकालसम्म फिल्म क्षेत्रमै हुन्छु ।
भूमिका होइन फिल्म राम्रो हुनुपर्यो
मेरो लागि भूमिका भन्दा पनि फिल्म महत्वपूर्ण हो । यदि फिल्म राम्रो छ भने म निरञ्तर लभर व्वोयको भूमिका पनि अभिनय गर्न सक्छु । नराम्रो फिल्मको मलाई भिन्नै भूमिका दिएपनि गर्दींन । अहिले चाहिं एक्सन फिल्मको भूमिका मलाई अप्रोच आइरहेको छ । यदि राम्रो फिल्मको स्क्रिप्ट एक्सन रोलको आउँछ भने म किन नखेल्ने ? भनेर एक्सन फिल्ममा पनि काम गरेको हुँ ।
आँखा नबिझाउने राम्रो फिल्म
हेर्दा आँखा नबिझाउने फिल्म नै मेरो लागि राम्रो फिल्म हो । दर्शकले दुई घण्टा हलमा बसेर हेर्दा फिल्म बोर नलागोस् । फिल्मको नाम कालान्तरसम्म पनि गर्वका साथ लिन सक्ने फिल्म नै राम्रो फिल्म हो । दर्शक हलबाट निस्कंदा गाली नखाने फिल्म नै राम्रो फिल्म हो ।
राम्रो स्क्रिप्टको पर्खाइमा
आफ्नै ब्यानरबाट फिल्म निर्माण गर्ने योजनामा छु । मलाई राम्रो स्क्रिप्ट चाहिएको छ । ‘नोभेम्वर रेन’ बनाउँदा स्क्रिप्ट खोज्न मात्रै झन्डै डेढ बर्ष लागेको थियो । नयाँ फिल्मको पनि स्क्रिप्ट खोज्दैछु । राम्रो स्क्रिप्ट पाउने वित्तिकै फिल्मको काम सुरु गर्छु । दर्शकले नाक खुम्च्याउने फिल्म बनाउँदिनं ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved