चिनमा नेपालि फिल्म रिलिज हुने सम्भावना
- सुजन श्रेष्ठ
- Published On: December 27,2018
काठमाडौँ
नेपालबाट प्रथमपटक संस्थागत सहभागिता गरिएको र नेपालि फिल्म क्षत्रको तर्फबाट निर्माता संघका अधक्ष्य आकाश अधिकारी सहभागि भएको ‘द फेडेरेशन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’ सफल रुपमा सम्पन्न भएको छ ।
२४ देशका निर्माताहरुको छाता संगठन आवद्ध भएको उक्त कार्यक्रममा चलचित्र निर्माता संघ पनि प्रवेश गरेको अधक्ष्य अधिकारीले बताए । अब उक्त संगठनमा नेपाल सहित २५ देश संलग्न भएको सम्मेलनमा गठन भएको नया कार्य समितिमा आफू पनि सदस्य रहेको अधिकारीले जानकारी दिए ।
साउथ अमेरिका, युरोप, एसिया हुदै अस्ट्रेलिया, न्युजिल्याण्ड सम्म आवद्द रहेको संगठनमा निर्माता संघलाई पनि अधिकारीले समावेस गराएका छन् । साथै १७ जना बोर्ड मेम्बर मध्यमा आकाश अधिकारी पनि छनोट भएर संलगन भएका छन्।
साथै, उनले अब चीनमा पनि नेपालि फिल्म रिलिज गर्न सकिने सम्भावना देखिएको उनले बताए । उक्त सम्मेलनमा बार्षिक २ ओटा फिल्म रिलिज गर्ने प्रस्ताव राखेको र उक्त प्रस्त्वाव प्रति चिन पनि सकारात्मक रहेको अधिकारीले जानाकारी दिए।
बर्षेनि २ ओटा फिल्म देखाउन हरेक वर्ष हुने सम्मेलनमा ५ ओटा नेपाली फिल्मको ट्रेलर देखाउने र उक्त ट्रेलर चिन लगायतका अन्य देशहरुका वितरकले हेरेर सक्षम फिल्म किन्ने र उनीहरुले आफ्नो देशमा रिलिज गर्ने छन् ।
आकाशले भने "फेडेरेसनले सिनेमा किनबेचको व्यवस्था समेत मिलाउने हुदा नेपाली फिल्म क्षेत्रको अन्तराष्ट्रिकरणमा कोशे ढुंगा नै सावित हुन सक्ने विश्वास छ।" चाइनामा गुगल, युटुब हेरिदैन र त्यसले गर्दा आफ्नै विभिन्न डिजिटल माध्यम बाट सिनेमा रिलिज हुने गरेको छ । त्यस माध्यम बाट पनि नेपालि फिल्म रिलिज गर्न सकिने उनले बताए।
कार्यक्रममा बोल्दै अधिकारीले भने "अफिसियल रुपमा फेडेरेसनमा संलग्न कुनै देशमा नेपालि फिल्म छायांकन गर्न गएमा त्यहा लागेको लगानीको २५ देखि ३० प्रतिसत रकम फिर्ता हुने छ।" उनले थप्दै भने "यस फेडेरेसनले फिल्मको अन्तरास्ट्रीय बजार खोल्ने काम गर्ने छ।"
यस्तै, निर्माता संघले आयोजना गरेको कार्यक्रममा काठमाण्डौमा अब पोष्टर टाँस्न नपाइने जानकारी पनि दिइएको छ । चलचित्रका बरिष्ठ उपाध्यक्ष केशव भट्टराइले भने–‘महानगरपालिकाले हामीलाई बोलाएर यो बिषयमा जानकारी दिएको छ । अब, काठमाण्डौ महानगरपालिका भित्र पोष्टर टाँस्न पाइदैन । हामीले, नयाँ विकल्पको बिषयमा छलफल गरिरहेका छौ ।’
साथै, निर्माता संघले चलचित्र क्षेत्रलाई उद्योग बनाउन भएको पहल, सेन्सर बोर्डको शैली परिवर्तनका लागि गरिएको पहलको बिषयमा जानकारी गराएको छ ।
चलचित्र विकास बोर्डमा आज बिहिबार सम्पन्न पत्रकार सम्मेलनमा निर्माता संघका बरिस्ठ उपाधक्ष केशव भट्टराई ले कार्यक्रम संचालन गरेका थिए । जसमा निर्माता संघका उपाधक्ष्य माधव वाग्ले, सचिव छबि राज ओझा, कोषाधक्ष्य सुशील पोखरेल, सदस्य दिपकराज गिरि, दिपेन्द्र के खनाल, करण श्रेष्ठ, रोहित अधिकारी लगायतकातका उपस्थित थिए तर विशेष कामले महा-सचिव रोज राणा भने उपस्थित हुन् सकेनन ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved