शिल्पाको प्रष्टोक्ति, भन्छिन, ‘ढोका थुनेर रोएँ’
- News Page
- Published On: October 14,2014
उत्सव रसाईली
लोक, पप र आधुनिक गरी एक सय बढी नेपाली म्यूजिक भिडियोमा मोडलिङ गरेकी शिल्पा पोखरेल छविराज प्रोडक्सनको ‘लज्जा’ फिल्मबाट रजतपटमा नायिकाको रुपमा प्रवेश गरेकी छिन् । नवल नेपाल निर्देशित फिल्म ‘लज्जा’ मा शिल्पाले शिर्ष भूमिका निभाएकी छिन् । शिल्पाको अपोजिटमा अभिनेता आर्यन सिग्देल छन् । आउँदो कार्तिका ७ गते ‘लज्जा’ रिलिजको छेको पारेर न्यूजपेजथ्रीडटकमले शिल्पा पोखरेलसँग गरेको कुराकानीलाई उनकै शब्द शैलीमा प्रस्तुत गरिएको छ ।
डरको सिमा छैन
फिल्म रिलिजको मिति नजिकिदै छ, डरको सिमा नै छैन । म्यूजिक भिडियोमा ‘रिजल्ट’ आइहाल्थ्यो । ‘लज्जा’ फिल्ममा लागेको ‘वर्कसप’ देखि झन्डै एक वर्ष भयो होला । पहिलो फिल्म के होला ? कसो होला ? भन्ने एकदम डर लागेको छ । फिल्मको स्टोरी एकदम ‘स्ट्रोङ’ छ । नवल नेपाल दाईले एकदम राम्रो बनाउनु भएको छ, त्यसकारण राम्रो हुनेमा चाहिं ढुक्क छु । तरपनि म्यूजिक भिडियोमा खेलि रहेको थिएँ । एक्कासी ठूलो फिल्ममा खेलेको छु । डायलग बोलेको छु दर्शकहरुले मन पराउनु हुन्छ कि हुँदैन ? यसमा डर छ ।
‘लज्जा’ मा तिरस्कृत नारी
‘लज्जा’ मा मैंले समाजबाट तिरस्कृत नारीको भूमिका निभाएको छु । घरबाट अफिस जाँदादेखि घर नर्फकञ्जेलसम्म एउटा युवतीले भोग्ने उतार चढावको भूमिका छ । यो समाजमा घटिरहेको घटना हो ।
सुटिङ सकिएको पत्तै भएन
सुटिङको बेला अरु सबैले सहयोग गर्नु भयो । सुटिङ कतिबेला सकियो । मलाई पत्तै भएन । सुटिङको पहिलो दिनमै आर्यन जीसँग टेक पर्यो । मैंले नवल दाईलाई भने, ‘दाई म त सक्तिनं होला सुटिङ गर्न । मेरो त मुखबाट डायलग नै निस्किदैंन होला ।’ उहाँले ‘लाटी मैंले सिकाएको यही हो । मेरो बेइज्जत हुन्छ । आर्यनलाई आर्यन नसम्झ । उ तिम्रो लागि फिल्मको पात्र दया मात्रै हो’ भनेर सम्झाउनु भयो ।
सुने भन्दा फरक आर्यन सिग्देल
मैंले सुनेको थिएँ , आर्यन सिग्देल एकदम घमण्डी हुनुहुन्छ रे । नयाँलाई ‘सर्पोट’ गर्नुहुन्न रे भन्ने पनि सुनेको थिएँ । तर सुटिङमा मैंले उहाँलाई एकदम फरक पाएँ । सुरुमा सुटिङमा आउने वित्तिकै गाडीमा आएर टक्क कुर्सीमा बस्नु भयो । मलाई लाग्यो, ‘ला सुनेको जस्तै हुनुहुँदो रहेछ’ तर जब हाम्रो टेक सुरु भयो, उहाँ एकदमै ‘सपोटिभ’ लाग्यो । डायलग यसरी बोल्दा राम्रो हुन्छ भनेर समेत आर्यनजीले मलाई सिकाउनु भयो । आर्यन जीसँग काम गर्न एकदमै सजिलो भयो । मलाई त सुटिङ गरे जस्तै भएन । म उहाँको पहिल्यैदेखिको फ्यान हुँ । पहिलो फिल्म नै उहाँसँग खेल्न पाएँ म एकदमै खुसी छु ।
ढोका थुनेर रोएँ
म भन्दा अगाडी छविराज प्रोडक्सनमा नारी प्रधान फिल्ममा रेखा जीले अभिनय गरिरहनु भएको थियो । अब एक्कासी ‘स्ट्रोङ’ भूमिकामा म आउँदैछु भने मिडियामम ‘गसिप’ आउँछ नै भन्ने लाग्छ । छविराज जीसँग नाम जोडेर मिडियामा आउँदा सुरु सुरुमा घरमा निकै समस्या भएको थियो । ‘फिल्म लाइन नै यस्तै हो’ भनेर सम्झाएपछि घरमा अहिले कुनै समस्या छैन । सुरु सुरुमा त म आफैं पनि ढोका थुनेर रुन्थें । राती सुत्दा पनि आँखाबाट आँसु आफै खस्थ्यो । फिल्ममा काम गरेको मान्छेसँग कसरी नाम जोडिन्छ ? भनेर घरमा कराउने गर्नु हुन्थ्यो । छवि जीकै ‘लोफर’ मा अभिनय गर्नु भएको रजनी केसीसँग छवि जीको नाम जोडिएको सबै समाचार देखाएपछि घरका मान्छेहरु शान्त हुनुभयो ।
फिल्म चलाउन गसिप आवश्यक छैन
छविराज ओझा २५ वर्षदेखि फिल्म बनाउँदै आउनु भएको छ । उहाँको नामैले दर्शक फिल्म हेर्न जान्छन् । नवल नेपाल त्यस्तो राम्रो फिल्म निर्देशन गर्ने मान्छे । उहाँको फिल्म परिवारमा बसेर हेर्न मिल्ने हुन्छ । हाम्रो फिल्म सामाजिक छ । फिल्म चलाउन नामै जोडेर गसिप बनाउन आवश्यक छैन । छविजी र मेरो नायिका अनि निर्माताको मात्रै सम्बन्ध हो । हाम्रो सम्बन्ध राम्रो छ । सबै टिम प्रचारमा लागि रहेको बेलामा हामी दुइ जनाको मात्रै नाम जोड्नु राम्रो हो ?
छविजीसँगको बिहेलाई मिडियाले उचाल्यो
हाम्रो बिहे हुँदैछ भनी मिडियामा आएको समाचार गलत हो । एउटै प्रश्न सोधेको सोध्यै गरेपछि छवि जीले पनि ‘हामफालेर’ जान्छु भन्नु भएको हो । मैंले पनि दिक्क लागेर सोचौंला भनेको हुँ । ‘लज्जा’ सुरु गरेको एक वर्ष भैसक्यो उहाँले कहिल्यै मलाई बिहे गर्छु भनेर भन्नु भएको छैन । मिडियाले मात्रै यो कुरालाई उचालेको उचाल्यै गरेको हो ।
फिल्ममै निरञ्तरता
मैंले फिल्म लाइनमा पाइला टेकी नै सके । अब निरञ्तर यही क्षेत्रमा लाग्ने योजना छ । ‘लज्जा’ मा मेरो भूमिका एकदमै बलियो छ । फिल्ममा मैंले निभाएको भूमिका यही समाजको हो । त्यसैले दर्शकले फिल्मलाई मन पराउनु हुन्छ । फिल्म सफल या असफल जे भएपनि यही क्षेत्रमा लाग्छु ।
‘सेलेक्टेड’ म्यूजिक भिडियो मात्रै
म्यूजिक भिडियो र फिल्म भनेको एउटै घरको दुई वटा कोठा जस्तै हुन् । म आफ्नो घरको दुवै कोठामा जान पाउँछु । कसैले रोक्न पाउँदैन । फिल्मसँगै ‘सेलेक्टेड’ म्यूजिक भिडियो पनि खेल्छु ।
नाम र इज्जतका लागि फिल्म क्षेत्र
नाम र ईज्जत कमाउन फिल्म क्षेत्रमा आएको हुँ । फिल्म खेल्न थालेपछि शिल्पा पोखरेल को हो भनेर नचिन्नेले पनि चिन्न थालेका छन् । खुसी लाग्छ । नामसँगै सन्तुष्ट मिल्न दाम पनि आइरहेको छ । तर मलाई दाम भन्दा नाम नै ठूलो लाग्छ ।
रेखा थापा नै नम्वर वान
रेखा थापासँग मेरो तुलना गर्ने मान्छे नै मुर्ख हो । रेखा जी भनेको १३ वर्ष भैसक्यो । कति संघर्ष गरेर त्यो स्थानमा पुग्नुभएको छ । म त भर्खर पाइला चाल्लै छु । सिधा उभिन पनि पाएको छैन । मेरो फिल्म नै रिलिज भएको छ । म आफैं उहाँलाई नम्वर वान मान्छु भने किन मलाई उहाँसँग दाँज्ने ? एउटा पत्रिकाले त म रेखा जीसँग म टक्कर दिन आएको भनेर पनि छाप्यो । जो मलाई मन पर्छ ऊ सँग म टक्कर दिन आउँछु होला त ?
अब आफ्नै स्थान बनाउँछु
नायिका बन्न आउने मान्छे सबैको म रेखा थापा जस्तै बन्छु भन्ने सपना हुन्छ । मेरो सपना पनि त्यही हो । तर म उहाँको स्थान खोस्न आएको होइन । निरुता सिंह, झरना थापा र रेखा थापा सबैको आ आफ्नै स्थान छ । र, म शिल्पा पोखरेलेको पनि छुट्टै स्थान बनाउँन चाहान्छु । म रेखा जीको स्थान खोस्न आएको होइन् । मलाई दर्शकले रेखाको ठाउँ खोस्न आएको केटी भनेर नचिनुन् ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved