‘टलकजंग भर्सेस टुल्के’ बारे कसले के भने ?
- News Page
- Published On: October 12,2014
कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘टलकजंग भर्सेस टुल्के’ ले गत शुक्रबार ट्रेलर सार्वजनिक गर्न एक औपचारिक कार्यक्रमको आयोजना गर्यो । जहाँ फिल्म निर्माता, निर्देशक, कलाकार एवं वितरकले फिल्म, कथा, बजार, व्यवस्थापन र भूमिका बारे आ आफ्नो भनाई राखेका थिए । प्रेस समारोहमा ‘टलकजंग भर्सेस टुल्के’ सदस्यले राखेको भनाईलाई यहाँ प्रस्तुत गरिएको छ ।
निश्चल बस्नेत, निर्देशक : पारिवारीक समस्या भएकाले ‘लुट’ पछि तत्कालै फिल्म निर्देशन गर्न सकिंन । ‘टलकजंग भर्सेस टुल्के’ लाई ‘लुट’ सँग नजाँज्नु होला । यो फिल्म ‘लुट’ भन्दा भिन्दै छ । यसमा आफ्नै किसिमको मज्जा छ । नेपाली फिल्ममा आफ्नोपनको अभाव छ । ‘टलकजंग भर्सेस टुल्के’ मा हामीले आफ्नोपन दिएका छौं । स्क्रिप्टमा लेखिएको मध्ये हामीले ७० प्रतिशत भिजुअललाई पर्दामा उतारेका छौं । त्यसैले फिल्म राम्रो बनेको छ । फिल्म नराम्रो भएपनि म दर्शकको गाली खान तयार छु ।
रविन्द्रसिंह बानियाँ, कार्यकारी निर्माता : म कागताली परेर ‘टलकजंग भर्सेस टुल्के’ को निर्माता भएको हुँ । सुरुमा यो फिल्मको निर्माता मोहन डोटेल हुनुहुन्थ्यो । उहाँले नै यो फिल्म बनाउने वातावरण सृजना गर्नु भएको हो । निश्चल जीलाई पनि उहाँले नै फिल्म निर्देशन गर्न ‘कन्भिन्स’ गर्नु भएको हो । बिचमा केही कुरा नमिलेर मोहजी छुट्टिनु भयो । फिल्म निर्माण गर्ने वातावरण सृजना गरिदिनु भएकोमा मोहनजीलाई धन्यवाद ।
फिल्म क्षेत्रमा मैंले सबै बसेको डुङ्गा प्वाल पर्दा पनि खुसी हुने प्रवृत्ति पाएँ । एउटाको फिल्म नचल्दा अर्को खुसी हुने । हामीबिच नै यस्तो प्रवृत्ति छ भने नेतालाई गाली गर्नुको सिद्धान्त नै के रह्यो र ?
फिल्म वितरणमा पनि त्यस्तै समस्या । सबै जना चोर नै चोर । चोर मध्ये कम चोरलाई छानेर हामीले पपकर्नलाई फिल्म वितरणको जिम्मा दिएका हौं । यहाँ ‘इगो’ प्रोब्लम हावी भएको पाएँ । मेरो अनुरोध सबैजना मिलेर अगाडी बढौं । हामीले कसैको पनि सपनालाई शहिल बनाएका छौनौं ।
खगेन्द्र लामिछाने, लेखक एवं कलाकार : दश वर्ष अगाडीदेखि नै मैंले ‘टलकजंग भर्सेस टुल्के’ मा अभिनय गर्छु भन्ने सोच बनाएको थिएँ । मेरो सोच पूरा भएको छ, म एकदमै खुसी छु । यो अवसर मिलाइदिनु भएकोमा मोहन डोटेल ज्यूलाई धेरै धेरै धन्यवाद । फिल्म र मेरो आफ्नो कहानी उस्तै उस्तै छ । म कलाकार बन्न संघर्षरत छु । फिल्मको टुल्के पात्र पनि समाजमा आफ्नो अभिभाज्य स्थापित गर्न संघर्षरत छ । एकजना निर्देशकले मलाई खुट्टादेखि टाउकोसम्म हेरेर तिमी पनि कलाकार हो ? भनेर पश्न गर्नु भएको थियो । ‘टलकजंग भर्सेस टुल्के’ मा अभिनय गरिसकेपछि पनि एकजनाले मेरै अगाडी यसको कलाकार चाहिं को त ? भनी प्रश्न गर्दा ‘म’ भनी उत्तर दिएँ । उहाँले त तपाइँको फिल्म नै हेर्दिनं पो भन्नु भयो । जे होस् म कलाकार बन्न संघर्षरत छु । फिल्मको टुल्के पात्र आफ्नो स्थायित्व स्थापित गर्न संघर्षरत छ ।
मावध वाग्ले, वितरक : पैसाले फिल्म बन्दैन । फिल्म राम्रो टिमले गर्दा बन्छ । ‘टलकजंग भर्सेस टुल्के’ राम्रो टिमले बनेको फिल्म हो । नेपाली फिल्ममा राम्रो फिल्म बनाउने राम्रो टिम कमै छ । राजाको छोरो नाङ्गै हिंडेपनि राजकुमार हुन्छ भनेजस्तै निश्चल बस्नेतले बनाएको फिल्मपनि राम्रो नै हुन्छ । ‘टलकजंग भर्सेस टुल्के’ काठमाण्डू, काठमाण्डू बाहिर र विदेशमा पनि राम्रो चल्ने फिल्म हो ।
ऋचा शर्मा, अभिनेत्री : ‘टलकजंग भर्सेस टुल्के’ मा मेंलै फूली नाम गरेकी थारु युवतीको भूमिका निभाएको छु । यो पात्रको स्वभाव कम बोल्ने छ । मलाई थारु युवतीको ‘लुक्स’ मा उतार्न त्यति गाह्रो भएन जति थारु लवजमा बोल्न गाह्रो भयो । धेरै मिहेनत गरेर म आफैंले थारु युवतीको लवजलाई डविङ गराएको छु । हामी सबैले फिल्मलाई राम्रो बनाउने प्रयास गरेका छौं ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved