आमिर खान नेपाल आउनुको नालीबेली

  • News Page
  • Published On: October 08,2014

बलिउड अभिनेता आमिर खान मंगलबार काठमाडौं उत्रेका छन् । दुईदिने नेपाल भ्रमणका लागि उनी दिउँसो साढे एक बजे आएका हुन्। छ सुरक्षागार्ड सहित आएका अभिनेता राजधानीको द्वारिकाज होटलमा बसेका छन्।

टेलिभिजन टक शो 'सत्यमेव जयते' को अर्को संस्करणको तयारीमा जुटिरहेका आमिरलाई युनिसेफले ल्याएको हो । यसअघि पनि युनिसेफकै कार्यक्रमका लागि अमेरिकी गायिका/नायिका सेलेना गोमेज नेपाल आएकी थिइन्। सेलेना र आमिर दुवै युनिसेफको सद्भावना दूत हुन्।

नेपालमा राम्रो फ्यान फलोअर्स भएका ४९ वर्षीय आमिर अभिनयको विविधताका लागि प्रख्यात त छन् नै, सामाजिक कार्यका लागि पनि उत्तिकै सक्रिय मानिन्छन्। 'सत्यमेव जयते' मार्फत पनि उनले यस्तै सामाजिक मुद्दालाई राष्ट्रियकरण गर्ने प्रयास गर्छन्।

बालकलाकारका रूपमा 'यादों की बारात' मार्फत् बलिउडमा पाइला चालेका आमिर 'कयामत से कयामत तक' मार्फत् प्रभावशाली अभिनेतामा दर्ज भए। हालसम्म चार राष्ट्रिय र सात फिल्मफेयर अवार्ड जितेका उनको खातामा व्यावसायिक रूपमा पनि अधिकांश फिल्म हिट छन्। उनको पछिल्लो फिल्म 'धूम ३' ले पनि कीर्तिमानी व्यापार गरेको थियो।

अभिनयमा विविधता पस्कन माहिर उनी 'तारे जमीं पर' देखि निर्देशनमा पनि जबरजस्त इन्ट्री मारेका थिए। उनी प्लेब्याक सिंगर र स्क्रिप्ट राइटर पनि हुन्।

हात हालेको विधामा सफलता चुम्न सिपालु यी अभिनेता सन् २००६ मा नर्मदा बचाउ आन्दोलनमा सक्रिय लागिपरेका थिए भने सन् २०११ मा जनलोकपाल विधयक आन्दोलनका लागि अन्ना हजारेको खुलेर साथ दिएका थिए।

आफूलाई शिक्षा र खाद्यान्नका कार्यक्रममा लागि पर्न रुचाउने बताउँदै आएका आमिर नेपाल भ्रमण पनि युनिसेफले सञ्चालन गरिरहेको पोषण सम्बन्धी कार्यक्रमका लागि रहेको बताइएको छ। तीन वर्षदेखि उनी युनिसेफसँग आबद्ध रही काम गरिरहेका छन्।

आज कपिलवस्तु

कपिलवस्तु -चर्चित बलिउड अभिनेता आमिर खान यहाँको एउटा गाउँमा बुधबारै आउने भएका छन्। सुरक्षा दृष्टिले कार्यक्रम गोप्य राखिएको छ।

युनिसेफले सञ्चालन गरेको पोषण सम्बन्धी कार्यक्रममा सहभागी हुन उनी आउने सुरक्षा स्रोतले जनायो। उनी जिल्लाको पकडी हेल्थ पोस्टमा आयोजना गरिएको तथ्यांक प्रस्तुतीकरण कार्यक्रममा सहभागी हुनेछन्।

उनले पकडी-६ सेमरउटीमा आमा समूह र महिला स्वयंसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधि अवलोकन गर्ने छन्। अन्तर्राष्ट्रिय म्यागजिन 'टाइम' ले छनोट गरेको संसारका १ सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेपछि उनी बढी चर्चित छन्। खानलाई युनिसेफले यहाँ ल्याउन लागेको हो। उनी बुधबार बिहान यति एयरको चार्टर्ड जहाजबाट भैरहवा आउने बताइएको छ। भैरहवाबाट गाडीमा यहाँ आउँदा बिहानको खाजा कार्यक्रम लुम्बिनीमा राखिएको छ। बिहान १० देखि १२ बजेसम्म सहभागी भई उनी र्फकने कार्यक्रम छ।

युनिसेफका अधिकारी दुई दिनदेखि पकडीमा बसेर कार्यक्रमको तयारी गरिरहेका छन्। खानको कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिन युनिसेफका पदाधिकारीले जिल्लास्थित सुरक्षा अधिकारीलाई आग्रह गरेका छन्। त्यस अनुरूप व्यवस्था गरिएको सुरक्षा अधिकारीले बताए। खान आउने भएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be