काठमाडौँ 

2.0 को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा चलाउने मोबाइल चलाउने हरेक ब्यक्ति  हत्यारा हुने देखाइएको छ  । मोबाइल  एकठ्ठा भएर एक भयानक मान्छे बन्छ जुन फिल्मको भिलेन पनि हो । ट्रेलरमा संवाद कम एक्सन बढी छ ।

अक्षय कुमार र रजनीकान्त स्टारर यस फिल्मको हिन्दी र तमिल भाषामा ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म ठूलो बजेट र भिएफएक्सका कारण लामो समयदेखि चर्चामा थियो । अक्षय कुमार यसमा भिलेनको रुपमा देखिएका छन् । रजनीकान्त पनि महत्वपूर्ण भूमिकामा छन् ।  
 
फिल्ममा रजनीकान्त र अक्षय कुमारका अलावा फिल्ममा अभिनेत्री एमी ज्याक्सको पनि मुख्य भूमिका छ । एस संखरले निर्देशन गरेको फिल्मलाई निर्देशक  स्वयमले २.० को  पटकथा लेखेका हुन् । ५ सय करोडमा बनेको यो फिल्म एक्सनबाट भरपूर छ ।