गहभरी आँशु लिंदै कार्कीले गरे ‘जीवन सङ्घर्ष’को लोकार्पण

  • Admin
  • Published On: April 05,2018

बर्मा, म्यानमार र नेपाललाई जन्मभूमि, कर्मभूमि, पितृभूमि बनाएका थाई नेपाली संघका अध्यक्ष एवंम् कलाकार कुमार कार्कीको आत्मकथा ‘जीवन सङ्घर्ष’ लोकार्पण गरिएको छ । कार्कीका दुख भोग अनि अनुभव समेटिएको यस पुस्तकलाई काठमाडौँको अन्नपूर्ण होटलमा आयोजित पत्रकार भेटमा लोकार्पण गरिएको हो ।

सुपरस्टार राजेश हमाल, संस्कृतविद सत्यमोहन जोशी, वरिष्ठ अभिनेत्री भुवन चन्दसामु गहभरि आँशु लिंदै आप्रवासी कुमारले नेपालप्रतिको आफ्नो प्रेम, सम्मान सद्भाव प्रकट गरे । बर्मादेखि थाईल्याण्ड र नेपालसम्मको अनुभव बटुलेको यस पुस्तक लोकार्पण कार्यक्रममा अभिनेता प्रदीप खड्का, अमृत ढुंगानान, राजन राज पौडेल, अभिनेत्री पूजाना, साहित्यकार दिनेश अधिकारी लगायत अन्य उपस्थित थिए ।

कार्यक्रममा बोल्दै पुस्तक किताव सम्पादक रमेश खड्काले सम्पादनका दौरान आफुलाई बर्मा र थाईल्याण्ड बुझ्न निकै सजिलो भएको बताए । 

कार्कीका हजुरबुवाका पुस्ता त्यतिखेर दोश्रो विश्वयुद्ध ताका बर्मा पुगेका हुन् । गोर्खा सनिकका रुपमा । आज पनि त्याँहा गोर्खाको छुट्टै पहिचान रहेको छ । समिक्षक रामकृष्ण रेग्मीले यस कितावको शैली बगेको बताउंदै डिस्कोर्स लाई फलो गरेको बताए । विदेशमा पढ्न पुगेका, काम गर्न पुगेकाले यो पुस्तक पढ्नै पर्ने बताए ।

अर्का समिक्षक डा.चुडामणि योगीले आफुले जीवन सङ्घर्ष होइन कार्कीका आँखा पढेको बताए ।  फिल्म प्रेम गीत २ मा कार्कीका आमाको भूमिकामा देखिएकी अभिनेत्री चन्दले म्यानमारसंग आफ्नो छुट्टै सम्बन्ध रहेको बताए  । उनले भनिन् ‘मेरो श्रीमान पनि म्यानमार कै हुन्हुन्छ’ ।

१३० वर्षअघि बर्मा पुगेका नेपालीमा नेपालको भाषा, संस्कृति, लवाई, खवाईप्रति निकै सम्मान थियो । आज पनि नेपालप्रतिको माया त्यहाँका नेपालीमा देख्न सकिन्छ  । कार्यक्रममा बर्माका नेपाली बालबालिका बिभिन्न भेषभुषामा उपस्थित थिए । यसले पनि देखाएको थियो । कसरी त्यहाँ पुगेका पुर्खाले नेपालबारे सिकाए भनेर  ।

थाईल्याण्डमा पनि एक लाख भन्दा बढी नेपाली मूलका मानिसहरू बसोबास गरिरहेका छन् ।

त्यस्तै महा नायक राजेश हमालले आफु १६ का हुँदा बर्मा पुगेका कुरा सम्झे । थाईल्याण्डमा बस्ने नेपालीहरुमा नेपालप्रति छुट्टै प्रेम रहेको बताए । उनले भने ‘एकदिन चाँही भाईबहिनीहरु आएर मलाई भन्दै हुनहुन्थ्यो, ओ हो दाई तपाईको बर्मामा फिल्म लाग्दा त हाम्रा स्वास्नी भाँडा मोल्दा मोल्दै छोडेर भाग्छन्’ ।

कार्यक्रममा भावुक हुँदै कार्की कुमारले आफुले धेरै शिक्षा लिन नपाए पनि नेपालका बिषयमा जानकारी दिने विश्वविद्यालय आफ्नै परिवार रहेको बाताए । उनले भने ‘आफ्नो जीवनकालमा एकचोटी पनि नेपाल नदेखेका मेरो परिवारले – नेपालमा यस्तो खाजा खाईन्छ, लगा लगाईन्छ, यस्तो संकृति मनाइन्छ भनेर सिकाउनु भएको थियो’।

उनको आँखामा टिलपिल भएका आँशुले पनि बताईरहेको थियो नेपाली नागरिकता नभए पनि उनीभित्रको नेपालीपन । कार्कीले कार्यक्रममा महाभूकम्पपछि सिन्धुपाल्चोकको माझि वस्तीमा सहयोग गरेको सम्झना गर्दै धुर्मुस सुन्तली फाउन्डेसनलाई नगद रु पांच लाख सहयोग गरे ।

IMG_0332

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be