‘कान्छी’ हेर्न पुगेका माओवादी अध्यक्ष प्रचण्डले श्वेतालाई साथि सम्बोधन गरे -हाम्रो दुख एउटै
- Admin
- Published On: April 01,2018
अभिनेत्री श्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ को भी.आई.पी शो सम्पन्न भएको छ । आइतबार काठमाडौँको कुमारी हलमा आयोजित शो हेर्न पुर्व प्रधानमान्त्री एवंम् माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड,लाल बाबु पण्डित, नयाँ शक्ती पार्टी नेपालकी नेतृ हिसिला यमी , सामाजिक बिकाश मंत्री प्रदेश नम्बर ३ का युवराज दुलाल लागायत अन्यले फिल्म हेरेका छन् ।
फिल्म हेर्न व्यापार क्षेत्रका प्रतिनिधिहरु, सामाजिक सेवाका प्रतिनिधिहरु पनि उपस्थित थिए । कार्यक्रममा प्रचार सामाग्री डिजाइनर सुन्दर श्रेष्ठलाई पनि सम्मानित गरियो । सुन्दरलाई प्रसंसापत्र दिंदै प्रमुख अतिथि प्रचण्डले कलाको क्षेत्रबाट राष्ट्रको गौरब अभिबृद्धि गरेकोमा सुन्दरलाई बधाई ज्ञापन गरे ।
त्यस्तै उनले आफ्नो र अभिनेत्री श्वेताको दुख एउटै रहेको बताए । उनले भने ‘मैले धेरै साथिहरुसंग कान्छीको चर्चा गरें, तर कान्छीको कथा नबताउनुस है भने, श्वेता जी र हाम्रो परिवार एउटै पिडाबाट हामी गुज्रेको छौं । त्यहि पिडाको अनुभूतिको समानताले पनि , जिम्मेवारी पनि बोध गरें, भावानात्मक अनुभूतिको तिब्रताका कारणले पनि म आज यो कार्यक्रममा उपस्थित छु । यो सफल प्रदर्शन भैईसकेको हुनाले कान्छीलाई, निर्देशक सबैलाई बधाई दिन चाहान्छु’ । श्वेता जी ले आफ्नो पिडालाई जुन शक्तिमा बदल्ने आँट गर्नुभाछ, म बधाई पनि भन्न , मैले पनि आफ्नो परिवारको बिछोडको पिडालाई नजिकलाई गुमाउँदा खेरिको पिडालाई राष्ट्र निर्माणमा लगाउने संकल्प गरेको छु, म आफुजस्तै साथि श्वेतालाई ठानेको छु’ उनले थपे ।
त्यस्तै फिल्मका निर्देशक आकाश अधिकारीले आफुले पाएका अवार्डहरुमा उत्कृष्ट चाहिं प्रचण्डको हातबाट प्राप्त गरेको नै बताए । साथै चलचित्र निर्माता संघका अध्यक्ष एवं उद्द्योग वाणिज्य माहंसघका केन्द्रिय सदस्य समेत रहेका उनले कायक्रममा उपस्थित सरकार प्रतिनिधि समक्ष फिल्म क्षेत्रका दुई समस्या पोखेका छन् ।
‘झन्डै ८ वर्ष अगाडिको नेपाली चलचित्र क्षेत्रको चाहना, सपना यथा सिघ्र “बक्स अफिस”, नेपाल चलचित्र निर्मातासंघ बाट म स्वएम र चलचित्रसंघ समेत सदस्य रहेको चलचित्र बिकास बोर्ड द्वरा गठित बक्स अफिस कार्यनयन समितिले तोकेको उपत्यका भित्र बैशाख १ गते र बहिर फागुन १ गते भित्र सम्पन्न हुनेगरी कार्य अघिबढाइ दिन अनुरोध गर्दै, आफु नेपाल चलचित्र निर्मातासंघ को अध्यक्ष मा निर्वाचित भय लगतै नेपाल चलचित्र क्षत्रलाई राज्यको मन्यता प्राप्त निर्यात, मूखी तथा पर्याटन उद्धोग को मान्यता दिलाउन उधोग मन्त्रालय बाट ९० % कार्य अघी बढी सकेको छ । यथा सिघ्र यस कार्यले अन्तिम रुप लिओस भन्ने अनुरोध गर्दछु’ उनले थपे।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved