फान अवार्डको ‘दीर्घ साधना सम्मान’ नीर शाहलाई, प्रधानमन्त्री केपी – ‘देशले मागेको फिल्म बन्नुपर्छ'

  • Admin
  • Published On: March 31,2018

नेपाल चलचित्र कलाकार संघको आयोजनामा सम्पन्न दोस्रो फान अवार्ड २०७३ द्वारा वरिष्ठ कलाकार नीर विक्रम शाहलाई ‘दीर्घ साधना सम्मान’ बाट  सम्मानित गरिएको छ  ।  शुक्रबार काठमाडौँको आर्मी अफिसर्स क्लबमा सम्पन्न फान अवार्डमा वर्ष लोकप्रिय नायक/नायिकामा प्रदीप खड्का र साम्राज्ञी  राज्य लक्ष्मी शाह र चलचित्र पत्रकार विशेष सम्मानबाट धुर्व लम्साल र लक्ष्मण सुवेदी सम्मानित भएका छन् ।

फान अवार्ड २०७३ मा छक्का पञ्जाको वर्चस्व थियो  ।  ८ विधाका अवार्डहरुलाई छक्का पञ्जा टिमले नै हात पारे । ‘जात्रा’बाट अभिनेता विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड आफ्नो पोल्टामा राख्न भ्याए भने अभिनेत्रीतर्फ ‘डाइङ क्यान्डल’बाट सिर्जना सुब्बा उत्कृष्ट बनिन् ।  त्यस्तै निर्देशक प्रदीप भट्टराईले ‘जात्रा’बाट उत्कृष्ट कथाको अवार्ड उचाले । उत्कृष्ट फिल्ममा ‘छक्का पन्जा’ले अवार्ड समात्दा दीपाश्री निरौलाले नवनिर्देशकको अवार्ड प्राप्त गरिन् ।

  अवार्ड कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नीर शाहलाई बधाई दिंदै चलचित्रकर्मीले कथाले मागे अनुसारको चलचित्र नभई देश मागेको चलचित्र बनाउनु पर्ने बताए । साथै उनले     नेपाल, ह्यान्डसम र ब्युटिफुलको देश रहेको बताए । उता, नगद एक लाख आ हजार १ सय ११ सहित ताम्रपत्रले समानित भएका नीरले भने ‘मृत्युले मलाई चलचित्र क्षेत्रबाट अलग गर्नेछैन’ ।

चलचित्र कलाकार संघका महासचिव सरिता लामिछानेले भने ‘पुरस्कार नपाउनु हार्नु होइन’ । त्यस्तै अध्यक्ष राम केशरी बोगटीले उक्त कार्यक्रममा सरकारका प्रतिनिधि सामु ‘सोध भर्ना जग्गा’ सम्बन्धि आफ्ना समस्या पोखे  ।

मनोरन्जनात्मक कार्यक्रम अनि कमेडी सहितको यस कार्यक्रममा संचालकहरु पनि भाग- भागमा फेरिका थिए  । शुष्मा कार्कीको नृत्यमा दर्शक दीर्घ झुमेका थिए ।

विजेताहरुको सुची:

उत्कृष्ट कथाः जात्रा
उत्कृष्ट पटकथाः दीपकराज गिरी (छक्का पञ्जा)

उत्कृष्ट संवादः दीपकराज गिरी, केदार घिमिरे जितु नेपाल ( छक्का पञ्जा)

उत्कृष्ट फिल्मः छक्का पञ्जा
उत्कृष्टः निर्देशकः हेमराज बिसी ( गाजलु)
उत्कृष्टः अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्रीः सृजना सुब्बा (डाइङ क्याण्डल)
उत्कृष्ट नव निर्देशकः दीपाश्री निरौला (छक्का पञ्जा)
उत्कृष्ट नव नायकः आर्यन अधिकारी (के म तिम्रो होइन र)
उत्कृष्ट नव अभिनेत्रीः सृष्टि श्रेष्ठ (गाजलु)
उत्कृष्ट सह अभिनेताः जितु नेपाल
उत्कृष्ट सह अभिनेत्रीः बर्षा राउत
उत्कृष्ट चरित्र अभिनेताः सन्तोष पन्त (किस्मत २)
उत्कृष्ट चरित्र अभिनेत्रीः गेरी मल्ल (के म तिम्रो होइन र)
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे (छक्का पञ्जा)
उत्कृष्ट खलपात्रः दीपकराज गिरी (छक्का पञ्जा)
उत्कृष्ट द्वन्द्व निर्देशकः एनबी महर्जन (जय परशुराम)
उत्कृष्ट सम्पादनः मित्र डी गुरुङ (जात्रा)
उत्कृष्ट छायांकनः रविन आचार्य (डाइङ क्याण्डल)
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल (शब्द)
उत्कृष्ट गायकः कालिप्रसाद बाँस्कोटा (पुरानो डुङ्गा)
उत्कृष्ट गायिकाः मीना निरौला (लुट २)
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी (छक्का पञ्जा)
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज (छक्क पञ्जा)

 

 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be