मंसिर ५ मा केकीका दुई फिल्म
- News Page
- Published On: September 16,2014
मंसिर ५ गते अभिनेत्री केकी अधिकारीद्धारा अभिनित दुई फिल्म एकसाथ प्रदर्शनमा आउने भएका छन् । फिल्म ‘माइ प्रमिश’ को पनि मंसिर ५ गते नै प्रदर्शन मिति तोकिएपछि केकीका दुई फिल्म एकआपसमा जुध्ने निश्चित भएका हुन् । यसअघि केकी अभिनित ‘श्री ५ अम्बरे’ ले सोही मितिमा आफ्नो प्रदर्शन मिति तोकिसकेको छ ।
विविध कारणवश फिल्म ‘माइ प्रमिश’ पटकपटक प्रदर्शन मिति रोकिएको थियो । सिंगापुरे लाहुरेहरुको कथामा केन्द्रित फिल्म ‘माइ प्रमिश’ आउँदो मंसिर ५ गतेलाई भने निर्माण युनिटले अन्तिम प्रदर्शन मिति भनेको छ ।
टिआरएएनजी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘माइ प्रमिश’ लाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । यो फिल्ममा रमेशचन्द्र राई, केकी अधिकारी, नरकुमार लिम्बु, विल्सन विक्रम राई ‘तक्मे बुढा’, अनुराग कुवंर लगायतका कलाकारहरुको अभिनय छ । बनिश शाहको सम्पादनमा तयार भएको फिल्म माइ प्रमिशमा महेश खडकाको सँगीत एवं रोशन श्रेष्ठको द्धन्द निर्देशन छ । गोविन्द राई यो फिल्मका नृत्य निर्देशक हुन् ।
जिवनसाथी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘श्री ५ अम्बरे’ मा सौगात मल्लको शिर्ष भूमिका छ । फिल्मलाई दिपा बस्नेतले निर्देशन गरेकी हुन् ।
चलचित्र सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त फिल्म ‘माइ प्रमिश’ को रिलिज अघि नै देश तथा विदेशका विभिन्न स्थानमा च्यारिटी शो समेत गरिएको छ । हङकङ, सिंगापुर लगायतका देशहरुमा फिल्मको च्यारिटीबाट राम्रो प्रतिक्रिया मिलेको थियो ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved