हेटौडामा किन चलचित्र पत्रकारिता कार्यशाला ?
- News Page
- Published On: September 12,2014
तीन दिने चलचित्र पत्रकारिता कार्यशाला हेटौंडामा सुरु भएको छ । भदौ २७ गतेदेखि भदौ २९ गतेसम्म सञ्चालन हुने कार्यशालाको चलचित्र संघको संस्थापक अध्यक्ष भरत शाक्य, वर्तमान अध्यक्ष शान्तिप्रिय, मकवानपुर शाखा अध्यक्ष रामशरण दुलाल र चितवन शाखा अध्यक्ष रवि अधिकारीले दिप प्रज्जवलन गर्दै संयुक्त रुपमा औपचारिक उद्घाटन गरे ।
संस्थापक र वर्तमान अध्यक्ष क्रमशः शाक्य र प्रियले हेटौंडाको चलचित्र पत्रकारिता कार्यशालाले सहभागी पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने आशा व्यक्त गरे । लेखक, निर्देशक एवं कलाकार मोहन निर्रौलाले यस कार्यशालाले फिल्मकर्मी र पत्रकारको सम्बन्धलाई बजबुद पार्दै चलचित्र पत्रकारिता थप फस्टाउँने विश्वास व्यक्त गरे । कार्यशालामा काठमाण्डू, हेटौंडा, पोखरा र चितवनका करिब चालिस जना पत्रकार सहभागी छन ।
कार्यशालाको पहिलो दिनमा वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधरले 'चलचित्र पत्रकारिता इतिहासदेखि वर्तमानसम्म' को कार्यपत्र प्रस्तुत गरे । वरिष्ठ फिल्मकर्मी मोहन निर्रौला र चलचित्र पत्रकार राजेश खनालले 'चलचित्र आलेख' सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् भने संस्थापक अध्यक्ष भरत शाक्यले 'विधुत्तिय सञ्चार माध्यममा चलचित्र पत्रकारिता' विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
शाखा स्थापना भएको ७ वर्षपछि बृहत कार्यशाला आयोजना गर्न सफल भएकोमा हेटौंडा चलचित्र पत्रकार शाखाका सचिव एवं कार्यशाला गोष्ठीका संयोजक मणिराज गौतमले खुसी व्यक्त गरे । स्थानिय पर्यटनलाई फाइदा पुगोस् भनेर पनि यस प्रकारको कार्यशाला आयोजना गरेको उनले बताए । हेटौंडा शाखाको सचिव एवं कार्यशालाका संयोजक गौतमले न्यूजपेजथ्रीडटकमसँग भने, काडमाण्डू र अन्य जिल्लाबाट हेटौंडा आएका पत्रकार साथीले पानी पुरी खाँदा र रिक्सा चढ्दा पनि यहाँको पर्यटनलाई लाभ हुन आउँछ । यस प्रकारको कार्यक्रम आयोजना गर्न पाउँदा हेटौंडा शाखा गर्व एवं खुसीको महसुश गर्दछ । उनले प्रस्तुत गरेको कार्यपत्र यस्तो छ :
भूमिका
प्राकृतिक सौन्दर्यता र ऐतिहासिक धरोहरको धनी मानिने मकवानपुर जिल्ला नेपाली चलचित्र क्षेत्रको लागि छायांकन स्थलको राम्रो गन्तव्य बनेको छ । यहाँका हराभरा जंगल होस् या मानव निर्मित पर्यटकिय स्थल होस् । चलचित्रका कथाले यस्ता दृष्यलाई तानिरहेको छ ।
पर्यटनको गन्तव्यको रुपमा चिनिने मकवानपुरका अधिकांश क्षेत्र चलचित्र छायांकनका दृष्टिकोणले उपयुक्त छन् । त्यसमा पनि स्विजरल्याण्ड उपनामले चिनिएको दामन, पालुङ क्षेत्र, मार्खुको बाख्रा फार्मको घाँसे मैदान, इन्द्रसरोबर ताल, चित्लाङ, त्यहाँका होमस्टे, ऐतिहासिक मकवानपुर गढी र चिसापानी गढी, हेटौँडाको सहिद स्मारक, बनस्खण्डी मन्दिर, पुष्पलाल पार्क, हेटौँडा औद्योगिक क्षेत्र, हेटौँडा सिमेन्ट उद्योग, अन्तराष्ट्रिय मुर्तिकला एवं पर्यटकिय पार्क, गौरीटारस्थित सल्लाघारी, कुष्माण्ड सरोबर त्रिवेणी धाम, चुरियामाई मन्दिर, भुटनदेवी मन्दिर, मत्स्य विकास केन्द्र, हरित शहर हेटौँडा, पश्चिमी मकवानपुरको सरिखेतमा रहेको चेपाङ संग्राहलय लगायतका क्षेत्रमा धेरैको नजरमा परेको छ ।
विषय प्रवेश
मकवानपुरमा चलचित्र छायांकनका लागि त्यस क्षेत्रका सरोकारवाला निकायले चलचित्र निर्माताहरुलाई आप्mनो तर्फबाट सक्दो सहयोग गर्दै आएका छन् । मकवानपुरका होटल व्यवसायीहरुले चलचित्रकर्मीको बसाईलाई सुखद बनाउन आप्mनो तर्फबाट गरेको सहयोग प्रशंसनिय छ । मकवानपुरको प्रहरी प्रशासनसहितका सरकारी एवं गैरसरकारी निकायहरुले चलचित्रको छायांकन एवं प्रसारणका क्रममा गरेको सहजिकरणका कारण मनोरञ्जन क्षेत्रमा संलग्नहरुको प्रशंसा पात्र बनेका छन् । विशेष गरी चलचित्रका निर्देशकहरु चलचित्र छायांकनका लागि राम्रो दृष्य खोज्दै मकवानपुर आउने गर्दछन् । कहि कतैं आँखाले राम्रो देखियो भने त्यही स्थललाई क्यामारामा कैद गर्न सिपालु निर्देशकहरु मकवानपुरको पर्यटकिय क्षेत्रमा लोभिइरहेका छन् ।
मकवानपुर जिल्लामा वि.सं. २०५२ सालमा सञ्जयबाबु ढकालले चलचित्र सिन्दुर पोते छायांकन गरेपछि यो जिल्ला निर्माता, निर्देशकको आँखामा पर्न थालेको हो । ढकालले चलचित्रमा मकवानपुरको गौरीटारस्थित सल्लाघारी, नवलपुरको स्मारक लगायतका विभिन्न स्थानमा छायांकन गरेका थिए । हालसम्म मकवानपुरमा दजनौं नेपाली तथा भोजपुरी चलचित्र र साना पर्दाका धेरै चलचित्र छायांकन भईसकेका छन् । सिन्दुर पोतेबाट चलचित्रमा हेर्न पाइएको मकवानपुर जिल्लाको सौन्दर्यलाई बलिदान, मन, राजकुमार, भाग्य, बसन्त ऋतु, माया त माया हो, पछ्यौरी, हिफाजत, मनमनै मनपराएँ, सिन्दुर, विरताको चिनो, कन्यादान, कर्णविर, बाटोमुनीको फूल, दबाब, हेल्लो प्रकृति, बडिगार्ड, हवल्दार सुन्तली लगायत कयौ चलचित्रमा हेर्न पाइएको छ ।
नेपाली मात्रै नभई भोजपुरी चलचित्रको छायांकनको गन्तव्य समेत बन्दै आईरहेको मकवानपुरमा प्यार किया तो डरना क्या, साथि रे, अनाडि खेलाडि लगायतका चलचित्र सुटिङ भइसकेका छन् भने मकवानपुरको सौन्दर्यतासँगै पूर्वपश्चिम आवतजावत गर्ने राजमार्ग यही पर्ने कारणले गर्दा कयौं चलचित्रहरुले फाट्टफुट्ट छायाँकन गर्दै आइरहेको अवस्था छ । यतिमात्रै होइन तामाङ सामुदायको बाहुल्यता रहेको मकवानपुरमा पछिल्लो समय तामाङ भाषाको चलचित्रहरु धमाधम निर्माण एवं छायांकन भइरहेका छन् ।
मकवानपुरमा कलाकर्मीको स्थिति
मकवानपुर कलाकर्मीको संख्या र गुणस्तरको दृष्टिकोणले सम्पन्न जिल्ला हो भन्नु अनुपयुक्त नहोला । बरिष्ठ संगितकर्मी एवं साहित्यकार स्वर्गिय भीमविरागको जिल्ला मकवानपुरमा अहिलेसम्म आइपुग्दा दजर्नौको संख्यामा कलाकार जन्मिसकेका छन् । संगित क्षेत्रका हस्तिहरु ‘आलु र तामा हजुर छेपारोलाई जामा’ बोलको चर्चित गितका गायक सोमबहादुर घलान, बरिष्ठ तवलाबादक भोला जोशी, संगितकार लाल श्रेष्ठ, गायिका सुशिला पाण्डे मानन्धर, गायक कृष्ण गोपाल सिंह, संगितकार प्रमेन्द्र महर्जन, गायक एवं संगितकार स्वर्गिय ज्ञानविर क्षेत्री, संगितकार एवं गायक इश्वर खड्का, लक्ष्मण शेष, चेतन सापकोटा, मुम्बईसम्म आफ्नो पहिचान स्थपित गर्न सफल संगितकार शिखर सन्तोष, गायक सुजिल कर्माचार्य, सुरेन्द्रमान सिंह लगायतका संगितकर्मीहरुले राष्ट्रिय पहिचान बनाईसकेका छन् । पछिल्लो पुस्तामा गायक सुदिप क्षेत्री, कमल क्षेत्री, कोशिस क्षेत्री, अन्जन दाहाल, डान्सर अर्जुन गौतमसहितका युवाले पनि मकवानपुरलाई कला क्षेत्रबाट चिनाएका छन् । लोकगायक ऋषिलाल श्रेष्ठ, पम्फा थापा मगर, राजन बोगटी, अस्मिता खड्का, एरेन्जर शौलेस श्रेष्ठ, उदयराज पौडेल, संगितकार मनोज चौलागाई मकवानपुरका कला साधक हुन् ।
चलचित्र क्षेत्रतर्फ कलाकारितामा जमेका द्वन्द निर्देशक एवं निर्माता राजेन्द्र खड्गी पनि मकवानपुरकै हुन भन्दा हामीलाई गर्व महसुस हुन्छ । निर्माता एवं चलचित्र वितरक नरेन्द्र महर्जन, निर्देशक राजेन्द्र उप्रेति, गोविन्द गौतम, छायाकार राजु केसी, नायक अभय श्रेष्ठ, नविन श्रेष्ठ, अमिर गौतम, सुलेमान शंकर ‘इकु’, नायिका ऋचासिं ठकुरी, हर्षिका श्रेष्ठ, निता ढुंगाना, कलाकार विष्णु सापकोटा ‘हर्के हवल्दार’, सुशान्त श्रेष्ठ, धु्रव न्यौपाने, मेम्बर लो, अहिले पनि कलाकारितामा जमिरहेका छन् ।
नाट्य क्षेत्र मकवानपुरको नाम राष्ट्रियस्तरमा पु¥याउने माध्यम बन्दै गएको छ । कलाकर उज्जवल शर्मा भण्डारीको मेहनतबाट संचालित तरंग सास्कृतिक परिषद जसबाट अन्तराष्ट्रियस्तरसम्म आप्mनो कला प्रस्तुत गरेका कयौं कलाकारले पहिचान बनाईसकेका छन् । कलाकार भोलाराज सापकोटा, सहदेव पौडेल, पछिल्लो पुस्ताका रामलक्ष्मण अहिले कलाकारितामा चलेका नाम हुन् । साहित्यकार तुल्सी थापा, व्यंग्यकार आरसी रिजाल, निमेष निखिल, आरआर चौलागाई, देवराज खरेल, ह्याग्रिव आचार्य यस क्षेत्रका मुर्धन्य व्यक्तित्व हुन् ।
चलचित्र पत्रकारिता र मकवानपुर
कला, साहित्य र नेपाली चलचित्रको पर्दामा जमेको कलाकालितासँगै मकवानपुरमा यसको पत्रकारिता पनि आकर्षणको क्षेत्र बन्दै गएको छ । विगतदेखि नै मकवानपुरबाट चलचित्रका समाचारहरु स्थानिय एवं राष्ट्रिय संचार माध्यममा आइरहे पनि एक दशक अघिबाट ‘विट पत्रकारिता’को रुपमा चलचित्र पत्रकारिता शुरु भएको इतिहास छ । बिसं २०६४ सालमा चलचित्र पत्रकार संघको स्थापना भएपछि चलचित्र पत्रकारिताले फष्टाउने अवसरसँगै संस्थागत रुप लियो ।
अहिले मकवानपुरबाट प्रकाशित हुने हरेक दैनिक तथा साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिका र अनलाईनले चलचित्रको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको पाईन्छ । यसैगरी, जिल्लामा संचालित ९ वटा रेडियोले चलचित्रका कार्यक्रमहरुलाई प्रसारण गरिरहेका छन् भने छायांकन एवं प्रदर्शनसम्मका गतिविधिहरु मकवानपुरका संचारमाध्यमहरुको खबर बन्ने गरेका छन् । यसका साथै मकवानपुरका चलचित्र पत्रकारहरुले विभिन्न चलचित्र महोत्सव, राष्ट्रिय कलाकारबीचको फुटवल प्रतियोगिता, नाटक महोत्सव जस्ता कार्यक्रममा आप्mनो प्रत्यक्ष संलग्नता देखाई कला क्षेत्रको प्रवद्र्धनमा खेलेको भुमिका मोफसलमा मात्र नभई राष्ट्रियस्तरमा पहिचान बनाउन सफल भएको प्रमाण २०६८ सालमा मकवानपुरमै क्रियाशिल पत्रकारले मोफसलतर्फको चलचित्र पत्रकारिता पुरस्कारले प्राप्त गर्नु पनि एक हो ।
सिनेमा हलको अवस्था
पाँच दशक अघि स्थापना भएको देवि सिनेमा हलबाट नै पहिलो पटक मकवानपुरमा सिनेमा प्रर्दशन गरिएको थियो । देवि हलले लामो समयसम्म यहाँका दशर्कहरुलाई मनोरञ्जन दिलाउन योगदान गरेको थियो । विविध कारण दश बर्ष अघि बन्द भएपनि यसका स्थापनाकार प्रचण्ड जोशीलाई चलचित्र क्षेत्रले सम्झनुपर्ने नाम बनेको छ । त्यतिबेलाकै हाईभिजन हलको रुपमा नाम कमाएको पल्पसा हल जसलाई अशोक शाक्यले संचालनमा ल्याएका थिए । यो हल पनि निरन्तर चल्न नसकि बन्द भयो र सभा हलको रुपमा परिमार्जित भएको छ, जुन अहिले हाम्रो कार्यक्रम भइरहेको स्थल हो । यसैगरी, मकवानपुरको हर्नामाडिमा हाईभिजन हलको रुपमा नारायण श्रेष्ठले संचालन गरेको हल पनि मकवानपुरको एउटा इतिहास बनिसकेको छ । यस्तै दामनको शिखर हल केही समय सञ्चालनमा रहे पनि निरन्तरता पाउन सकेन ।
अहिले ३ दशक अघि स्थापना भएको ओम चलचित्र मन्दिर मकवानपुरका सिने पारखीहरुको सन्तुष्टिको गन्तव्य बनेको छ । आदरणिय दाजु तिर्थ प्रधानले जग हालेको ओम चलचित्र मन्दिरलाई शुरुवाति चरणमा निर्माता सुशिल चौलागाईले संचालन गरेर मकवानपुरलाई चलचित्र क्षेत्रमा योगदानको अवसर दिएका थिए । त्यसपश्चात निर्माता एवं वितरकको रुपमा परिचित नरेन्द्र महर्जनले हल संचालनको जिम्मेवारी लिएका छन् । अहिले ओमहलसँगै दुई बर्ष अघिबाट उपत्यका बाहिर सुविधासम्पन्न ‘ओम्याक्स’ हलले नारायणी अञ्चलका दर्शकलाई सुविधा पु¥याईरहेको छ । हेटौँडा बजारमा रहेको नारायणी मलमा दुईवटा मल्टिप्लेक्स हल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
मकवानपुर, नेपाली चलचित्र र चलचित्र पत्रकारिता पर्यायवाचि हुन् । नेपाली चलचित्रको प्रवर्दनमा चलचित्र पत्रकार संघ मकवानपुर शाखा केन्द्रसँगै सधैं हातेमालो गर्न तयार रहेको यहाँ उपस्थित सबैलाई जानकारी गराउन चाहन्छु । पहिलो पटक जिल्लामा भएको यस्तो कार्यशालाले आगामी दिनमा मकवानपुरमा चलचित्र र चलचित्र पत्रकारिताको धारलाई तिखो बनाउने विश्वास लिएको छु ।
प्रस्तुतकर्ता :मणिराज गौतम
सचिव–चलचित्र पत्रकार संघ, मकवानपुर शाखा
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved