मण्डलाको ‘मन्डे मुभिज’ मा इरानी फिल्ममाथि छलफल

  • News Page
  • Published On: September 09,2014

फिल्मबारे छलफल गराउने उद्देश्यले सोमबार मण्डला थियटरमा मन्डे मुभिज नामक कार्यक्रमको आयोजना गरियो । हरेक सोमबार हुने मन्डे मुभिजमा हरेक महिना एउटा देशका फिल्महरु देखाइने छन् । 

त्यसै अन्तर्गत सोमबार इरानी निर्देशक माजिद माजिदीले निर्देशन फिल्म ‘द सङ्ग्स् अफ स्पारो’ प्रर्दशन गरियो । ९६ मिनेटको फिल्म प्रदर्शनपछि फिल्ममाथि छलफल समेत गरियो । फिल्म समिक्षक यज्ञश, निर्देशक निश्चल बस्नेत र इरानी फिल्ममेकर कोमिइल सोहेइली अन्तरक्रियामा सहभागि भएका थिए । 

मण्डे मुभिज क्लबले आयोजना गरेको कार्यक्रममा अन्तरक्रिया फिल्मका प्रविधि, कथावस्तु र अभिनयमाथि केन्द्रित थियो । इरानी निर्देशक माजिदीले निर्देशन गरेको ‘संग अफ स्पारो’ करिम नामक कृषकको चुनौतीमाथि केन्द्रित छ । यस फिल्मले सन् २००८ को बर्लिन अन्तराष्ट्रिय फिल्म महोत्सव अन्तर्गत ‘सिल्भर वियर फर एक्टर’को अवार्ड जित्न सफल भएको थियो । यो फिल्म ८१ औं एकेडेमी अवार्ड अन्तरगत उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्डमा मनोनयनमा परेको थियो । 

निर्देशक माजिदीले निर्देशन गरेको ‘चिल्डेन अफ हेभेन’ ले सन् १९९८ को एकेडेमी अवार्डमा उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड जितेको थियो । फिल्म समिक्षक यज्ञशले फिल्ममा वौद्धिक किसिमको दृश्यका भाषाको प्रयोग भएको जानकारी गराए । ‘यस फिल्ममा प्रयोग भएका दृश्य भाषाको माध्यमबाट निर्देशकले हुँदाखाने वर्गको भावना समातेका छन् । उनी बालबालिका केन्द्रित फिल्म बनाउनका माहिर मानिन्छन् । 

फिल्मको सुरुवातदेखि नै निर्देशकले पात्रहरुमा पोयटिक कन्ट्राडिक्सन गराएका छन’्, उनले भने । त्यस्तै इरानी फिल्ममेकर सोहेइलीले इरानमा विदेशी फिल्महरु हलमा नचल्ने बताए । ‘इरानमा विभिन्न शैलीका फिल्महरु निर्माण भएपनि अन्तराष्ट्रियस्तरमा भने इरानी आर्ट फिल्महरु पुग्ने गरेका छन् । 

अधिकांश इरानी फिल्महरु कविताहरुबाट प्रभावित हुने गरेका छन् । निर्देशक माजिदीले निम्न वर्गका मानिसका कथामा फिल्म बनाउने गरेका छन्,’उनले भने । फिल्म निर्देशक निश्चल बस्नेतले नेपाली फिल्महरुमा कुनै किसिमको विम्बहरु नभेटिने बताए । ‘यस फिल्ममा धेरै विम्बहरु छन् । नेपाली फिल्मको कथाहरुनै राम्रो हुन सकेको छैन् । केही निर्देशकहरुले भने पछिल्लो समयमा नेपाली मौलिकतालाई फिल्ममा समावेश गरिरहेका छन्,’उनले भने ।


समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस फिल्म आर्काभका सदस्यहरुले संयुक्त रुपमा मण्डे मुभिज क्लबको स्थापना गरेका हुन् । यसलाई स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले संञ्चालन गरिरहेका छन् । फिल्मसम्बन्धी रुचि राख्ने व्यक्तिहरुलाई क्लबमा सदस्य भएर फिल्ममाथिका विभिन्न छलफलमा गराउन आयोजक लागि परेको छ । ‘हरेक सोमबार मन्डे मुभिजमा सहभागि भएर फिल्मका प्राविधिक, कथा, अभिनय र कलाका विभिन्न विषयमा अन्तरक्रिया गर्न सकिनेछ । 

फिल्मबारे जिज्ञासा राख्नेहरुलाई केन्द्रित गरेर मन्डे मुभिज संञ्चालन भएको हो । सदस्यबाहेकका फिल्ममा रुचि राख्नेहरुले फिल्म हेर्न र छलफलमा सहभागि हुन सक्नेछन् । एक महिनाभर एउटा देशका फिल्महरुमाथि कुराकानी हुनेछ,’आयोजककी स्मृति ढुंगानाले भनिन् । वार्षिक रुपमा एक हजार रुपैंया तिरेर मन्डे मुभिजमा सदस्य बन्ने सकिनेछ ।


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be