सुन्नुहोस् अञ्जु पन्तको हिन्दु धर्म बिरोधी प्रवचन (भिडियो)
- News Page
- Published On: September 08,2014
दशैंको गीत गाउन नमानेको भन्दै चर्को आलोचना भएपछि चर्चित गायिका अञ्जु पन्तले रुँदै खण्डन गरेकी थिइन् । सबैको सम्मान गर्छु भन्दै समाजिक सञ्जालमा हस्तलिखित पत्र पोष्ट गरिन् । तर, तीनै अन्जुले क्रिश्चियनको एक कार्यक्रममा हाँसी हाँसी हिन्दू गीत नगाउने घोषणा गरेको भिडियो सार्वजनिक भएको छ । जसमा उनले म प्रभुलाई चिनिसकेको मान्छेले अरु भजन गाउन मिल्दैन भनेको सगर्व घोषणा गरेकी छन् । भारतबाट आएको एउटा टोलीले प्रस्ताव गरेको गीतबारे उनले भनेकी छन्-‘यसो शब्द हेर्छु मेरे साइ, मेरे अल्लाह, शिवजी यस्तै-यस्तै थियो । म एकदमै खङग्रङ भएँ ।’
परमेश्वरलाई मैले चिनिसकेपछि अब त्यो ठाउँमा अरुलाई राख्न नसक्ने भन्दै उनले गीत गाउन नमानेको बताएकी छन् । ‘मैले भनेँ तपाईलाई भगवानको अर्थ पनि थाहा छैन होला । माइण्ड नगर्नुहोला भनेर मैले भनेँ’ उनले हाँस्दै भनेकी छन् ।
कुराकानीका क्रममा प्रस्तावकले गीतको शब्दमा प्रभुको नाम पनि छ भन्दै देखाएको र गाउन आग्रह गरेको उनले बताइन् । रचनाकारको किड्नी फेल छ, उहाँका लागि गाइदिनुस्, सबै धर्म एउटै हो भन्दै प्रस्ताव गरेको सुनाउँदै भिडियोमा अञ्जुले भनेकी छन्-सबै धर्म एउटै होइन, तपाईले बुझ्नुहोला यो कुरा ।’
त्यसपछि आफूले प्रस्तावित गीतमा रहेका शब्दहरुमा मेरे इश्वर, मेरे प्रभु परमेश्वर जस्ता शब्द राख्न लगाएको भन्दै अन्जुले बेलिस्तार लगाएकी छन् । उनले सगर्व भनेकी छन्-‘दुई वटा अन्तरापछि अल्लाह आयो । मलाई फेरि ढुकढुक भयो । रेकडिङमा गएपछि अल्लाहको ठाउँमा मेरे मसिह गाएँ ।’
अन्जु भन्छिन्-यसलाई धेरै नउचालौं
यसैबीच भिडियोबारे कुरा गर्दै पन्तले पहिलाको कुरा कोट्याउँदै जाने हो भने धेरैको धेरै कुरा आउने बताइन् ।
टेलिफोन कुराकानीमा उनले भनिन्-‘यस्ता कुरालाई बढवा दिएर कसले के हुन्छ ? के तपाईहरुले धर्मयुद्ध गराउन खोज्नु भएको ?’ यसबारे आफूले धारणा सार्वजनिक गरिरहेको भन्दै उनले धेरै नउचाल्न आग्रह गरिन ।
साभार : अनलाइनखबरडटकम
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved