'कोहिनूर' प्रदर्शनको यात्रा / कायम भए अनेक रेकर्ड
- News Page
- Published On: September 05,2014
मोफसल रिपोर्ट, श्रावण २३ बाट देशभर रिलिज भएको फिल्म कोहिनूरले प्रदर्शन भएको लगभगसम्पूर्ण हलहरुमा १ महिनाको प्रदर्शन अवधि पुरा गरेको छ । चौथो साता पुरा गरेर पाँचौ सातामा प्रवेश गर्दा समेत फिल्मले थोरै मात्रामा पर्दा संख्या गुमाउदै छ । झन्डै ९ करोडको ग्रस व्यापार गरिसकेको फिल्म हेर्न अझै पनि दर्शकको फलो हलमा घटेको छैन । ओपनिङ्ग समेत राम्रो गरेको फिल्मले नायक एवं निर्माता श्रीकृष्ण श्रेष्ठको निधन पछि देशभरकै हलमा आक्रामक व्यापार गर्न सफल भएको थियो ।
श्रीकृष्णलाइ अन्तिम पटक उनि अभिनित फिल्म हेरेर समवेदना प्रकट गर्न हलमा दर्शक त आएका थिएनै भने फिल्मको कथाबस्तु र प्रस्तुतिकरणले गर्दा फिल्मको वर्ड अफ माउथ पनि बलियो भएको थियो । फिल्म प्रदर्शन भैरहेको पूर्वी नेपालको अधिकांश स्टेसनमा फिल्म पाचौ सातामा प्रवेश गर्दा फिल्म हेर्ने दर्शक अझै कोहिनूर हेर्न हल आइरहेका छन् । पुर्वको दमक बिर्तामोड धरान झुम्का लगायतका स्टेसनमा फिल्मले हल संचालन भए देखिकै ऐतिहासिक र रेकर्ड राख्ने कलेक्सन गर्न सफल भएको सम्बन्धित हलसंचालकले जानकारी गराएका छन् । हल संचालक र वितरकले
जनाए अनुसार यो व्यापार हल खोले देखि अहिले सम्मकै सर्वाधिक हो । फिल्म हेर्न मानव सागर नै हलमा ओर्लेको थियो भने भिड नियन्त्रण गर्न प्रहरी परिचालन गर्नु परेको थियो रबिगतमा न कुनै फिल्मले यतिको दर्शक हलमा ल्याएको नतआउने दिनमा कोहिनूरले गरेको व्यापार अन्य फिल्मले तोड्न सक्ने हलसंचालकको दाबी रहेको छ । श्रीकृष्णको निधनले हलमा दर्शकको भिड ल्याए पनि फिल्म हेरेको एक दर्शकले अन्य ३० जना लाइ फिल्म हेर्न सिफारिस गरेकोले यो अवधिसम्म पनि फिल्मको व्यापार नघटेको उनीहरुको तर्क रहेको छ । धरानको गणेश टाकिजका म्यानेजर भोलामान श्रेष्ठ आफ्नो हलमा करिब २७००० भन्दा बढी दर्शकले फिल्म हेरिसकेको डाटा प्रस्तुत गर्छन ।
यसअघि सुपरहिट मानिएको फिल्म समेत २ हप्ता मात्रै चलेको र कोहिनूरको १ महिने अवधिमा हलमा फिल्म हेर्न नआउने दर्शक देखि लिएर १५ वर्ष पछि फिल्म हेर्न आएका दर्शक समेत आफुले भेटेको उनको कथन थियो । उता पाथिभरा चित्र मन्दिर दमकका म्यानेजर एवं कोहिनूरको पुर्वान्चल वितरण हेरिरहेका चैतन्य बराल समेत आफ्नो फिल्म प्रदर्शन एवं वितरणको लामो अनुभवमा दर्शकको यत्रो भिड र कलेक्सन कहिले नदेखेको बताउछन् ।
पुर्वका ग्रामिण स्टेसनको रुपमा रहेका हलमा समेत फिल्मले रेकर्ड कायम गर्ने व्यापार गरेको छ भने कमै मात्रै नेपाली फिल्म चल्ने बिराटनगर राजविराज इनरवा दुहबी लगायतका तराई क्षेत्रमा समेत फिल्मको कलेक्सन उच्च रहेको छ ।
Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung
Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P
Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2024 - newspage3.com All rights reserved