लाहुरे बन्न छोडेर पत्रकार बन्दा...!

  • News Page
  • Published On: August 22,2014

युवराज श्रेष्ठ, लमजुङ - बाबु आमाले सानै उमेर देखि विदेशी सेनामा भर्ति गर्ने सपना बोकेका सृजन गुरुङ एकाएक पत्रकारितामा लाग्छन् । पटक– पटक सेनामा भर्ति गराउन छोरालाई भर्तिकेन्द्र लैजाँदा पनि अन्तिम सयममा भर्ति हुन छोडेर पढाईलाई निरन्तरता दिन्छन् सृजनले । अनि पत्रकार बनेर गाउँमा प्रवेश गर्छन् ।

यो कहानी बास्तविकता नभई हालै निर्माण सम्पन्न भएको गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘कर्म’ को हो । चलचित्र ‘कर्म’ को मुख्य भुमिकामा रहेका लमजुङ बाहुन डाँडाका विष्णु गुरुङ चलचित्रमा सृजन नामले खेलेका छन् । सधै लाहुरे हुने परम्परालाई छाडेर उच्च शिक्षा अध्यन गरी अन्य क्षेत्रमा पनि लाग्नुपर्ने चलचित्रले सन्देश दिएको छ । यस अघि पनि विभिन्न चलचित्रमा सहायक भुमिकामा अभिनय गरिसकेका विष्णु चलचित्र ‘कर्म’ मा भने पहिलो पटक मुख्य भुमिकामा देखा परेका हुन् । 

चलचित्रमा विष्णु उच्च शिक्षा अध्ययन गरी प्रकाशित आदर्श समाज दैनिकमा जनजाति विट हेर्ने पत्रकार बनेका छन् । पत्रकारिता कै दौरानमा नायिका लमजुङको पसगाउँ निवासी शान्ति गुरुङसँग उसको विवाह हुन्छ । तर घर परिवारले गुरुङ जाति भित्र पनि सानो जात भन्दै शान्तिलाई घरमा प्रवेश दिँदैन । र पछि पत्रकारको रुपमा गाउँ फर्किँदा गाउँमा भब्य स्वागत गर्छन र उनका परिवारले पनि शान्तिलाई स्विकार्न बाध्य हुन्छन् । गाउँ फर्कदा आफुसँगै अध्यन गरेका साथी लाहुरे हुने आशामा पढाई छाडेको तर लाहुरे नभई गाउँमा रक्सीमा मात्तिएको देख्दा सृजन दंग पर्छन् । यसरी चलचित्र ‘कर्म’ मा पहिलो फटक शिर्ष भुमिकामा देखाा परेका विष्णुले चलचित्रमा धेरै मिहिनेत गरेकाले सफल हुनेमा आशावादी छन् ।

विष्णुले भने ‘मुख्य भुमिकामा पहिलो पटक खेल्ने अवसर पाएको छु, कथा राम्रो भएको र चलचित्र युनिटले धेरै नै दुःख गरेकाले सफल हुने विश्वास लिएको छु ।’ चलचित्र गुरुङ भाषामा भएपनि पत्रिकारसँग सम्बन्धित केही अंशलाई नेपालीकरण गरिएको छ । यसअघि बनेका गुरुङ भाषाका चलचित्र भन्दा भिन्न शैलीको प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्नका लागि चलचित्रको केही अंश नेपालीकरण गरिएको निर्माता कुमार गुरुङको भनाइ छ । 

मस्यँकुकोट आमा समूह लवाङको पहिलो प्रस्तुति रहेको चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मेवारी श्री ब्ल्याक फ्रेम पोखराले लिएको छ । पोखरासहित तनहुँको राङ्दी गाउँ, कास्कीको लवाङ, घान्द्रुक, धम्पुस लगायतका विभिन्न पर्यटकीय गाउँमा पुगेर चलचित्रको छायाड्ढन गरिएको निर्माता गुरुङले जानकारी दिए । बोनी गुरुङको कथा एवं निर्देशन रहेको सो चलचित्रको छायाड्ढन पोखरेली सिनेकर्मी श्रीकान्त सिग्देलले गरेका छन् । 

पत्रकार हरि भट्टराईको सम्वाद लेखन रहेको कथालाई खुशीमान गुरुङले भाषानुवाद गरेका हुन् । कथामा विष्णु गुरुङ, अजय गुरुङ, शान्ति गुरुङ, ऋष्मा गुरुङ लगायतका कालकारले अभिनय गरेका छन् । चलचित्र आउँदो भदौ महिनाको अन्तिम सातादेखि प्रदर्शनी गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा एक नेपाली भाषाको र तिन गुरुङ भाषाको गरी चार गित समावेश छन् । उक्त चलचित्र यही भाद्र १४ गते सदरमुकाम बेसीशहरमा प्रदर्शन हुँदैछ । गुरुङ समुदायको उद्गम स्थल मानिने लमजुडमा चलचित्रले सफलता पाउनेमा निर्माण पक्ष विश्वस्त छन् । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be