श्वेतालाई भेट्न महासागर ओर्लियो, घन्टौं कुरेर फिल्म हेरेका दर्शक भेटिए

  • News Page
  • Published On: February 17,2018

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘कान्छी’ले शनिबार राजधानीका अधिकांश हलहरुमा हाउसफुल दर्शक कमाएको छ । कान्छी श्वेता सहितको टिम दर्शक प्रतिक्रिया बुझ्न हलमा शनिबार पुग्दा श्वेता र दया हाङ राईलाई भेट्न दर्शकको महासागर ओर्लिएको थियो ।  

शनिबार गोपीकृष्णमा पुगेका टिमलाई हेर्न दर्शकको ओईरो लागेको थियो  । श्वेता र दया अनि प्रज्वललाई हेर्न आएका भिड थामी नसक्नु थियो ।  दर्शक सम्बोधन गर्दै अभिनेत्री श्वेताले गोपीकृष्णको प्राङ्गणमै फिल्ममा समावेश चरी चट्ट परि र यो जिउ दाउमा लाउने बोलको गीत गाएकी थिईनन् । त्याँहा उपस्थित मासले उनलाई गीत गाउन साथ पनि दिएका थिए । भिडबाट अभिनेता प्रज्वललाई  डाक्टर भनि पुकार्ने पनि निकै थिए । कत्ति दर्शकले भने श्वेता र दया अनि प्रज्वलसंग भिड छिचोल्दै सेल्फी पनि खिच्न भ्याए । लामो समयपछी दर्शक भेट्न हल पुगेकी कान्छी श्वेताले पनि उक्त भिड मै सेल्फी खिच्न भ्याईन् ।

छोरिको यस्तो प्रगति उन्नती देखेर आफु निकै खुशी भएको श्वेताकि बाबा  बसन्त श्रेष्ठले न्युज पेज थ्रीलाई जनाए । भिडमा श्वेताका लागि बडीगार्डको व्यवस्था पनि गरिएको थियो । दुई महिला र चार पुरुष बडीगार्डसहित श्वेता उक्त भिडमा दर्शकलाई भेट्न पुगिन् ।  निर्देशक आकाश अधिकारीले पनि कान्छी हेर्ने दर्शकको घुइंचो नै फिल्म युनिटको सफलता रहेको बताए ।

धेरै टाडादेखि श्वेता अभिनीत फिल्म हेर्न महिला-दिदीबहिनीहरु गोपीकृष्णमा आएका थिए । टिकट काटेका कत्ति दर्शक  भने प्रवेश द्वारमा एक घण्टादेखि फिल्म हेर्न कै लागि त्याँहा उभिएका थिए । कोहिनुरपछी श्वेताको यो फिल्म हेर्न आफु आतुर रहेको श्वेताकि एक फ्यानले बताए  ।  

वितरक गोपाल काजि कायस्ठका अनुसार शुक्रबार फिल्मको ८० प्रतिशत अकुपेन्सी थियो भने शनिबार शतप्रतिशत रहेको उनले जनाए ।
अष्टनारायण हलमा फिल्म युनिट पुग्दा दुई परिवारले आफुहरुले अन्य हलमा टिकेट नपाएपछी, अष्टमा आएको बताए । २ बजेको शो हाउसफुल भएपछी ५ बजेको शो हेर्न घन्टौं कुरेको कुरा पनि उनीहरुले संचारकर्मीलाई बताए । अष्टनारायणमा  श्वेतालाई भेट्न  जम्म भएको भिडका कारण त्याँहा आधा घण्टा ट्राफिक जाम पनि भयो ।  जाममा परेको गाडी र मोटरसाइकलमा सवार दर्शकले पनि श्वेताको फोटो आफ्नो मोबाईलमा खिच्न भ्याए ।

ट्राफिक जाममा अष्टनारायण अस्तव्यस्त देखिएको थियो । तर , आधाघण्टापछी भिड शान्त भयो ।
फिल्ममा दया र श्वेताका अतिरिक्त अनु शाह, भूमिका श्रेष्ठ, नीर शाह, प्रज्वल सुजल गिरी, आशान्त शर्मा, कामेस्वोर चौरासिया, बिनोद न्यौपाने लगायतको मुख्य अभिनय छ । यम थापाको कथामा बनेको यस फिल्ममा  पुरुषोत्तम प्रधानको छायांकन, ,रामशरण कोइरालाको साहयक निर्देशन, बनिष शाह/भुपेन्द्र अधिकारीको सम्पादन,शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत र बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ  । 


Priyanka in Jay Author's Song

Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance

The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020

The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be